विश्वबाटै एक्लियो अमेरिका, ३१ राष्ट्रसंघीय निकायबाट आउट

२४ पुष , काठमाण्डौ । संयुक्त राज्य अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिएको छ । यससँगै ती संस्थाले पाउँदै आएको अमेरिकी रकम र सहयोग रोकिनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ३५ गैर–संयुक्त राष्ट्र संघका संगठन र ३१ संयुक्त राष्ट्र संघसँग सम्बन्धित निकायहरूबाट बाहिरिने निर्णयमा हस्ताक्षर गरेका रोयटर्सले जनाएको छ । ती निकायहरू ‘अमेरिकी राष्ट्रिय… Continue reading विश्वबाटै एक्लियो अमेरिका, ३१ राष्ट्रसंघीय निकायबाट आउट

अमेरिकाले अब कुनै विदेशीलाई शरण नदिने

१३ मंसिर, काठमाण्डौ । अमेरिकाले विदेशी नागरिकलाई शरण दिने सबै निर्णयमा रोक लगाएको छ । वासिङटन डीसीस्थित राष्ट्रपति भवननजिकै बुधबार दुई जना नेसनल गार्डलाई गोली हानिएपछि यो कदम चालिएको हो । अमेरिकी नागरिकता र आप्रवासन सेवाका निर्देशक जोसेफ एडलोले सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘प्रत्येक विदेशी नागरिकले बढीभन्दा बढी… Continue reading अमेरिकाले अब कुनै विदेशीलाई शरण नदिने

अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ?

५ असोज , काठमाण्डौ । नेपालमा भएको जेनजी आन्दोलनको प्रभाव अन्य देशहरुको सम्बन्धमा पनि पर्न सक्ने देखिएको छ । खासगरी धेरै नेपालीहरु घुम्न, अध्ययन वा वैदेशिक रोजगारीमा जाने मुलुकहरुसंगको सम्बन्धमा । जसको सुरुवात यूएईबाट भएको छ । यूएईले भिजिट भिसा वा रोजगारीमा जाने सबै नेपालीहरुका लागि भिसा दिन रोकेको छ । यूएईले नेपाली राष्ट्रिय क्रिकेट… Continue reading अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ?

अमेरिका,जापान र ताइवान विरुद्ध चीन र उत्तर कोरिया

८ चैत , विराटनगर । पूर्वी एसियाको सुरक्षा परिदृश्य थप जटिल बन्दै गएको छ। चीनको सैन्य गतिविधि तीव्र बनेसँगै ताइवानले युद्ध तयारीलाई उच्च प्राथमिकता दिएको छ। ताइवानका रक्षामन्त्री वेलिङ्टन कूले चीनको सम्भावित आक्रमणलाई रोक्न आफ्ना सेनाहरूलाई छिटो परिचालन गर्ने क्षमता मजबुत बनाइरहेको बताएका छन्। पाँच दिनसम्म चल्ने सैन्य अभ्यासले ताइवानको आत्मरक्षात्मक क्षमतामा नयाँ मोड ल्याउने… Continue reading अमेरिका,जापान र ताइवान विरुद्ध चीन र उत्तर कोरिया

अमेरिकामा बेरोजगारी घट्यो

२२ भदौ ,एजेन्सी । अमेरिकी रोजगारदाताहरूले अगस्टमा अपेक्षाभन्दा कम १ लाख ४२ हजार रोजगारी थपेका छन् । बेरोजगारी दर ४.२ प्रतिशतमा झरेको छ । श्रम तथ्याङ्क विभागको ब्यूरोअनुसार निर्माण र स्वास्थ्य सेवामा रोजगारी प्राप्त भएको छ । निर्माण रोजगारी अगस्टमा ३४ हजारले बढेको छ । जुन अघिल्लो १२ महिनामा १९ हजारको औसत मासिक लाभ भन्दा… Continue reading अमेरिकामा बेरोजगारी घट्यो

ओली पत्नी राधिका र आरजुका साथ अमेरिका जाने

२१ भदौ , काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट सुरु हुने भएको छ । चौथो पटक प्रधानमन्त्री बनेपछि पहिलो भ्रमणका लागि भारत जाने योजना बनाएपनि भारतका तर्फबाट निमन्त्रणा नै नपाएपछि थाइल्याण्डबाट आफ्नो विदेश भ्रमण सुरु गर्ने योजना बनाएका प्रधानमन्त्रीले अन्ततः थाइल्याण्डपछि जाने भनिएको अमेरिकाबाट विदेश भ्रमण सुरु गर्ने भएका छन् । मन्त्रिपरिषदले… Continue reading ओली पत्नी राधिका र आरजुका साथ अमेरिका जाने

ब्राजिलमा अलपत्र नेपाली अब कहाँ जान्छन् ?

१३ भदौ , एजेन्सी । ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलको साओ पाउलोस्थित ग्वारुलहोस् अन्तर्राष्ट्रिय विमानस्थलमा १७६ जना नेपाली केही दिनदेखि अलपत्र अवस्थामा छन् । अमेरिका जान भनी मानव तस्करको पछि लागेर साओ पाउलो पुगेका उनीहरूलाई ब्राजिलको अध्यागमनले रोकेपछि अलपत्र परेका हुन् । ब्रजिलस्थित नेपाली दूतावासका नियोग उपप्रमुख बाबुराम सिग्द्यालका अनुसार उनीहरू काठमाण्डूबाट यूएईको दुबई र पोर्चुगलको… Continue reading ब्राजिलमा अलपत्र नेपाली अब कहाँ जान्छन् ?

नेपालमा जस्तै अमेरिकामा पनि निर्वाचनमा भोट ल्याउन अनेकन् तिकडम

५ भदौ, विराटनगर । संयुक्त राज्य अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनको मिति नजिकिँदो छ । निर्वाचनका लागि दुई जनाको चुनावी भिडन्त हुँदैछ । अमेरिकाको ६०औं राष्ट्रपतीय निर्वाचनबाट निर्वाचित हुने ध्याउन्नमा छन्, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस । ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति हुन्, उनको कार्यकाल सन् २०१७ देखि २०२१ सम्मको थियो… Continue reading नेपालमा जस्तै अमेरिकामा पनि निर्वाचनमा भोट ल्याउन अनेकन् तिकडम

अमेरिकाले सैन्य सहयोग नगरे युक्रेनले रुससँगको युद्ध हार्ने

२० मंसिर, एजेन्सी । आफनो क्षमताले भ्याएसम्म रुसी सेनाविरुद्ध लडिरहेको युक्रेनले अमेरिकाले सैन्य सहयोग नगरे रुससंगको युद्ध हार्ने निश्चित भएको दावी गरेको छ । युक्रेनका प्रधान सेनापति एन्ड्री येमार्कले अमेरिकाको निरन्तरको सैन्य सहयोगबिना युक्रेन एक्लैले रुसको सामना गर्न नसक्ने भन्दै युद्ध हार्ने सम्भावना बढेको जनाएका छन् । अमेरिकाको वासिङटन डिसीमा युएस इन्स्च्यिुट अफ पिसमा सम्बोधन… Continue reading अमेरिकाले सैन्य सहयोग नगरे युक्रेनले रुससँगको युद्ध हार्ने

अमेरिकाले विश्वभर गर्ने युद्धाभ्यास कस्तो छ ?

१६ साउन, एजेन्सी । अमेरिकी नौसेनाले एकैसाथ विश्वभर युद्धाभ्यासको घोषणा गरेको छ। यसलाई तेस्रो विश्वयुद्धको पूर्वाभ्यासका रुपमा हेरिएको छ । यस अभ्यासमा अमेरिकी नौसेना र मरीन कोरका २५ हजार जवान पनि सहभागी हुनेछन्। यो अभ्यास ९ देखि १८ अगष्टसम्म सञ्चालन हुनेछ । यसलाई लार्ज स्केल एक्सरसाइज -LSE_  2023 नाम दिइएको छ। यस अभ्यासमा छ वाहक… Continue reading अमेरिकाले विश्वभर गर्ने युद्धाभ्यास कस्तो छ ?

दुइटा साना जहाज ठोक्किँदा अमेरिकामा चार जनाको मृत्यु

२ साउन, एजेन्सी । अमेरिकाको लस भेगसमा जहाज दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।लस भेगसको दक्षिणी क्षेत्रमा रहेको विमानस्थलनमा स्थानीय समयानुसार आइतबार मध्यान्ह १२ बजे दुई जहाज आपसमा ठोक्किएर दुर्घटना भएको बताइएको छ।सिबिएसन्युजका अनुसार पाइपर पिए(४६ कलसाइन भएको जहाज र सेस्ना १७२ जहाज आपसमा ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनापछि पिए(४६ जहाज धावन मार्गमा बजारिएको थियो… Continue reading दुइटा साना जहाज ठोक्किँदा अमेरिकामा चार जनाको मृत्यु

अमेरिकामा एक हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि

३१ असार,एजेन्सी । अमेरिकामा एक हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा ४३ वटा राज्यमा भेटिएको सङ्क्रमणबाट एक हजार जनाभन्दा धेरै बिरामी भएका हुन् ।अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसी को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै एक सय ६१ जना मङ्कीपक्सबाट सङ्क्रमित छन् । त्यसैगरी न्युयोर्कमा एक सय ५९ र… Continue reading अमेरिकामा एक हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि

अमेरिकाले हटायो अन्तर्राष्ट्रिय यात्रामा कोभिड परीक्षणको प्रावधान

२८ जेठ, एजेन्सी। संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने प्रावधान हटाएको छ । वाइडेन प्रशासनले अन्तर्राष्ट्रिय उडानमा जानु एकदिनभित्र यात्रीहरूले कोभिड–१९ सङ्क्रमण नभएको चिकित्सकीय परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुपर्ने प्रावधानलाई आगामी आइतबारदेखि हटाएको हो । रोग रोकथाम तथा नियन्त्रण निकायहरूले सङ्क्रमणको निरन्तर अनुगमन गर्ने जनाउँदै अन्तर्राष्ट्रिय यात्राका बेला पेश गर्नुपर्ने ‘कोभिड–१९ नेगेटिभ… Continue reading अमेरिकाले हटायो अन्तर्राष्ट्रिय यात्रामा कोभिड परीक्षणको प्रावधान

अमेरिकाको तल्लो सदनबाट बन्दुक नियन्त्रण सम्बन्धी विधेयक पारित

२६ जेष्ठ, एजेन्सी । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बन्दुक नियन्त्रण सम्बन्धी विधेयक पारित गरेको छ । ४ सय ३५ सदस्य रहेको तल्लो सदनमा २ सय २३ जनाले विधेयकको पक्षमा मतदान गरेका न्युयोर्क टाइम्सले जनाएको छ । यो विधेयकले १५ राउन्डभन्दा बढी क्षमता भएका गोलाबारुद बिक्री निषेध गर्छ । टेक्सास र न्युयोर्कमा हालै भएका… Continue reading अमेरिकाको तल्लो सदनबाट बन्दुक नियन्त्रण सम्बन्धी विधेयक पारित

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.