कलाकार दीपक क्षेत्री सुतेकै ठाउँमा मृत भेटिए

२८ मंसिर ७६, शनिबार

२८ मंसिर, काठमाडौँ ।
कलाकार दीपक क्षेत्री आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका छन् । शुक्रबार साँझ  एक फिल्मको स्वरांकन सकेपछि डिल्लीबजारमा रहेको आफ्नो घरमा सुतेका केसी शनिबार मृत भेटिएका हुन् ।

Advertisement

५८ वर्षका उनको मृत्यु हुनुको कारण भने खुलेको छैन । अहिले उनको शव महाराजगंजस्थित त्रि।बि। शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । श्रीमती विपना बस्नेत छोरीसँग मलेशियामा भएका कारण कलाकार क्षेत्रीको आइतबार मात्र अन्त्येष्टि गरिने भएको छ ।

कलाकार क्षेत्रीको निधनको खबर पुष्टि गर्दै कलाकार उत्तम केसीले भने– ‘शनिबार बिहान उनको छोराले धेरै प्रयास गर्दा पनि कोठा नखुलेपछि प्रहरीलाई बोलाएर ढोका फोडेर हेर्दा उनलाई मृत्य अवस्थामा भेटिएको थियो ।’

Advertisement

गएको वर्ष स्वर नलीमा मासु पलाएका कारण स्वर गुमाएका कलाकार क्षेत्रीको केही समय अगाडि शल्यक्रिया गरिएको थियो । त्यसयता उनी स्वास्थ्य थिए । उनी पछिल्लो पटक यस वर्षको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ मा देखिएका थिए ।

दर्जनौं नेपाली फिल्ममा खलनायक र चरित्र कलाकारका रुपमा अभिनय गरेका कलाकार दीपक क्षेत्रीले सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका उनले ‘जीवनदान’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका फिल्ममा अभिनय गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top