×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

१६ बैशाख २०८३

१६ वैशाख , काठमाण्डौ।

मध्यपूर्वमा पछिल्ला महिनाहरूमा “बादल चोरी” सम्बन्धी दाबीहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् । इरान, इराक र टर्कीए जस्ता देशहरूमा देखिएको असामान्य मौसम । कतै लामो खडेरी त कतै अल्प समयमा हुने भीषण वर्षा लाई लिएर सर्वसाधारण मात्र नभइ, केही राजनीतिक व्यक्तिहरूले समेत युद्धसँग जोडेर व्याख्या गर्ने प्रयास गरेका छन्।

Advertisement
Advertisement

अन्तराष्ट्रिय संचारमाध्यामहरुका अनुशार मध्यपूर्वका देशहरूमा युद्ध र भू–राजनीतिक तनावको बाछिटा केवल जमिनमा मात्र सीमित छैनन्, यसले आकाशका बादल र वर्षाको चक्रमाथि पनि षड्यन्त्रका अनौठा कथाहरू बुन्न थालेको छ। विशेष गरी इरान र इराकका केही राजनीतिक वृत्त र सामाजिक सञ्जाल प्रयोगकर्ताहरू माझ “बादल चोरी“ भएको भन्ने अपुष्ट र अवैज्ञानिक दाबीहरू डढेलोझैँ फैलिरहेका छन्।

विशेषगरी इरानसँग सम्बन्धित तनाव र अमेरिकी भूमिकालाई लक्षित गर्दै “बादल चोरी” वा “वायुमण्डलीय अस्त्र” प्रयोग गरिएको दाबी गरिनु, प्रमाणविहीन भए पनि यो तीव्र रूपमा फैलिएको देखिन्छ। यस्तो अवस्थामा तथ्य र भ्रम छुट्याउन नसक्दा अन्योल र भय थप गहिरिँदै गएको छ।इरानी सांसद अब्दुल्लाह अल–खैकानी जस्ता व्यक्तिहरूले विना कुनै ठोस प्रमाण अमेरिकाले इराक र इरानको बादल “चोरेर“ वा “टुक्रा पारेर“ कृत्रिम खडेरी निम्त्याएको आरोप लगाएका छन्।

उनीहरूको तर्क छ कि युद्धका कारण आकाशमार्ग बन्द हुँदा अमेरिकी हस्तक्षेप रोकियो र फलस्वरूप अहिले इराकमा भीषण वर्षा भइरहेको छ। तर, यस्ता दाबीहरू जति नाटकीय सुनिन्छन्, वैज्ञानिक र तर्कसङ्गत आधारमा त्यति नै खोक्रा र भ्रामक छन्।

इराकको मौसम विज्ञान प्राधिकरणले नै यस्ता कुराहरूलाई वैज्ञानिक सत्यताभन्दा टाढाको “मिथ्या प्रलाप“ भन्दै खण्डन गरिसकेको छ, किनकि वर्षाको पूर्वानुमान युद्ध सुरु हुनुभन्दा महिनौँ अघि नै प्राकृतिक मौसमी चक्रका आधारमा गरिएको थियो।

वैज्ञानिक दृष्टिकोणबाट हेर्दा, “बादल चोरी” भन्ने अवधारणा नै अहिलेको प्रविधिको सीमाभन्दा निकै टाढा छ । मौसम प्रणाली पृथ्वीको सबैभन्दा जटिल र गतिशील प्रणालीमध्ये एक हो, जसलाई पूर्ण रूपमा नियन्त्रण गर्न सक्ने कुनै प्रविधि विकसित भएको छैन। यद्यपि “क्लाउड सीडिङ” नामक प्रविधि प्रयोगमा छ, जसले बादलभित्र स–साना कणहरू छर्केर कृर्तिम वर्षा गराउने सम्भावना केही बढाउन सक्छ ।

यो प्रविधि संयुक्त राज्य अमेरिका, चीन र साउदी अरब लगायतका देशहरूले प्रयोग गर्दै आएका छन्। तर यसको प्रभाव अत्यन्त सीमित हुन्छ । विशेषज्ञहरूका अनुसार यसले अधिकतम १० देखि १५ प्रतिशतसम्म मात्र वर्षा वृद्धि गर्न सक्छ, त्यो पनि यदि उपयुक्त बादल पहिले नै उपस्थित भएमा। यो त केवल आकाशमा बनिसकेका बादलहरूलाई थोरै उत्तेजित बनाएर थप १० देखि १५ प्रतिशतसम्म वर्षा गराउने एउटा सीमित वैज्ञानिक प्रयास मात्र हो।

यसलाई कुनै देशले रणनीतिक रूपमा प्रयोग गरी अर्को देशको पानी “चोर्न” सक्ने भन्ने धारणा वैज्ञानिक रूपमा आधारहीन छ। तथ्यगत रूपमा हेर्दा, मानिसहरूले दाबी गर्ने “क्लाउड सीडिङ“ वा कृत्रिम वर्षाको प्रविधि मौसमलाई पूर्ण रूपमा नियन्त्रण गर्ने वा “चोर्ने“ अस्त्र होइन।

खलिफा विश्वविद्यालयकी प्राध्यापक डायना फ्रान्सिस र वायोमिङ विश्वविद्यालयका डा. जेफ फ्रेन्च जस्ता विज्ञहरू स्पष्ट पार्छन् कि एउटा क्षेत्रको बादल अर्को क्षेत्रमा लैजाने वा कसैको वर्षा पूर्ण रूपमा रोक्ने प्रविधि आजको संसारमा विकसित भएकै छैन। टर्कीएमा भएको ६६ वर्षयताकै उच्च वर्षा वा इरानको दशकौँ लामो खडेरीका पछाडि कुनै सैन्य चलखेल नभई तीव्र रूपमा भइरहेको विश्वव्यापी जलवायु परिवर्तन मुख्य कारक हो।

मध्यपूर्वको तापक्रम विश्वको औसत वृद्धिदरभन्दा दुई गुणाले बढिरहेको छ, जसका कारण जलचक्र असन्तुलित भई कतै लामो खडेरी त कतै छोटो समयमा हुने भीषण वर्षा अर्थात (फ्ल्यास फ्लड) को समस्या देखिएको हो। यता,युद्धसँग जोडिएका दाबीहरू भने झनै कमजोर देखिन्छन्।

वास्तवमा, मध्यपूर्वमा देखिएको चरम मौसम परिवर्तनको मूल कारण जलवायु परिवर्तन हो भन्नेमा वैज्ञानिकहरू एकमत छन्। विश्व मौसम विज्ञान संगठनका अनुसार यो क्षेत्र विश्वको औसतभन्दा झन्डै दोब्बर गतिमा तातिरहेको छ, जसले गर्दा जलचक्रमा गम्भीर असन्तुलन देखा परेको छ।

त्यस्तै अन्तरसरकारी जलवायु परिवर्तन समिति ले पनि मानवसिर्जित हरितगृह ग्यास उत्सर्जनका कारण तापक्रम वृद्धि, लामो खडेरी र अचानक हुने तीव्र वर्षा जस्ता घटनाहरू बढ्दै गएको पुष्टि गरेको छ । यसका अतिरिक्त, सामाजिक सञ्जालको भूमिका पनि अत्यन्त महत्वपूर्ण छ।डिजिटल प्लेटफर्महरूमा एल्गोरिदमले सनसनीपूर्ण र विवादास्पद सामग्रीलाई छिटो फैलाउने हुँदा “बादल चोरी” जस्ता षड्यन्त्रपूर्ण दाबीहरू लाखौँ मानिससम्म केही घण्टामै पुग्न सक्छन्।

यस्तो सामग्री प्रायः भावनात्मक हुन्छ, जसले प्रयोगकर्तालाई तत्काल प्रतिक्रिया दिन प्रेरित गर्छ, तर त्यसमा तथ्य जाँच गर्ने प्रवृत्ति कमजोर हुन्छ। यसले गलत र भ्रामक सूचना दुबैलाई बलियो बनाउँछ, जसको असर दीर्घकालीन रूपमा जनचेतना र नीतिनिर्माणमा समेत पर्न सक्छ।

विडम्बना के छ भने, जटिल जलवायु प्रणाली र जलचक्रको ज्ञानको अभावमा सर्वसाधारणहरू “षड्यन्त्रका सिद्धान्त“ अर्थात कन्सिपिरेन्सी थियोरिज तर्फ सजिलै आकर्षित हुने गर्छन्। संयुक्त राष्ट्रसङ्घका विज्ञ कावे मदानीले औँल्याएझैँ, अविश्वास र अज्ञानताले यस्ता भ्रमहरूलाई मलजल गरिरहेका छन्।

मानिसहरू जलवायु परिवर्तनजस्तो गम्भीर र दीर्घकालीन समस्यालाई स्वीकार गर्नुभन्दा “कसैले हाम्रो पानी चोरिदियो“ भन्ने सरल र सन्तोषजनक लाग्ने झुटो आरोपमा विश्वास गर्न रुचाउँछन्। तर, यस्ता आधारहीन दाबीहरूले वास्तविक समस्या अर्थात् मानवीय गतिविधिबाट सिर्जित हरितगृह ग्यासको उत्सर्जन र जीवाश्म इन्धनको प्रयोगले निम्त्याएको सङ्कटलाई ओझेलमा पारिरहेका छन्।

Advertisement
Advertisement

त्यसैले बादल चोरीका कथाहरू विज्ञानभन्दा बढी अविश्वास र अनिश्चितता तथा राजनीतिक अस्त्र र सामाजिक सञ्जालको सनसनी मात्र हुन।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top