×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

२० चैत्र २०८२

२० चैत , काठमाण्डौ ।

गएको शनिवार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकसँगको बयान सकिएको छ । पक्राउ परेयता स्वास्थ्य अवस्थाका कारण उपचाररत ओलीसँग अस्पतालमै बयान लिइएको हो । उनी म्याद थपका लागि अदालतमा भएको सुनुवाइमा पनि भिडियो कन्फ्रेन्समार्फत उपस्थित भएका थिए ।

Advertisement
Advertisement

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमन गरेको कसुरमा पक्राउ परेका ओली अहिले त्रिवि शिक्षण अस्पतालमा प्रहरीको घेरामा उपचाररत छन् । अनुसन्धान अधिकृत र अभियोजनकर्ता सरकारी वकिलले अस्पतालमै ओलीसँग बयान लिएका हुन् । ओलीसँगको बयान पूरा भएको छ । अनुसन्धान अधिकृतहरूले ओलीलाई ३५ भन्दा धेरै प्रश्न गरेका छन् ।

उनले भदौ २३ मा काठमाडौँको बानेश्वरमा किशोरहरूको मृत्यु हुनेगरी लेथल हतियारबाट गोली चलाउने आदेश आफूले दिएको अस्वीकार गरेका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार ओलीले बयानमा भनेका छन्, ‘हुलदङ्गा नियन्त्रणमा लेथल हतियारबाट गोली चलाउने आदेश मैले दिएको होइन, त्यो जिल्ला तहबाटै हुने कुरा हो ।’

जेनजी आन्दोलनबारे भदौ २२ मा राति सुरक्षा निकायसँग छलफल गरेको बताउँदै ओलीले त्यसबेला आफूलाई ‘६–७ हजार जेनजी भेला हुने र प्रदर्शन शान्तिपूर्ण हुने’ भनेर ब्रिफिङ गरिएको जिकिर गरेका छन् । बयानमा ओलीले भनेका छन्, ‘सुरक्षा प्रमुखहरूसँग छलफल हुँदा शान्ति सुरक्षा मिलाउनु भनेको थिएँ ।’

हुलदङ्गा नियन्त्रण गर्दा हताहती हुन नदिन प्रधानमन्त्रीको हिसाबले निर्देशन दिइएको ओलीले बयानमा बताएका छन् ।काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लेका अनुशार बल प्रयोगको विषय प्रधानमन्त्रीको कार्यक्षेत्रमा नपर्ने उल्लेख गर्दै ओलीले भनेका छन्, ‘कम क्षति हुनेगरी गर्नु भनेको हो, बल प्रयोग गर्ने निर्णय मेरो विषय नै होइन ।’

बिहीबार राति १२ बजेतिर ओलीसँगको बयान पुरा भएको बयानमा ओलीले प्रधानमन्त्रीले प्रहरीलाई गोली हान्न आदेश दिने अधिकार नै नहुने जिकिर गरेका छन् । बयानमा उनले भनेका छन्,‘गोली प्रहार गर्नु भनेर प्रधानमन्त्रीले भन्ने पनि होइन ।’

भदौ २३ मा बानेश्वरमा हताहती भएपछि साँझ मन्त्रिपरिषद्को बैठक बसेर निष्पक्ष छानबिन गर्न आयोग गठन गर्ने र घाइतेको उपचार साथै मृतकको परिवारलाई राहत दिने निर्णय गरेको ओलीले बयानमा खुलाएका छन् । उनले भनेका छन्, ‘सरकारको तर्फबाट कम भन्दा कम हतियारको प्रयोग र मानवीय क्षति नहोस् भन्ने नै थियो । सेना परिचालनको मनसाय सरकारको नभएकोले त्यसो गरिएन ।’

यस्तै जेनजी प्रदर्शन दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकको बयान पनि सकिएको छ । अनुसन्धान अधिकृत र सरकारी वकिलले बुधबार साँझ उनको बयान लिएका हुन् । अनुसन्धानका क्रममा अधिकृतहरूले लेखकलाई भदौ २३ मा काठमाडौंको बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी गोली चलाउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्नेबारे सोधपुछ गरेका थिए ।

अनुसन्धान अधिकृतहरूसँगको बयानमा लेखकले किशोरहरूको ज्यान जानेगरी गोली चलाउन आफूले आदेश दिएको आरोप अस्वीकार गरेका छन् । लेखकले भिड नियन्त्रण आफ्नो कार्यक्षेत्रमा नपर्ने दाबी गरेका छन् । उनले बयानमा भनेका छन्, ’भिड नियन्त्रण मेरो कार्यक्षेत्रमा पर्दैन ।’ जिल्ला सुरक्षा समितिले निर्णय गरेर भिड नियन्त्रण गरिने उल्लेख गर्दै लेखकले भनेका छन्, ’कसैले सोधे कानुन बमोजिम गर्नु भनेको हुँला ।’

हुलदंगा हुँदा बल प्रयोग स्थलगत परिस्थितिको आधारमा खटिएका अधिकारीले निर्णय गर्ने विषय भएको लेखकले बताएका छन् । उनले बयानमा भनेका छन्, ’यस्ता विषयमा गृहमन्त्रीले प्रत्यक्ष आदेश दिने अभ्यास पनि छैन । आईजीपीले गृहमन्त्रीसँग अन्तिम बल प्रयोगका लागि लिखित वा मौखिक आदेश लिने कानुनी व्यवस्था र व्यवहारिक अभ्यास छैन ।’

लेखकले आईजीपीले आदेश मागेको र आफूले गोली प्रहार गर्न आदेश दिएको कुरा अस्वीकार गरेका छन् । गृहमन्त्रीले फिल्डमा प्रत्यक्ष आदेश नदिने उल्लेख गर्दै उनले भनेका छन्, ’तर, नीतिगत निर्देशन, समन्वय र राजनीतिक तहबाट आवश्यक सहजीकरण गर्ने जिम्मेवारी निर्वाह गरेको स्पष्ट पार्छु । शान्ति सुरक्षाको कार्यसम्पादन गर्ने जिम्मेवारी कानुन अनुसार गृह मन्त्रालय मातहतका निकायमार्फत हुँदै आएको लेखकको भनाइ छ ।

उनले गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूलाई बल प्रयोग गर्दा हताहती नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस् र समन्वयात्मक रूपमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन आफूले निर्देशन दिएको बयानमा उल्लेख गरेका छन् । एकजना अनुसन्धान अधिकृतले लेखकको बयान उद्धृत गर्दै भने, ’घुसपैठप्रति सतर्क रहन निर्देशन दिएको थिएँ, संसद भवन जोगाउनुपर्छ भन्ने मेरो धारणा थियो । तर, अन्तिम बल प्रयोग अर्थात् गोली प्रहार गर्न भनी मैले कुनै आदेश दिएको थिइनँ ।’

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखक र तत्कालीन प्रधानमन्त्री ओलीलाई ’ज्यान सम्बन्धी कसुरमा समेत मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही प्रतिवेदन कार्यान्वयनका लागि प्रहरीले लेखकलाई चैत १४ गते पक्राउ गरेको हो । उनीहरुको पक्राउपछि एमाले आन्दोलित छ भने नेपाली काग्रेस मौन रहेको छ ।

सडक र दिनमा समेत ओली र लेखकको पक्राउको विषयलाई राजनीतिक प्रतिशोधका रुपमा ब्याख्या गर्दै विरोध गरिरहेको एमालेले प्रतिनिधिसभाको पहिलो बैठकमा समेत अवरोध गरेर सरकारको ध्यानाकर्षण गराएको थियो । अदालतले हिरासतमा राखी अनुसन्धान गर्न पहिलो पटक आइतबार ५ दिनको समय दिएकामा हिजो थप २ दिन समय दिएको छ ।

यसबीचमा गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै दुबैका परिवारका तर्फबाट सर्वाेच्चमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमा पनि कारण देखाउ आदेश मात्रै जारी भएको छ । ओली र लेखकमाथि प्रतिशोध साधिएको भन्ने आरोपका विषयमा सरकार संचालन गरिरहेको रास्वपाका सभापति रवि लामिछानेले पनि टिप्पणी गरेका छन् ।

सभामुखका लागि पार्टी उपसभापति तथा सांसद डीपी अर्यालको प्रस्तावक बनेर उम्मेदवारी दिएपछि बाहिरिदै गर्दा संसद् भवन सिंहदरबारमा लामिछानेले न्याय पाउने पहिलो हक सहिदका आमालाई भएको बताएका छन् । उनले सहिद परिवारलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताए ।

‘न्याय पाउने हक पहिला सहिदको आमालाई छ । हतारो त आफ्ना कलिला बालबालिका गुमाएका आमाहरूलाई छ होला नि । न्यायको हक सबैलाई छ । तर पहिलो हक सहिद परिवार, घाइतेहरूको हो’, उनले भने ।

Advertisement

प्रतिशोध राखेर पूर्वप्रधानमन्त्री केपी ओली र गृहमन्त्रीलाई पक्राउ गरेको विषयमा प्रश्न गर्दा रविले यस विषयमा आम नागरिकले नियालिरहेको बताए । ‘यस विषयमा आम नागरिकले नजिकबाट हेरिरहेका छन् । हामी पब्लिक अडिटमा छौँ’, उनले भनेका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top