फ्रान्समा सरकार विरोधी आन्दोलन चर्कियो, राष्ट्रपतिको राजीनामा माग

७ माघ ७५, सोमबार
Share this
808shares

एजेन्सी, माघ ७
फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ । राजधानी पेरिसमा भेला भएका पहेंलो वस्त्रधारी हजारौं प्रदर्शनकारीले राष्ट्रपति इम्यानुएल म्याक्रोनविरुद्ध चर्को नारा लगाउनुका साथै राजीनामा माग गरेका छन् ।

Advertisement

प्रदर्शनकै क्रममा सय भन्दा बढी पक्राउ परेका छन् ।पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन नवौं चरणमा प्रवेश गर्दासमेत सरकारले चासो नदेखाएको भन्दै प्रदर्शनकारीहरुले आन्दोलन झन् चर्काउने बताएका छन् ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले रबरका गोली र टियर ग्यास प्रहार गरेका छन् । जसका कारण कयौं प्रदर्शनकारी घाइते भएका छन् । राजधानी पेरिस केन्द्रित गर्दै प्रदर्शन गर्दै आएका प्रदर्शनकारीहरुले फ्रान्सको अर्को शहर बोर्देएक्स र ताउलोसमा पनि एकै साथ प्रदर्शन गरेका छन् । पछिल्लो समय प्रदर्शनकारीहरुको संख्या झन बढ्दै गएको छ । प्रदर्शनमा अप्रिय घटना हुन नदिन ८ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top