एउटै कोरोना रिपोर्ट कतै पोजेटिभ कतै नेगेटिभ

२० भदौ, जनकपुरधाम ।
गएको भदौ १० गते बुधबार महोत्तरीको मनरा सिसवा नगरपालिका–४ का एक ४० वर्षीय स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भयो । मृतक स्वास्थ्यकर्मीको सम्र्पकमा रहेका ७८ जनाको कन्ट्याक्ट् ट्रेसिङको अधारमा भदौ १२ गते शुक्रबार स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम पठाइयो । स्वाब संकलनपछि भदौ १६ गते मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएका परीक्षण मध्ये ५ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखियो ।

पोजेटिभ देखिएका ५ जनामध्ये ३१ वर्षीय पुरुषले रिपोर्ट आउनु भन्दा अगाडि नै ललितपुरस्थित स्टार हस्पिटलमा पुनःआर टी पीसीआर परीक्षण गराउँदा गएको शनिबार उनको रिपोर्ट निगेटिभ आएको छ ।

त्यस्तै १६ जनाको जनकपुरको ल्याबमा पोजेटिभ देखिएका मध्ये कन्ट्याक्ट् ट्रेसिङमा परेका अर्का एक जना महोत्तरीको मनरा सिस्वा नगरपालिका –४ कै एक ५० वर्षीय पुरुषको पनि कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि ती पुरुषले पनि ललितपुरस्थित स्टार हस्पिटलमा कोरोना परीक्षण गराएका थिए । परीक्षण गराएपछि उनको कोरोना रिपोर्ट भने बिहीबार निगेटिभ आएको देखिएको छ ।

७८ जनामध्ये अन्य ६२ जनाको पीसीआर रिपोर्ट आइनसकेको छ ।प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरको यस्तो फरक रिपोर्टले विश्वसनीयता माथि प्रश्न उठ्न थालेको छ । जनकपुरको प्रयोगशालामा पोजेटिभ रिपोर्ट र उपत्यकाको रिपोर्ट निगेटिभले कहाँको रिपोर्टमा विश्वास गर्ने भन्नेमा दोधारमा उत्पन्न भएको छ । कुन ठाउँको रिपोर्ट सही हो या कुन ठाउँको रिपोर्ट गलत हो छुट्याउन समेत निकै कठिन भएको स्थानीय मनोज सहनी बताउँछन् । दुई ठाउँको दुई नतिजा भएकोले उनीहरु संक्रमित भएको हो वा होइन भन्न पनि सहज नभएको सहनीले बताए । यो कुनै प्रयोगशालाको लापरवाहीले गर्दा हो वा जाँच गर्ने मेसिन नै खराब भएका कारणले हो भन्नेबारे यकिन भएको छ।

कोरोना परीक्षण गराएका ती दुबै जनामा भने कोभिड–१९ को कुनै लक्षण देखा परेको छैन । यता प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका निर्देशक डा. श्रवणकुमार मिश्रले १÷२ दिनको फरकमा परीक्षण गराउँदा रिपोर्ट फरक आउन सक्ने बताए । कोभिड–१९ को विभिन्न पाटोहरु भएकोले एक जना संक्रमितमा करिब तीन महिना सम्म शरीरका भागहरुमा भाइरसको पाटोहरु रहन सक्ने भएकाले रिपोर्ट निगेटिभ पोजेटिभ भइरहने डा. मिश्रले बताए । त्यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरको रिपोर्ट गलत नरहेको डा. मिश्रले दाबी गरेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top