माघ १३ देखि विराटनगरमा प्रदेशस्तरीय योग शिविर

विराटनगर, माघ ४
राष्ट्रियस्तरमा स्वस्थ्य जीवनका बारेमा नयां सन्देश दिने योजनाका साथ विराटनगरमा प्रदेशस्तरीय वृहत योग शिविर आयोजना हुने भएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले योगलाई आम जनता माझ पु¥याउने दायित्व अन्तर्गत आगामी माघ १३ देखि १९ गतेसम्म साताव्यापी निशुल्क योगशिविरको आयोजना गर्ने भएको छ ।

मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो बिषयमा जानकारी गराएको छ । कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले योगलाई जीवनको अभिन्न अङग वनाउन र स्वास्थ्य जीवनको चेतना र जनजागरण जनतामाझ गराउन शिविर संचालन गर्न लागिएको बताए ।

उनले रोग लाग्नु भन्दा अगाडि नै सचेत भएर योग गरेमा स्वस्थ्य जीवन हुनुका साथ औषधि उपचारमा खर्च हुने रकम वचत हुने भएकोले योग सम्बन्धि सचेतनाकालागि कार्यक्रम गरिन लागेको जानकारी दिए । प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नेे योग शिविरमा पाँच हजार महिला तथा पुरुषले योग गर्ने छन् ।

Advertisement

शिविरमा प्रत्येक दिन प्रदेशका मन्त्रीहरुको उपस्थिति हुनुका साथै पतन्जली योग नेपालका अध्यक्ष लवदेव मिश्र,जगतगरु कृष्णदास जी महाराजले प्रशिक्षण दिनेछन । विराटनगरको शंकरपुरस्थित खाली मैदानमा हुने योग शिविरमा महिला तथा पुरुषका लागि विहान ५ः३० देखि ७ः०० वजेसम्म र अपरान्ह ०१–१५ देखि ०२ः१५ सम्म कक्षा ९ का विद्यार्थीहरुलाई प्रशिक्षण दिइने मन्त्रालयका सचिव तथा कार्यक्रम आयोजनाका सदस्य डाक्टर सरोजप्रसाद विशालले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top