×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

६ बैशाख २०८३

६ वैशाख, काठमाण्डौ ।

इन्धन ढुवानीको अत्यन्त संवेदनशील जलमार्ग स्ट्रेट अफ होर्मुज फेरि तनावको केन्द्र बनेको छ । दुई भारतीय जहाजमा गोलीबारी भएका समाचार बाहिरिएका छन् । भारतका झन्डावाहक दुई जहाजमाथि गोलीबारी भएपछि दुवै जहाजले आफ्नो बाटो मोड्नुपरेको बीबीसी हिन्दीले लेखेको छ ।

Advertisement
Advertisement

बीबीसीले समुद्रमा ट्यांकर आवतजावतको रेखदेख गर्नेवाला वेबसाइट ‘ट्यांकरट्र्याकर्स’लाई उध्दृत गर्दै दुई भारतीय जहाजमाथि गोलीबारी भएपछि बाटो मोड्नुपरेको लेखेको छ । भारतीय कार्गो जहाज शीप जग अर्नव र तेल ट्यांकर सनमार हेराल्डमाथि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर(आईआरजीसी)ले गोलीबारी गरेर आफ्नो बाटोबाट हट्न आदेश दिएको समाचार छ ।

त्यसपछि दुवै जहाज युटर्न लिएर फर्किएका थिए । तेल ट्यांकर सनमार हेराल्डले इराकबाट तेल भरेर ल्याएको भनिएको छ । बेलायतको मेरिटाइम ट्रेड अपरेसन्सले होर्मुज स्ट्रेटमा एक ट्यांकरमा आईआरजीसीले गोलीबारी गरेको बताएको थियो । उसले ओमानबाट २० नटिकल माइल उत्तरपूर्वमा त्यो घटना भएको जनाएको छ ।

अमेरिकाका वरिष्ठ सिनेटर लिन्डसे ग्राहमले होर्मुज जलडमरूमध्यमा भारतीय जहाजहरूमाथि भएको कथित इरानी हमलाप्रति कडा प्रतिक्रिया जनाएका छन्। उनले इरानले अन्तर्राष्ट्रिय जलमार्गमा आक्रमण गरेर होर्मुजमा नियन्त्रण जमाउने घमण्ड गरिरहेको आरोप लगाउँदै अमेरिकालाई कडा कदम चाल्न आग्रह गरेका छन्।

ग्राहमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध दबाब र नाकाबन्दी जारी राख्नुपर्ने बताएका छन्। उनका अनुसार इरानमाथिको वर्तमान दबाब नीति प्रभावकारी रहेको छ र त्यसलाई अझ मजबुत बनाउन आवश्यक छ। उनले अमेरिका र अन्य देशहरूलाई मिलेर होर्मुज जलमार्ग खुला राख्न र यसको नियन्त्रण सुनिश्चित गर्न पनि आह्वान गरेका छन्।

उनले इरानी शासन ४७ वर्षदेखि अन्तर्राष्ट्रिय समुदायसँग गरेका वाचा पूरा गर्न असफल भएको दाबी गर्दै कडा नीति अपनाउनुपर्नेमा जोड दिएका छन्। साथै, दृढ संकल्प नछोड्न भन्दै अमेरिकालाई आफ्नो रणनीतिमा अडिग रहन आग्रह गरेका छन्। यता, इरानको इस्लामिक रिभोल्युसनरी गार्डद्वारा होर्मुज क्षेत्रमा गोलीबारी भएको घटनापछि भारतले पनि कडा कूटनीतिक कदम चालेको छ।

नयाँ दिल्लीस्थित इरानी राजदूत मोहम्मद फताअलीलाई भारतको विदेश मन्त्रालयले बोलाएर घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीले दुई भारतीय झन्डावाहक जहाजमाथि भएको गोलीबारीप्रति गहिरो चिन्ता व्यक्त गर्दै घटनाको स्पष्ट स्पष्टीकरण मागेका छन्। यस घटनाले क्षेत्रीय तनाव थप बढाएको छ र अन्तर्राष्ट्रिय समुद्री सुरक्षा पुनः बहसको केन्द्रमा आएको छ।

यसअघि शुक्रबार मात्रै इरानी विदेशमन्त्री अब्बास अरागचीले होर्मुज स्ट्रेट पूर्ण रूपमा खुला भएको घोषणा गरेका थिए । तर शनिबार इरानी मिडियाले होर्मुज स्ट्रेट बन्द भएको खबर दिएका थिए । इरानी मिडियाका अनुसार इरानी सेनाले होर्मुजमा फेरि आफ्नो नियन्त्रण कायम भएको भन्दै समाचार आएको थियो ।

त्यसपछि कैयौं जहाज त्यहाँबाट छोडेर आफ्नो बाटो बदलेका थिए । उता अमेरिका र इरानबीचको युद्धविराम सम्झौतामा अब ३ दिन मात्रै बाँकी छन् । हालसम्म उनीहरूबीच अर्को चरणको शान्तिवार्ताको कुनै टुंगो लागिसकेको छैन । यसअघि पाकिस्तानको इस्लामावादमा भएको शान्तिवार्ता विनानिष्कर्ष टुंगिएको थियो ।

ट्रम्पले इरानले बुधबार (अप्रिल २२) भित्र ठूलो सम्झौता नगरेर फेरि बमबारी सुरु गर्ने बताएका छन् । इरानले जलमार्ग पुनः बन्द गरेको घोषणा गर्दै अमेरिकी नाकाबन्दी नहटेसम्म कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोप्र्स (आईआरजीसी) नौसेनाले शनिबार सार्वजनिक गरेको वक्तव्यमा स्ट्रेट अफ होर्मुजबाट गुज्रिन खोज्ने कुनै पनि जहाजलाई निशाना बनाइने चेतावनी दिएको छ ।

फारसको खाडी र ओमान सागरबाट होर्मुजतर्फ बढ्ने जहाजलाई शत्रुसँगको सहकार्य मानिने पनि इरानले स्पष्ट पारेको छ । पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानका प्रतिनिधिबीच भएको वार्तामा इरानले स्ट्रेट अफ होर्मुजको बाटो खुला गर्ने सहमति भएको थियो । तर लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको नाकाबन्दी जारी रहने बताएका थिए ।

उनले इरानको युरेनियम अमेरिका लैजाने सहमति भएको दाबीसमेत गरेका थिए । इरानले भने युरेनियम अमेरिका लैजाने सहमति भएको भनेर ट्रम्पले झुटो बोलेको टिप्पणी गरेको थियो । साथै नाकाबन्दी हट्नुपर्ने माग राखेको थियो ।
वार्तामा सहमति भएको र इरानले अस्थायी रूपमा जलमार्ग खोल्दै सबै व्यावसायिक जहाजका लागि सुरक्षित रहेको जनाएको २४ घन्टा नबित्दै पुनः तनाव चुलिएको छ ।

सहमतिको खबरले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसमेत घटेको थियो । इरानका संसद् सभामुख तथा वार्ताकार मोहम्मद बाकर गालिबाफले टेलिभिजन अन्तर्वार्तामा स्ट्रेट अफ होर्मुज इस्लामिक गणतन्त्रको नियन्त्रणमा रहेको दाबी गरेका छन् । उनले अमेरिकी नौसैनिक नाकाबन्दीलाई अपरिपक्व र अज्ञानतापूर्ण निर्णय भन्दै आलोचना गरेका छन् ।

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले जलमार्ग बन्द गरेर ब्ल्याकमेल गर्न नसक्ने चेतावनी दिएका छन् । उनले निर्धारित समयभित्र सहमति नभए युद्धविराम अन्त्य गरिने र अमेरिकी नाकाबन्दी यथावत् रहने बताएका छन् । विश्लेषकहरूका अनुसार अहिले अवस्था दुई प्रतिस्पर्धी नाकाबन्दी जस्तो बनेको छ, एकातर्फ अमेरिकाको इरानी बन्दरगाहमाथिको नाकाबन्दी, अर्कोतर्फ इरानले स्ट्रेट अफ होर्मुज बन्द गर्ने निर्णय ।

Advertisement

अलजजिराका संवाददाताहरूका अनुसार इरानले स्ट्रेट अफ होर्मुजलाई दबाब र सन्देश दिने रणनीतिक माध्यमका रूपमा प्रयोग गरिरहेको देखिन्छ । वार्ता अनिश्चित बन्दै जाँदा इरानले आफ्नो प्रभाव देखाउन जलमार्गलाई बन्द गरेको विश्लेषण गरिएको छ । विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा तनाव बढ्दा अन्तर्राष्ट्रिय बजार, विशेषतः ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने चिन्ता बढेको छ ।

भर्खरको समाचार

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

सम्बन्धित खबरहरु

Scroll to Top