रूपन्देहीमा जारी आन्दोलनलाई हिंसात्मक नबनाउन मानव अधिकार आयोगको आग्रह

१९ असोज, काठमाडौं । रूपन्देहीमा जारी विरोधका कार्यक्रमहरूलाई हिंसात्मक नबनाउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै विरोध कार्यक्रमहरू हिंसात्मक नबनाई संयमित र शान्तिपूर्ण रूपमा अगाडि बढाउन आग्रह गरेको हो ।

आफ्ना असहमतिका विषयहरूको वार्ता र संवादको माध्यमबाटै समाधान खोज्न आयोगले आन्दोलनरत पक्षलाई आग्रह गरेको छ।

Advertisement

साथै, शान्तिपूर्ण रूपमा विरोध प्रदर्शनमा उत्रिएका नागरिकहरूमाथि मर्यादित र संयमित व्यवहार गर्न पनि आयोगले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको आयोगका प्रवक्ता तथा सचिव वेद भट्टराईले जानकारी दिए।

गत शुक्रबार प्रदेश नम्बर ५ सरकारले प्रदेशको राजधानी दाङको देउखुरीलाई बनाउने प्रस्ताव गरेको थियो। त्यसकै विरोधमा रुपन्देहीमा आन्दोलनकर्ताले बन्द, हड्ताल तथा प्रदर्शन गरेका थिए।

Advertisement

त्यही क्रममा आन्दोलनरत पक्षले सरकारी सवारी साधनहरूमाथि तोडफोड तथा आगजनी गरेको थियो।

यस सम्बन्धमा आयोगको प्रदेश कार्यालय बुटवलले अनुगमन गरिरहेको आयोगले जनाएको छ।

त्यहाँको बन्दका कारण रुपन्देही र आसपासका जिल्लाहरूमा बिरामी, वृद्ध, गर्भवती महिला, श्रमिकलगायतलाई आवागमन तथा दैनिक जीवनमा कठिनाइ उत्पन्न भएको आयोगको अनुगमन टोलीले जनाएको छ।

Advertisement

भर्खरको समाचार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

सम्बन्धित समाचार

Scroll to Top