विराटनगर महानगरमा ५ जनामा डेंगुको संक्रमण

९ असार, विराटनगर ।
सुनसरी मोरङमा फैलिएको डेंगु रोगको नियन्त्रण अभियान जारी रहदा विराटनगर महानगरपालिका भित्रमा अहिलेसम्म ५ जनामा डेगुको संक्रमण भेटिएको छ ।

विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख लजिता योञ्जनका अनुसार अहिलेसम्म महानगरपालिका भित्रमा ५ जनामा मात्र डेंगुको संक्रमण भेटिएको जानकारी दिइन् । उनले यसका लागि विभिन्न सचेतनाका कार्यक्रम गर्नुका साथै खोज तथा नष्ट कार्यक्रम गरिरहेको बताइन् ।

यसैगरी मोरङ जिल्लामा अहिलेसम्ममा १५ जनामा डेंगु रोग देखिएको जानकारी दिइन् । उनीहरुको मोरङ तथा विराटनगरका विभिन्न अस्पतालमा उपचार भैरहेको पनि उनले जानकारी दिइन् ।

Advertisement

डेंगु रोग मानिसबाट मानिसमा नसरी संक्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई टोकेमा मात्र सर्ने गर्दछ । यो लामखुट्टेले दिउँसो मात्र टोक्ने र सफा र स्थिर पानीमा अण्डा पार्ने गर्दछ । यो लामखुट्टेले १४ देखि २१ दिनको जीवनचक्रमा ३ सय अण्डा पार्ने जानकारी योञ्जनले जानकारी दिइन् ।

डेंगु रोगको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु, ५, ७ दिनसम्म ज्वरो आउनु, टाउको असाध्यै दुख्नु, ढाड, जोर्नी र मांसपेशी दुख्ने गर्दछ । डेंगु रोगबाट बच्न गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top