×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026

एटिएम ह्याक प्रकरण : कुन बैंकबाट कति झिकियो रकम ?

१७ भाद्र २०७६

भदौ १७, काठमाडौं ।  चिनियाँ ह्याकरले बैंकको परिचय नम्बर (बिआइएन) तथा एटिएम कार्ड प्रयोग गरी नेपालका पाँच बैंकबाट तीन करोड ४४ लाख झिकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भारतीय एसबिआई बैंकको एटिएमबाट एक करोड ७६ लाख तथा नेपाली बैंकको एटिएमबाट एक करोड ६८ लाख निकालेका हुन् । नेपालमा नेपाल एसबिआई, नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग भएको खुलेको छ ।

Advertisement
Advertisement

यो घटना अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा गठित कमिटी स्रोतले सबैभन्दा बढी प्रभु बैंकको बिआइएन नम्बर प्रयोग गरी दुई करोड ४३ लाख निकालेको जनायो । त्यस्तै, ग्लोबल बैंकको ३८ लाख, सनराइज् बैंकको २४ लाख, माछापुच्छ«े बैंकको २० लाख र एनआइसी एसिया बैंकको १७ लाख रकम झिकिएको हो ।

‘अहिलेसम्म भारतको एटिएमबाट भारु एक करोड पाँच लाख र नेपाली बैंकका एटिएमबाट एक करोड ७६ लाख निकालिएको खबर छ,’ कमिटी संयोजक मिश्रले भने, ‘भारत र नेपालमा गरेर २५ सयभन्दा बढी पटक कार्ड घोटेर रकम झिकिएको देखिन्छ ।’ कमिटीले मंगलबारसम्म प्रतिवेदन तयार गरिसक्नुपर्ने जिम्मेवारी पाएको छ ।

एउटा बैंकको कार्ड तथा बिआइएन नम्बर प्रयोग गरेर अर्को बैंकको एटिम बुथबाट रकम झिकिएकाले झिकिएको रकमको दायित्वको विषयमा भने अझै द्विविधा छ । बिआइएन नम्बर र कार्ड प्रयोग भएका बैंकहरूलाई स्विच प्रणालीको सुविधा दिइरहेको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)लाई समेत यो दायित्व पर्न सक्छ । दायित्वको टुंगो राष्ट्र बैंकको नेतृत्वमा बनेको कमिटीले समेत लगाउन सक्दैन । फरेन्सिक कम्पनीले आएर अध्ययन गरेपछि मात्रै यसको टुंगो लाग्न सक्छ ।

ह्याकका लागि सूचना अपरेट गर्न वी च्याट प्रयोग
चिनियाँ ह्याकरले एटिएमबाट रकम झिक्ने क्रममा सूचना अपरेट गर्न चिनियाँ सामाजिक सञ्जाल वी च्याट प्रयोग गरेको भेटिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न आठमध्ये ६ अभियुक्त पक्राउपछि यो तथ्य खुलेको हो ।

प्रहरीका अनुसार पक्राउ लगत्तै सबैको मोबाइल फोन नियन्त्रणमा लिइएको थियो । मोबाइल परीक्षण गर्दा उनीहरूले ह्याकका लागि सूचना आदानप्रदान गर्न वी च्याट प्रयोग गरेको भेटिएको परिसर प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए ।

‘एटिएम ह्याकका लागि यिनीहरूले वी च्याट प्रयोग गरेको भेटिएको छ । यिनीहरूलाई कसैले वी च्याटमार्फत एटिएम बुथको लोकसन दिन्छ । सोहीअनुसार यिनीहरू बुथमा जान्छन् । लगत्तै अर्को आदेश आउँछ । आदेश भएअनुसार यिनीहरू बुथभित्र प्रवेश गर्छन् । भिसा कार्ड झिक्छन् । एटिएममा भिसा कार्ड घोट्छन ।

वी च्याटमार्फत नै नेटवर्क ह्याक गर्न मिल्ने कोड नम्बर आउँछ । सँगै कोड नम्बर प्रयोगका लागि अर्को आदेश आउँछ । जब ह्याकरले भिसामा कोड हान्छ, एटिएम भित्रको रकम फरर्र बाहिर आउँछ । यिनीहरूले यसैगरी विभिन्न बैंकका एक करोड ७५ लाख रुपैयाँ लुटेको देखिन्छ,’ डिएसपी बोगटीले भने ।

को हुन् ह्याकरलाई वी च्याटमा आदेश दिने ?
प्रहरीका अनुसार घटनामा संलग्न चिनियाँ मुलका फ्रेन्च नागरिक झु लिफ लीसहित लिन जिनमिङ, लु जियालिङ, झु लियाङ आङ, क्वु याङयिङ र चेन विनविन पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले ल्यापटप कम्युटर, विभिन्न ब्रान्डका मोबाइल फोन र केही डिभाइस बरामद गरेको छ ।

प्रहरीले यसलाई परीक्षण गर्न डिजिटल फरेन्सिक ल्याब (डिएफएल) मा पठाएको छ । ल्याबमा बरामद उपकरणको बल्ल परीक्षण सुरु भएको छ । ल्याबबाट आएको प्रतिवदेनपछि मात्रै वी च्याटमार्फत उनीहरूलाई आदेश दिने ह्याकर पत्ता लाग्ने प्रहरीको भनाइ छ ।

परिसरका डिएसपी बोगटीले भने, ‘उनीहरूबाट बरामद विभिन्न उपकरण परीक्षणका लागि ल्याबमा पठाएका छौँ । रिपोर्ट आएको छैन । यिनीहरूलाई कसैले अपरेट गरेजस्तो देखिन्छ । वी च्याटमार्फत भएको अर्डर हेर्दा त्यस्तै देखिन्छ । यो आदेश कहाँबाट आएको हो, आदेशकर्ता को हो जस्ता प्रश्नको उत्तर रिपोर्ट आएपछि मात्रै खुल्ला ।’

कार्ड तथा बिआइएन नम्बर प्रयोग भएका बैंक र झिकिएको रकम

प्रभु बैंक– २ करोड ४३ लाख
ग्लोबल आइएमई बैंक– ३८ लाख
सन्राइज बैंक– २४ लाख
माछापुच्छ्रे बैंक– २० लाख
एनआइसी एसिया– १७ लाख
रकम साट्ने तीन नेपाली पक्राउ
एटिएम ह्याकपछि जम्मा भएको रकम साटिदिने ठमेलका दुई मनी एक्सचेन्ज कम्पनीका तीनजना पक्राउ परेका छन् । डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाल मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडी छन् ।

उनीहरूले झु लुक लीसहितका तीनजनाले लगेको २९ लाख ९९ हजार रुपैयाँ २५ हजार आठ सय ६२ अमेरिकी डलरमा सटही गरेर पठाएका थिए । जसमध्ये लुक सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनीबाट प्रहरीले ६ हजार अमेरिकी डलर बरामद गरेको छ । बाँकी दुई भने अझै फरार छन् ।

प्रहरीका अनुसार विदेशी मुद्रा सटहीका लागि पासपोर्टसहितका अन्य डकुमेन्ट अनिवार्य रूपमा परीक्षण गरिनुपर्छ । एकपटकमा १५ सय डलरभन्दा बढी रकम सटही गर्न मिल्दैन । तर, उनीहरूले कानुनविपरीत रकम सटही गरिदिएको प्रहरीको भनाइ छ ।

प्रवक्ता डिएसपी बोगटीले भने, ‘नेपालमा १५ सयभन्दा धेरै डलर साट्न मिल्दैन । त्यसका लागि पनि भिसा चेक गरिनुपर्छ । तर, यिनीहरूले त्यसो गरेको पाइएन । प्रलोभनमा पर्दा कानुन मिचेर रकम सटही गरे । सोही कारण उनीहरू पक्राउ परेका हुन् ।’

प्रहरीका अनुसार झु लुक लीसहितका तीन जना ३० लाख रुपैयाँ सटहीका लागि मनी एक्सचेन्ज सेन्टर खोज्दै ठमेल पुगेका थिए । यसका लागि उनीहरूले ट्याक्सी प्रयोग गरेका थिए । सटही केन्द्र पुगेपछि ३० लाखको बन्डलबाट एक हजार रुपैयाँ झिकेर ट्याक्सी भाडा दिए । बाँकी २९ लाख ९९ हजार भने सटही गरे । प्रहरीले उक्त रकम एक्सचेन्ज सेन्टरबाट बरामद गरिसकेको छ ।

बैंकलाई रकम फिर्ता भएको होइन
सोमबार एटिएम बुथ प्रयोगकर्ता बैंकहरूले भिसाबाट रकम फिर्ता पाएको सूचना सही नभएको राष्ट्र बैंकले स्पष्ट पारेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक मिश्रका अनुसार यो राफसाफअघिको एउटा प्रक्रिया हो ।

‘अहिले भिसाले त्यसै पैसा पठाएको होइन, यसलाई रकम डेबिट गरिएको भनिन्छ,’ मिश्रले भने, ‘जसको दायित्वमा अहिले चोरिएको रकम पर्छ, उसबाट भिसाले पछि रकम फिर्ता लिनेछ ।’ भिसा कार्ड सञ्चालन गर्ने विश्वव्यापी भुक्तानी कम्पनी (ग्लोबल पेमेन्टस् टेक्नोलोजी कम्पनी) हो । दुई सयभन्दा बढी देशमा यसको प्रयोग हुन्छ । यसले बैंकिङ प्रणालीलाई अन्तरसम्बन्धित गरिदिन्छ ।

ह्याकरको कदमले लज्जाबोध भयो : चिनियाँ दूतावास
ह्याक प्रकरणमा पक्राउ परेका ६ चिनियाँ नागरिकबारे सूचना लिन नेपालस्थित चिनियाँ दूतावासका फस्र्ट सेक्रेटरी फेङ साउलिन महानगरीय प्रहरी परिसर काठमाडौं पुगे । उनी आइतबार साँझ परिसर पुगेका थिए ।

Advertisement

सोही क्रममा पक्राउ परेकाहरूलाई प्रत्यक्ष भेटेका थिए । आवश्यक सूचना दिएपछि उनले उनीहरूको कदमले लज्जाबोध भएको प्रहरीलाई बताएका थिए । यसक्रममा उनले घटना अनुसन्धानका लागि दूतावास जुनसुकै सहयोग गर्न तयार भएको बताएका थिए । नयाँ पत्रिका दैनिकबाट

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top