चितवन बस दुर्घटना ,मिनीट्रक पल्टिदा १९ चौपाया मरे, मेलामा आगलागी

२७ माघ , विराटनगर। कतै सवारी दुर्घटना त कतै आगलागीले मानवदेखि पशुसम्मलाई ठूलो क्षति पुर्याएको छ । आज विहानै चितवनमा दुई सवारी दुर्घटनामा परि २२ जना यात्रु घाइते भएका छन् भने कयौं चौपायाहरु मरेका छन् । नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको लु प्र०३–००१ख ००७७ नम्बरको बस बिहान ४ः३० बजे नारायणगढ–मुग्लिङ सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटनामा परेको… Continue reading चितवन बस दुर्घटना ,मिनीट्रक पल्टिदा १९ चौपाया मरे, मेलामा आगलागी

सन्थाल बस्तीमा २० घर जले, २३ परिवारको विचल्ली

४ चैत, काठमाण्डौ । मोरङको रङ्गेली–३ बाबुसाहेब टोलको सन्थाल बस्तीमा आगलागी हुँदा २० घर जलेको इलाका प्रहरी प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । शनिबार दिउँसोदेखि शुरु भएको आगलागी बस्तीमा फैलिदा २० घरधुरीका २३ परिवार विस्थापित भएका रङ्गेली नगरपालिका उपमेयर गोमा पराजुलीले जानकारी दिइन् । विस्थापित परिवारलाई स्थानीय सरकारले राहत उपलब्ध गराउन प्रकृया थालेको पनि उनको… Continue reading सन्थाल बस्तीमा २० घर जले, २३ परिवारको विचल्ली

बाँकेको बोरा गोदाममा आगलागी बाट ४० लाखको क्षति

२९ कात्तिक, काठमाडौं । नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके टे«डिङको बोरा गोदाममा गए राति आगलागी भएको हो ।राति करिब १२ बजेतिर लागेको आगो आज बिहानमात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । उनका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरालगायतका सामग्री… Continue reading बाँकेको बोरा गोदाममा आगलागी बाट ४० लाखको क्षति

डढेलो र आगलागीका घटना बढे, ५ जनाको मृत्यु

३१ वैशाख, एजेन्सी । गर्मी बढेसँगै दैनिक आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन् । प्राधिकरणका अनुसार आगलागीमा ११ र डढेलोमा परेर पाँच जनाले ज्यान… Continue reading डढेलो र आगलागीका घटना बढे, ५ जनाको मृत्यु

ललितपुरको भैंसेपाटीको एक टहरामा आगलागी हुँदा जलेर एक जनाको मृत्यु

७ माघ,काठमाडौं । ललितपुरको भैंसेपाटीमा एक टहरामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।शनिबार बिहान साढे ३ बजे ललितपुर महानगरपालिका २५ भैंसेपाटीस्थित फूलबारी मार्गमा रहेको एक टहरामा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। दुर्गा श्रेष्ठको जग्गामा टहरा बस्दै आएकी एक जना महिलाको मृत्यु भएको हो।धनकुटा घर भई हाल उक्त टहरामा… Continue reading ललितपुरको भैंसेपाटीको एक टहरामा आगलागी हुँदा जलेर एक जनाको मृत्यु

बर्दिबासमा सिद्धार्थ,कामना र नेपाल एसबिआई बैंक रहेको भवनमा आगलागी

१६ साउन, जनकपुरधाम । महोत्तरीको बर्दिवास नगरपालिकास्थित तीन वटा बैंकहरु रहेको भवनमा सोमबार दिउँसो आगलागी भएको छ ।तीन तले भवनको दोस्रो तल्लामा रहेको सिद्धार्थ बैंकको कोठाबाट अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रबी रावलले जानकारी दिए । उनका अनुसार अचानक आगलागी भएको सूचना पाएपछि प्रहरीसहित नेपाली सेनाको टोली र दमकल पुगेर आगो निभाउने… Continue reading बर्दिबासमा सिद्धार्थ,कामना र नेपाल एसबिआई बैंक रहेको भवनमा आगलागी

भृकुटीमण्डपस्थित ह्वीलचियर गोदाममा लागेको आगोबारे प्रहरी अनुसन्धान जारी

०२ साउन,काठमाण्डौ । काठमाडौंको भृकुटीमण्डपस्थित ह्वीलचियर गोदाममा लागेको आगोबारे प्रहरी अनुसन्धान जारी छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार प्रहरी वृत्त सिंहदरबारबाट अनुसन्धान भइरहेको छ । आगो आफैं लागेको हो अथवा कसैले लगाएको हो भन्ने कारण खुल्न सकेको छैन । प्रहरीका अनुसार समाज कल्याण परिषद्को गोदाममा राखिएका सामानको विवरण मागिएको छ ।… Continue reading भृकुटीमण्डपस्थित ह्वीलचियर गोदाममा लागेको आगोबारे प्रहरी अनुसन्धान जारी

काठमाडौं भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी

२९ असार, काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ।ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले दिए जानकारी ।उनका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।आगलागी कसरी सुरु भयो… Continue reading काठमाडौं भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी

रंगेलीमा श्रीमतीलाइ आगलागीमा पारी हत्या गरेको आशंकामा श्रीमान्नै पक्राउ

१८ असार ,विराटनगर ।मोरङको रंगेली नगरपालिकाको बिर्ता बजारस्थित एक घरमा भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । गए राति भएको आगलागीमा परी ३३ वर्षीया बबिता मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गम्भीर घाइते बबिताको उपचारका क्रममा आज बिहान ६ बजेतिर विराटनगरको कोसी अस्पतालमा मृत्यु हो । तर, प्रहरीले घटनालाई… Continue reading रंगेलीमा श्रीमतीलाइ आगलागीमा पारी हत्या गरेको आशंकामा श्रीमान्नै पक्राउ

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.