×

NEPAL TIMES UPDATES

Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026
Playing
सुदनमाथि अर्काे अन्याय || Nepal Times
Apr 29, 2026
Playing
के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?|| Nepal Times
Apr 29, 2026
Playing
नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो?|| Nepal Times
Apr 29, 2026
Playing
राजदूत बन्न अब खुल्ला प्रतिस्पर्धा , भागबन्डाको सिन्डिकेट तोडिने || Nepal Times
Apr 29, 2026
Playing
Top 15 Afternoon News || April-29-2026 || Nepal Times
Apr 29, 2026
Playing
संसद्मा दुईतिहाइ हुँदा शासन किन अध्यादेशबाट ? || Nepal Times
Apr 29, 2026
Playing
कर्मचारीका दुई सन्तानलाई सरकारले स्नातकसम्म पढाइदिने || Nepal Times
Apr 29, 2026
Playing
मेटाले चीनको मानुस किन्न खोज्दा बेजिंगले किन रोक्यो ?|| Nepal Times
Apr 29, 2026
Playing
युएईले ६० वर्षपछि छाड्यो ओपेक र ओपेक+,के अब तेलको मूल्य घट्नेछ ?|| Nepal Times
Apr 29, 2026

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

१६ बैशाख २०८३

१६ वैशाख , काठमाण्डौ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको जगमा भएको फागुन २१ को चुनावले पुराना र विगतमा ठूला भनिएका सबै दलहरुलाई सोत्तर पारेपछि अहिले काँग्रेस, एमाले, नेकपा, राप्रपासहितका दलहरु आआफ्नो अस्थित्व जोगाउनु पर्ने अवस्थामा पुगेका छन् । उनीहरु कोही नाम फेर्न, कोही नेता फेर्न, कोही आफ्नै पार्टीभित्र र कोही विचार मिल्नेहरुबीच अन्तरपार्टी एकताको आह्वानमा लागि रहेका छन् ।

Advertisement
Advertisement

तर प्राय सबै पार्टीहरु आन्तरिक बेमेल र संकटग्रस्त नै देखिएका छन् । हरेक पार्टीभित्र गुटउपगुटको शक्ति संघर्ष चलिरहेको छ, उनीहरुबीच आपसमा नै विश्वासको खडेरी बढ्दो छ । प्राय सबै दलका नेतृत्वमाथि अक्षमताको आरोप लगाउँदै कुर्सी हस्तान्तरणको माग चर्किरहेको छ ।

यसमा नेपाली काँग्रेसले भने चुनावको ठिक अघि विशेष महाधिवेशन गर्दै नेतृत्वसहित नयाँ कार्यसमिति चयन गरेको हो । तर अर्को पक्षले ती सबै प्रक्रियासहित नयाँ नेतृत्वले पार्टी फुटाउन लागेको अझै आरोप लगाइरहेको अवस्था छ । देउवा पक्षले आफूहरुलाई मिलाएर लैजाने जिम्मा गगन थापाकै भएको भन्दै दबाब बढाइरहेको छ, यता संस्थापनले भने आजमात्रै कृष्णप्रसाद सिटौलाको राष्ट्रिय सभा संसदीय दलको नेताको जिम्मेवारी खोसेर यो पक्षलाई मिलाउने जिम्मा आफ्नो मात्रै नभएको संदेश दिइसकेको छ ।

अर्कातर्फ फागुनको चुनावअघि नै माओवादी केन्द्र विलुप भइसकेको छ । तर त्यसका नेताहरु भने नेपाली कम्युनिष्ट पार्टीको नयाँ नामको दलमा पदासिन नै छन् । माओवादी केन्द्रमा अध्यक्ष रहेका पुष्पकमल दाहाल अहिले नेकपाको संयोजक र तत्कालिन नेकपा एसका अध्यक्ष अहिले नेकपाको सहसंयोजक छन् ।

अन्य नेताहरुको पनि व्यवस्थापन गरिएको छ । तर नाम र पद फेरेपनि यो पार्टीले चुनावमा राम्रो परिणाम निकाल्न सकेन । र अहिले बाम एकता वा कम्युनिष्ट एकताको रटान फेरि लगाइरहेको छ । उसले अहिले फेरि वाम एकता आह्वान गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले सामाजिक न्याय, सुशासन र समृद्धिमार्फत समाजवादोन्मुख नेपालको निर्माणका लागि वाम एकतामार्फत् कम्युनिस्ट आन्दोलनको पुनर्गठनको आह्वान गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका थिए ।

‘यो बैठक राष्ट्रियता र नेपाली जनताका बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरूको रक्षा गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिमार्फत समाजवादोन्मुख नेपालको निर्माणका लागि वाम एकतामार्फत कम्युनिष्ट आन्दोलनको पुनर्गठन तथा शान्ति सम्झौताका पक्षधरहरुबीच सहकार्यका लागि आह्वान गर्दछ,’ बैठकले पारित गरेको १९ बुँदे समसामयिक प्रस्तावमा उल्लेख छ ।

त्यस्तै देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि एकजुट भएर अगाडि बढ्न बैठकले सम्पूर्ण देशभक्त र लोकतान्त्रिक शक्तिलाई आह्वान गरेको ज्वालाले बताए । तर यता चुनावमा लज्जास्पद हार व्योहोरेको अर्को कम्युनिष्ट दल नेकपा एमालेले भने बाम एकता होइन अब आफ्नै पार्टी सुधार्ने निश्कर्षमा पुगेको छ ।

तर यो निश्कर्ष अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट आएको होइन । उनको बहिर्गमनको माग गरिरहेका एमाले पदाधिकारीबाट आएको हो । एमालेका यी नेताहरुले एकातिर ओलीबाट नेतृत्व हस्तान्तरणको माग गरिरहेका छन् भने अर्कातिर बाम एकतालाई लत्याउँदै प्रचण्डलाई अब पनि नेता नमान्ने बताइरहेका छन् ।

उनीहरुले प्रचण्डको नेतृत्व क्षमतामा प्रश्न गरेका छन् । आज मात्रै एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुष्पकमल दाहाल प्रचण्डको सत्ता कब्जा गर्ने सोच र उग्रवामपन्थी भड्कावका कारण माओवादी आन्दोलन अहिले विघटनको अवस्थामा पुगेको आरोप लगाएका छन् ।

बुधबार २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले प्रचण्डसँग अब कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने हैसियत नरहेको बताएका हुन् । पौडेलले २०६६ सालमा तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हटाउने सरकारको निर्णयमा एमालेले कडा असहमति जनाएको स्मरण गराए ।

उनका अनुसार एमालेले सरकारबाट बाहिरिने चेतावनी दिँदा पनि प्रचण्डले हठ नत्यागेका कारण अन्ततः सरकारको नेतृत्व नै गुमाउनुपरेको थियो । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि पनि लोकतान्त्रिक पद्धतिलाई पूर्ण रूपमा आत्मसात् गर्न नसक्दा र सत्ता कब्जाको धङधङी नत्याग्दा आज सो पार्टीको अस्तित्व सङ्कटमा परेको पौडेलको तर्क थियो ।

उनले शान्तिपूर्ण आन्दोलनको बलमा मात्र राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना भएको भन्दै हिंसाको बाटोले कुनै उपलब्धि नदिएको जिकिर गरे । ‘त्यतिबेला प्रचण्डजीले सेनाप्रमुख हटाएर आफ्नो अनुकूलको मान्छे राख्दै सत्ता कब्जा गर्ने रणनीति बुन्नुभएको थियो । हामीले उहाँलाई ‘यो बाटो आत्मघाती हुन्छ’ भनेर पटकपटक सम्झायौँ तर उहाँले मान्नुभएन,’ पौडेलले भने, ‘उहाँले ‘म अगाडि बढिसकेँ, अल्झाउने काम नगर्नुस्’ भनेर निकै कडा जवाफ दिनुभएको थियो ।’

उनले अहिले माओवादी सङ्गठनको अस्तित्व समाप्तप्रायः भएको दाबी गरे । ‘प्रचण्डले नेतृत्व गरेको भनिएको माओवादी अहिले माओवादी छैन । उसले माओवाद परित्याग ग¥यो, जनयुद्ध परित्याग ग¥यो र हिजोका उग्रवामपन्थी धङधङीबाट अलग भयो,’ पौडेलले थपे, ‘तर ठिक ढङ्गले हिँड्न नसक्दाखेरि कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने हैसियत त्यो सङ्गठन र नेतृत्वसँग छैन । माओवादी सिध्याइएको छ ।’

यस्तै उपाध्यक्ष पौडेलले पछिल्लो निर्वाचन (२१ फागुन) मा पार्टीले बेहोर्नुपरेको नतिजालाई ‘गम्भीर धक्का’ का रूपमा स्वीकार गर्दै पार्टीलाई नयाँ सिराबाट पुनर्गठित गर्ने जिकिर पनि गरेका छन् । विगत १० वर्षमा एमालेले दुईतिहाइ नजिकको सरकार बनाउनेजस्ता ठुला सफलता प्राप्त गरे पनि अहिलेको पराजयले नयाँ चुनौती खडा गरेको उनले बताए ।

यस विषयमा पार्टीभित्र गम्भीर समीक्षा हुने उनको भनाइ छ । ‘यसपटक अत्यन्तै नराम्ररी पराजित भएका छौँ, गम्भीर धक्का र असफलता बेहोर्नुपरेको छ । तर यो धक्कालाई चिरेर हामी उठ्छौँ, यसबाट शिक्षा लिन्छौँ,’ पौडेलले भने, ‘पछिल्लो पराजयबाट कतिपय मानिसहरूमा निराशा र पलायनको स्थिति देखापरेको छ । तर पलायन र निराशा समस्याको समाधान होइन ।’

उनले पार्टीको हारका पछाडि आन्तरिक कि बाह्य कारण जिम्मेवार छन्, नीति वा सङ्गठन जिम्मेवार छन् वा नेताहरूको कार्यशैली जिम्मेवार छ भन्ने विषयमा समग्र समीक्षा गरिने बताए । ‘हाम्रो नेतृत्व, कार्यतरिका, सङ्गठन, आचरण वा अभ्यासमा जहाँ–जहाँ त्रुटि देखिएका छन्, ती भुल र त्रुटिहरूका बारेमा हामी देशवासीहरूसामु निसङ्कोच क्षमायाचना गर्छौँ,”‘ उनले भने ।

आगामी दिनमा ‘जनताको बहुदलीय जनवाद’ (जबज) को मार्गदर्शनमा रहेर पार्टीको नीति र विचारलाई अद्यावधिक गरिने पौडेलले बताए । नेपालको कम्युनिस्ट आन्दोलनले बेलाबेलामा दक्षिणपन्थी र उग्रवामपन्थी अवसरवादको सामना गर्नुपरेको उल्लेख गर्दै उनले जबजको औचित्य अहिले पनि उत्तिकै रहेको दाबी गरे ।

‘हाम्रा असफलता र पराजयले जनताको बहुदलीय जनवादको औचित्यलाई खण्डित गर्न सक्दैन,’ पौडेलले भने, ‘हाम्रो आत्मविश्वासको सबैभन्दा बलियो आधार नै जबज हो । यसैले हामीलाई हाम्रा भुलत्रुटिहरू देख्न, स्वीकार गर्न, सच्याउन र फेरि धुलो टक्टक्याएर उठ्न मार्गदर्शन गर्छ ।’

पौडलले एमाले पुनर्गठन गर्ने दाबी गरिरहँदा एमालेको दोस्रो तहका प्रभावशाली नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने विधिबारे छलफल थालेका छन्। आफैँ हट्ने, केन्द्रीय समितिले राजीनामा माग्ने र विशेष महाधिवेशन गरी ओली हटाउने तीन वटा विधि रहेको नेताहरूको भनाइ छ ।

पार्टीको अस्तित्व जोगाउन नेतृत्व परिवर्तन अनिवार्य रहेको निष्कर्ष निकालेका उनीहरू सकभर ओलीको सम्मानजनक बहिगर्मनको पर्खाइमा छन् । त्यसो नभए उनीहरू केन्द्रीय कमिटी र अन्तिम विकल्पका रुपमा विशेष महाधिवेशनमा जानुपर्ने निचोडमा पुगेका छन् ।

उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल लगायत नेताहरूले ओलीले ससम्मान पद नछोडे विशेष महाधिवेशनमा जानेसम्मको तयारी गरेका हुन् । चुनावी परिणामले एमाले संकटमा फस्दै गएको र आगामी चुनाव झन् कमजोर हुने भन्दै सचिवालयकै नेताहरू एकजुट हुन थालेका छन् ।

उनीहरूले वैधानिक उपाय अपनाएर ओली हटाउने प्रयास थालेको बताए । त्यसो त पार्टीभित्र र बाहिर अब केपी ओलीको नेतृत्व स्वीकार्य छैन भन्ने मत बलियो बन्दै गएको नेताहरू दाबी गर्छन् । उनीहरूको ध्यान केन्द्रीय कमिटीमा छ । किनकि, त्यहाँ ओलीको बहुमत छ ।

उपमहासचिव लेखराज भट्टले तीन महिनामा केन्द्रीय कमिटीको बैठक बस्ने गरिएको बताए । अब बैठक बस्ने बेला भएको छ । ओली हटाउन जुटिरहेका एक उपाध्यक्षले केन्द्रीय सदस्यले ओलीको पक्ष लिएमा हारको पनि जिम्मा लिनुपर्ने बताएका छन् ।

यता ओलीले भने पदाधिकारी र केन्द्रीय सदस्यसँग आफूले सबैखालको दाउपेचको सामना गर्ने जवाफ दिएका छन् । ‘भेट्न आउने नेतालाई अध्यक्षले आफू निर्वाचित भएर आएकोले सबै फेस गर्ने बताउनुभएको छ,’ ओलीनिकट एक पदाधिकारीले भने, ‘उहाँ पनि त्यसै बस्नुभएको छैन।’

यसअघि गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै सरकारले पक्राउ गरेपछि ओली हटाउने विषय सेलाएको थियो। अदालतको आदेशले ओली हिरासतमुक्त भएपछि फेरि हटाउने विषयमा छलफल सुरु भएको हो ।

Advertisement

एमालेको १९ जनाको सचिवालयमध्ये अहिलेसम्म उपाध्यक्ष पौडेल र महासचिव पोखरेल मात्र होइन, बहुमत पदाधिकारी ओली हटाउन सहमत छन् । यही मोर्चाबन्दी कायम रहे सहजै ओलीलाई हटाउन सकिनेमा उनीहरू विश्वस्त रहेको नेताहरूको भनाइ छ ।

भर्खरको समाचार

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top