×

NEPAL TIMES UPDATES

Playing
संवैधानिक परिषद् बैठकः अब ४ जनाले गणपूरक, ३ जनाले निर्णय| Nepal Times
May 05, 2026
Playing
Top 15 Afternoon News || May-05-2026 || Nepal Times
May 05, 2026
Playing
सिंहदरबारभित्रको समानान्तर सरकार अन्त्यः ट्रेड युनियनको साँचो खोसियो || Nepal Times
May 05, 2026
Playing
ट्रेड युनियन खारेज गर्नुको कारण बालेनले दिए, कर्मचारीले नमान्ने || Nepal Times
May 05, 2026
Playing
Iranले फेरि गर्यो हम ला, अबुधाबीमा वि स्फोट, Uaeले १५ मिसाइल रोक्यो || Nepal Times
May 05, 2026
Playing
भारतीय राज्यमा सत्तामा रहेका दल सोत्तर, दिदीको १५ वर्षे सत्ता ढल्यो|| Nepal Times
May 05, 2026
Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

२२ बैशाख २०८३

२२ वैशाख , काठमाण्डौ ।

फिल्मको पर्दामा धेरै पटक हेरिएको दृश्य हो ’एकजना हिरो आउँछ र सारा सिस्टम बदलिदिन्छ ।’ तर के तपाईंले कहिल्यै सोच्नुभएको थियो, यो कुरा वास्तविक जीवनमा पनि हुनसक्छ ? एक्जिट पोलहरूले भनेका थिए— ’यो पार्टीले केही भोट मात्र काट्नेछ ।’ ठूला मिडियाले भनेका थिए— ’विजय राजनीतिमा कच्चा खेलाडी हुन् ।

Advertisement
Advertisement

तर जब नतिजा आयो, तमिलनाडुको इतिहासमै पहिलोपटक एउटा यस्तो राजनीतिक भूकम्प गयो, जसको धक्काले मुख्यमन्त्रीदेखि पूर्वविधायकसम्म सबै बढारिए । ३५ वटा राजनीतिक दल, ६० वर्षको विरासत र दुई शक्तिशाली क्षेत्रीय शक्तिहरू । यी सबैलाई एकातिर राखेर एउटा यस्तो नयाँ शक्ति जन्मियो, जसले पहिलो गाँसमै ढुङ्गा होइन, सिधै सत्ताको चाबी हातमा लिने भएको छ ।

नेपालमा ’रास्वपा’ वा नयाँ शक्तिको उदय जस्तै, तमिलनाडुको राजनीतिमा अभिनेता विजयको ’टीभीकेले ब्लकबस्टर इन्ट्री गरेको छ । दक्षिण भारतीय सिनेमाको पर्दामा जसलाई दर्शकले थलापति अर्थात् सेनापति भनेर पुज्थे, आज उनी वास्तविक जीवनमै तामिल राजनीतिका महानायक बनेर उदाएका छन् ।

झन्डै ६० वर्षदेखि तमिलनाडुको राजनीतिमा जरा गाडेर बसेका दुई दल— डीएमके र एआईएडीएमकेलाई एउटै झट्कामा पछार्दै अभिनेता जोसेफ विजयले इतिहास रचेका छन् । के यो केवल फिल्मी फ्यानहरूको उन्माद हो या तमिलनाडुले खोजिरहेको वास्तविक विकल्प ? कसरी एउटा अभिनेताले राजनीतिमा पाइला टेकेको दुई वर्षमै ३५ वटा दललाई क्लिन स्वीप गरिदिए ?

आज हामी अभिनेता विजयको उदय, उनको पार्टी टीभीकेको सफलताको गोप्य सूत्र र यसले भारतीय राजनीतिमा पार्ने दीर्घकालीन प्रभावको विश्लेषण गर्नेछौँ । दक्षिण भारत, विशेषगरी तमिलनाडुको राजनीति र सिनेमाको सम्बन्ध निकै पुरानो र गहिरो छ । यहाँका जनताले अभिनेतालाई केवल पर्दाको पात्र मान्दैनन्, उनीहरूलाई भगवान्कै दर्जा दिन्छन् ।

एमजीआर, एम. करुणानिधि र जयललिताजस्ता हस्तीहरू यही सिनेमाको पर्दाबाट निस्किएर तमिलनाडुको सत्ताको बागडोर सम्हाल्न सफल भएका थिए । तर पछिल्लो केही दशकदेखि यो विरासतमा बिराम लागेको थियो । रजनीकान्त र कमल हसनजस्ता सुपरस्टारहरूले राजनीतिमा हात हाले पनि विजयले जस्तो ’धमाकेदार इन्ट्री’ र सफलता कसैले पाउन सकेका थिएनन् ।

अहिले विजयको विजयसँगै तमिलनाडुले छैठौँपटक फिल्म क्षेत्रबाट आएको व्यक्तिलाई मुख्यमन्त्रीको रूपमा पाउने पक्का भएको छ । अभिनेता विजयको पार्टी ’तमिलगा भेट्री कड्गमको यो जित सामान्य जित मात्र होइन, यो एक राजनीतिक ब्लकबस्टर हो । कुनै पनि एक्जिट पोलले यो स्तरको सफलताको प्रक्षेपण गरेका थिएनन् ।

सबैले विजयको पार्टीलाई भोट काट्ने दलका रूपमा मात्र हेरेका थिए । तर नतिजा आउँदा सबै अचम्मित भए । टीभीकेले तमिलनाडुका हरेक इलाकामा आफ्नो प्रभाव जमाएको छ । विशेषगरी उत्तरी र तटीय इलाकामा विजयको पार्टीले वर्चस्व कायम गर्दा दक्षिणमा डीएमके र उत्तर–मध्यमा एआईएडीएमके खुम्चिन पुगेका छन् ।

मुख्यमन्त्री एम.के. स्टालिन आफ्नै पूर्वविधायक भीएस बाबुसँग पराजित हुनु यो निर्वाचनको सबैभन्दा ठूलो उलटफेर मानिएको छ । यो निर्वाचनको झल्को नेपालको गत फागुनको निर्वाचनसँग पनि मिल्दोजुल्दो छ, जहाँ स्थापित पुराना दलहरूलाई विस्थापित गर्दै नयाँ र वैकल्पिक शक्तिका रुपमा रास्वपकाको उदय भएको छ ।

विजयले प्रमाणित गरिदिए कि, यदि सही एजेन्डा र इमानदार छवि छ भने फिल्मी फ्यानहरूलाई सजिलै ’लोयल’ मतदातामा रूपान्तरण गर्न सकिन्छ । तमिलनाडुमा ६० वर्षदेखि एउटै प्रश्नको वरिपरि राजनीति घुमिरहेको थियो— ’तमिल पहिचानको असली संरक्षक को ?’ डीएमके र एआईएडीएमकेले सधैँ तमिल गौरव, संस्कृति र हिन्दी विरोधी मुद्दालाई आफ्नो चुनावी हतियार बनाए ।

तर यही ’पहिचानको लडाइँ’ भित्र जनताका आधारभूत समस्याहरू दबिएका थिए । अत्यधिक गर्मी, बारम्बार हुने विद्युत् कटौती, कमजोर पूर्वाधार र व्याप्त भ्रष्टाचारले जनता आजित थिए । विजयले ठ्याक्कै यहीँ प्रहार गरे । उनले पहिचानको राजनीतिलाई मात्र बोकेनन्, जनताका व्यावहारिक समस्या र दैनिक जीवनसँग जोडिएका मुद्दाहरूलाई अगाडि सारे ।

उनले द्रभिड राष्ट्रवाद र तमिल राष्ट्रवादलाई ’दुई आँखा’ भन्दै दुवैलाई समेट्ने मध्यम मार्ग अपनाए । जसका कारण वर्षौँदेखि विकल्प खोजिरहेका तमिल जनताले विजयमा एउटा भरपर्दो भरोसा भेटे । २२ जुन १९७४ मा चेन्नईमा जन्मिएका जोसेफ विजय चन्द्रशेखरको रगतमै सिनेमा थियो । बुबा एस.ए. चन्द्रशेखर चर्चित निर्देशक र आमा शोभा गायिका हुन् ।

बुबाकै फिल्म भेट्रीबाट बालकलाकारका रूपमा सुरु भएको उनको यात्रा सन् १९९२ को नालैया थीरपुबाट नायकका रूपमा अगाडि बढ्यो । सुरुवाती दिनहरूमा विजयले धेरै असफलता भोगे । तर उनले हार मानेनन् । एक्सन, रोमान्टिक हुँदै सामाजिक सन्देश दिने फिल्महरूमा काम गरेपछि उनी साधारण नायकबाट थलापति अर्थात् सेनापति बने ।

आज दक्षिण भारतमा उनको लोकप्रियता कुनै धर्मभन्दा कम छैन । तर उनको यो यात्रा सधैँ सहज रहेन । राजनीतिमा आउनुअघि उनले आफ्नै परिवारभित्रै ठूलो विद्रोह गर्नुपर्यो । उनका बुबाले उनको नाममा राजनीतिक दल खोल्न खोज्दा विजयले आफ्नै बाबुआमासहित ११ जनाविरुद्ध मुद्दा हालेका थिए ।

यसले उनी राजनीतिमा कति स्पष्ट र दृढ छन् भन्ने देखायो । उनले आफ्नो राजनीतिक करियरका लागि आफ्नो उचाइमा रहेको फिल्मी करियरलाई पूर्ण रूपमा त्याग गर्ने घोषणा गरे, जुन धेरैका लागि अचम्मको निर्णय थियो । थलापति ६९ उनको अन्तिम फिल्म हुनेछ । विजयको जितको पछाडि उनको एउटा गजबको रणनीति थियो ।

उनले ठूला नेताहरूले झैँ धेरै बोलेर होइन, थोरै देखिने र धेरै असर पार्ने रणनीति अपनाए । उनले आफ्नो पार्टीलाई धर्मनिरपेक्ष र सामाजिक न्यायको सिद्धान्तमा आधारित बनाए । उनले घोषणा गरेका केही ’पपुलिस्ट’ कार्यक्रमहरूले महिला र गरिब मतदाताको मन जित्यो ।

जस्तैः विवाहका लागि छोरीहरूलाई ८ ग्राम सुन, नवजात शिशुलाई सुनको औँठी, ६० वर्षमुनिका महिलालाई मासिक २५ सय रुपैयाँ भत्ता, हरेक परिवारलाई ६ वटा ग्यास सिलिन्डर निःशुल्क, महिला स्वयम् सहायता समूहका लागि ५ लाखसम्मको बिनाब्याज ऋण । यी बाचाले मानिसहरूलाई लाग्यो कि विजय केवल फिल्ममा मात्र होइन, वास्तविक जीवनमा पनि उनीहरूको दुःखको सहारा बन्न सक्छन् ।

विजयको राजनीतिक यात्रामा एउटा मोड यस्तो पनि आयो, जसले उनको संवेदनशीलता देखायो । करुरमा भएको टीभीकेको र्यालीका क्रममा भागदौड मच्चिँदा ४१ जनाको मृत्यु भयो । यो उनको राजनीतिक जीवनकै सबैभन्दा कठिन परीक्षा थियो । तर उनले तत्कालै मृतकका परिवारलाई २०–२० लाख र घाइतेलाई २–२ लाख राहत घोषणा गरेर जनतासँगको आफ्नो भावनात्मक सम्बन्धलाई अझ मजबुत बनाए ।

उनले प्रमाणित गरे कि उनी केवल भोटका लागि मात्र होइन, जनताको सुखदुःखमा साथ दिन राजनीतिमा आएका हुन् । विजयको उदयले भारतीय राजनीतिमा केही गम्भीर प्रश्नहरू उब्जाएको छ । के अब भारतमा सेलिब्रेटीहरू नै पुराना राजनीतिक दलका विकल्प हुन् ? निश्चित रूपमा, विजयको जितले तमिलनाडुमा मात्र होइन, सम्पूर्ण भारतीय राजनीतिमा एउटा नयाँ तरङ्ग ल्याएको छ ।

उनले साबित गरिदिएका छन् कि यदि जनता परिवर्तन चाहन्छन् भने ठूला–ठूला राजनीतिक विरासतहरू पनि बालुवाको घरजस्तै ढल्न सक्छन् । तर चुनौतीहरू अझै बाँकी छन् । सत्ता बाहिर बसेर बाचा गर्नु र सत्तामा बसेर डेलिभरी दिनु दुई फरक कुरा हुन् ।

Advertisement
Advertisement

५ लाखको ऋण र सुनको औँठी बाँड्ने बाचाले चुनाव त जितियो, तर के यी बाचाहरूले तमिलनाडुको भविष्य चम्काउलान् ? के विजयले ’रिल हिरो’बाट ’रियल हिरो’ सम्मको यो यात्रालाई न्याय गर्न सक्लान् ? यो त समयले नै बताउनेछ । विजयले फिल्ममा अभिनय गर्न त छोड्ने घोषणा गरिसके, तर उनको वास्तविक अभिनय त अब तमिलनाडुको विधान सभामा सुरु हुनेछ ।

भर्खरको समाचार

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

सम्बन्धित खबरहरु

Scroll to Top