×

NEPAL TIMES UPDATES

Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कुटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026

हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेतावनी

६ जेष्ठ २०८३

६ जेठ,काठमाण्डौ।

केही दिनयताको संसद बैठकमा पर्चासहित सभामुखको ध्यानाकर्षण गराई रहेका श्रम संस्कृति पार्टीका सांसदहरुले आज पनि सदनमा विरोध जनाएका छन्। प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहितका श्रम संस्कृतिका सबै सांसदहरु उठेर विरोध जनाएका हुन्।

Advertisement
Advertisement

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै आज पनि आलोचना गरे । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई सदनमा अनिवार्य आउन रुलिङको माग गरे । उनले भने, ‘हामीले बारम्बार प्रश्न उठाएका छौँ, हाम्रो आफ्नो व्यक्तिगत प्रश्न नभएर जनताका प्रश्नहरू हामीले सरकारका सम्बन्धित मन्त्रीहरूलाई सोध्न चाहेका छौँ । सीमानाको कुरादेखि लिएर महँगी नियन्त्रण, सहकारी पीडितलाई फिर्ता गर्दै गरेको पैसाको स्रोतलगायतको विषयमा हामीले थुप्रै प्रश्न राख्न खोजेका छौँ ।’

उनले आफूहरूले सुकुमबासी व्यवस्थापनसँग सम्बन्धित प्रश्न गर्न चाहेको बताए । उनले थपे, ‘सम्बन्धित मन्त्रीहरू सदनमा आउँदै नआउने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि नआउने, छलफलमा पनि नआउने, हाम्रो नियमावलीको १५ को २, नियमावली १५ को उपनियम २ लागू भएको देखिँदैन ।

यो संसद्प्रति सरकार जवाफदेही हुनैपर्छ, जनताप्रति सरकार जवाफदेही हुनैपर्छ, बन्नैपर्छ । यहाँले कडा तरिकाले रुलिङ गर्नुपर्छ। कर्तव्यदेखि भाग्ने उहाँहरूको चलन छ, यसप्रति हाम्रो घोर आपत्ति छ ।’ हर्कपछि सभामुखले बैठकमा आजै मन्त्रीहरुले संसदमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको जानकारी दिए ।

यता श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्डसहित विरोध जनाएपछि सभामुख डीपी अर्यालले ‘अभद्र व्यवहार’ नदेखाउन चेतावनी दिएका छन् । श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुखले प्रतिनिधिसभाको मर्यादा पालना गर्नु सबैको कर्तव्य भएको बताए । उनले सभाको मर्यादा कायम राख्न आग्रह गरे ।

हर्क साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुखले आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन् । सभामुख डोलप्रसाद अर्यालले सभामा मर्यादित भई प्रस्तुत हुन र प्रतिनिधिसभा नियमावली २०७९ को दफा ३० बमोजिम ध्यानाकर्षण गराउँदै अभद्र व्यवहार नगर्न आग्रह गरेका थिए ।

प्रतिनिधि सभा नियमावलीमा भने अभद्र व्यवहार गर्ने सांसदहरुलाई संसदको बैठक हलबाट निष्काशन गर्न सकिने व्यवस्था रहेको छ । प्रतिनिधि सभा नियमावलीको नियम ३० र ३१ मा उक्त व्यवस्था गरिएको छ । नियमावलीको परिच्छेद ६ अन्तर्गत ‘बैठकमा सुव्यवस्था’ को व्यवस्था अनुसार नियम ३० मा सभामुखले चेतावनी दिन सक्ने व्यवस्था रहेको छ ।

नियम ३० मा भनिएको छ, ‘बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथ तुरुन्त नियन्त्रण गर्नुपर्दछ ।’ त्यसो त नियम ३० को पालना नभएमा त्यस्ता सदस्यहरुलाई संसदबाटै निष्काशन गर्न सक्ने समेत व्यवस्था रहेको छ ।

उपनियम ३१ मा भनिएको छ, ‘बैठक कक्षबाट निष्काशन ः (१) नियम ३० बमोजिमको आदेश पालना नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछ । आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउनेछैन ।’

त्यसो त सभामुखको आदेश वा निर्देशन नमान्ने सदस्यलाई सभामुखले मर्यादापालकको सहयोग लिइ बाहिर निकाल्न सक्ने व्यवस्था समेत रहेको छ । त्यसरी निकालिएको सदस्यले भने प्रतिनिधि सभा वा त्यस अन्तर्गतको कुनै समितिमा उपस्थित नै हुन नसक्ने व्यवस्था रहेको छ ।

हिजो पनि श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क प्रतिनिधिसभा बैठक छाडेर हिँडेका थिए । साम्पाङ आफ्नो भनाइ राख्न भन्दै आसनबाट उठेका थिए । तर, सभामुख अर्यालले उनले यसअघि समय नमागेको भन्दै बस्न आग्रह गरे । त्यसपछि उनी बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।

Advertisement

श्रम संस्कृति पार्टीका अरू सांसद भने बैठकमै बसेका थिए । हिजो पनि बैठकको प्रारम्भमा साम्पाङले विरोध गरेका थिए । सरकारको विरोधमा उनले नारासहितको पर्चा देखाएका थिए । श्रम संस्कृतिले सोमबारको बैठकमा पनि पर्चा देखाएर प्रधानमन्त्रीको उपस्थििती नभएको भन्दै विरोध गरेको थियो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top