साहरुख खानको साथमा विराटनगरका हार्डवेयर ब्यवसायी

२ माघ ७५, बुधबार

विराटनगर, माघ २
बहुराष्ट्रिय कम्पनी हिण्डवयेरको आयोजनामा मुम्बईमा ‘मिट एण्ड ग्रिट विथ साहरुख खान’ सम्पन्न भएको छ । भारतको मुम्वईस्थित होटल ताजमा भएको कार्यक्रममा हिण्डवयेरका ब्राण्ड एम्बास्डर तथा चर्चित अभिनेता शाहरुख खानको समेत उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रममा हिण्डवेयर कम्पनीका नेपाल तथा भारतका झण्डै सय वितरकहरुको सहभागिता रहेको थियो । जसमा नेपालको तर्फबाट १५ वितरकले सहभागिता जनाएका थिए भने विराटनगरबाट शक्तिमाता हार्डवयेरका मुकुल दाहालले सहभागिता जनाएका थिए ।

Advertisement

कार्यक्रममा कलाकार शाहरुख खानले हिण्डवयेरका सामग्रीका विषयमा सक्षिप्त भनाई राखेका थिए । त्यस्तै हिण्डवयेरका निर्देशक सन्दीप सोमानीले कम्पनीका भावी योजना र नयाँ उत्पादनका विषयमा जानकारी दिएका थिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top