२० असार, काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) को जारी दशौं महाधिवेशनअन्तर्गत् आजबाट नेतृत्व चयन प्रक्रिया सुरू हुँदैछ । निर्वाचन समितिले आज बिहान ८ बजेबाट मनोनयन फारम बाँड्ने तयारी गरेको थियो । तर सहमतिको प्रयासका लागि निर्वाचन प्रक्रिया ढिलो सुरू हुने भएको छ । एकीकृत समाजवादीले २० पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने निर्णय यसअघि… Continue reading एकीकृत समाजवादीले माधवलाई नै अध्यक्षमा रोज्ने
Tag: #एकीकृत समाजवादी
घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्दै
२६ पौष,काठमाण्डौ । गत मंसिरको चुनावमा नेकपा (एमाले) छोडेर स्वतन्त्र रूपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने भएका छन् । बिहीबार उनी औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीमा संलग्न हुने तयारी रहेको बताइएको छ । मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भूसालले एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका… Continue reading घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्दै
एकीकृत समाजवादीकी अर्घाखाँची जिल्ला सहइन्चार्ज यमुना भुसालको निधन
८ पौष,काठमाडौं । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहइन्चार्ज यमुना भुसालको निधन भएको छ । लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लागेकी नेतृ भुसालको काठमाडौं न्यूरो अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको हो ।भुसालको शुक्रबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । भुसालको पार्थिव शरीरमा पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली… Continue reading एकीकृत समाजवादीकी अर्घाखाँची जिल्ला सहइन्चार्ज यमुना भुसालको निधन
एकीकृत समाजवादीले कहाँ कहाँ पायो सिट ?
२२ असोज, काठमाण्डौ । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीले १९ वटा निर्वाचन क्षेत्र आफ्नो भागमा पाएको छ । सत्तारूढ गठबन्धनको चुनावी तालमेलको सहमतिअनुसार एकीकृत समाजवादीले अब १९ ठाउँबाट प्रतिस्पर्धा गर्ने भएको हो । प्रदेश १ को इलाम–१ र उदयपुर– २, मधेस प्रदेशको रौतहट– १ र बारा– ४, बागमतीको धादिङ –१,… Continue reading एकीकृत समाजवादीले कहाँ कहाँ पायो सिट ?
माधव नेपालले ५ वर्षपछि राजनीतिबाट बिदा लिने
२० साउन ,काठमाण्डौ । शीर्ष नेता तथा पूर्व र हालका प्रधानमन्त्रीसहित ६ नेताको तस्बिर राखेर उनीहरुलाई पुनः जिताउन नहुने भन्दै सामाजिक सञ्जालमा अभियान नै चलिरहेको बेला त्यही तस्विरमा समेटिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ५ वर्षपछि राजनीतिबाट विदा दिने संकेत गरेका छन् । बिहीवार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको… Continue reading माधव नेपालले ५ वर्षपछि राजनीतिबाट बिदा लिने
भोलि बेलुकी नयाँ मन्त्री आउँछन् ;राजेन्द्र पाण्डे
१० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले शनिबार बेलुकीसम्ममा नयाँ मन्त्रीहरुको सपथ हुने बताएका छन् । पार्टी कार्यालयमा पत्रकारले मन्त्रीहरुले फिर्ता हुन नमानेको बारेमा सोधेको प्रश्नको उत्तर दिँदै पाण्डेले भने, ‘फिर्ता हुने नहुने भोलि बेलुकीसम्म थाहा पाउनुहुन्छ’, उनले भने , ‘यी साथीहरु जान्छन्, अर्को लट आउँछ ।’ एकीकृत समाजवादीले २२ जेठमा चार… Continue reading भोलि बेलुकी नयाँ मन्त्री आउँछन् ;राजेन्द्र पाण्डे
तत्काल मन्त्री हेरफेर गर्न एकीकृत समाजवादीले दियो प्रधानमन्त्रीलाइ दबाब
८ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीले निर्णय गरेअनुसार तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिएको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तरुन्त कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाव दिने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । ‘मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर जुन निर्णय गरेका छौं, त्यो… Continue reading तत्काल मन्त्री हेरफेर गर्न एकीकृत समाजवादीले दियो प्रधानमन्त्रीलाइ दबाब
पार्टीभित्रैको आन्तरिक कमजोरीले स्थानीय निर्वाचनमा पराजय व्यहोरेको नेपालको भनाइ
४ जेष्ठ, काठमाण्डौ ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रैको आन्तरिक कमजोरीले स्थानीय तहमा निर्वाचनमा पराजय व्यहोरेको बताएका छन् । पार्टीको युवा विशेष जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले पार्टीभित्रैकै कमजोरी हारको मुख्य कारण बताएका हुन् । संघीय र प्रादेशिक संसदको निर्वाचनमा कमजोरी सुधारेर अघि बढ्न उनले कार्यकर्तालाई निर्देशन दिएका छन् । स्थानीय चुनावमा हामीलाई… Continue reading पार्टीभित्रैको आन्तरिक कमजोरीले स्थानीय निर्वाचनमा पराजय व्यहोरेको नेपालको भनाइ
मन्त्री फेरबदलका विषयमा छलफल गर्न एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरु
३१ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफल गर्न कपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ। पार्टी कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने एकीकृत समाजवादीले बताएको छ।
एकीकृत समाजवादीद्वारा मन्त्री हेरफेर
२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी गराउन ५ नेताको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताए । उनका अनुसार… Continue reading एकीकृत समाजवादीद्वारा मन्त्री हेरफेर
एकीकृत समाजवादीको सचिवालय बैठकमा मन्त्री हेरफेरको विषयमा छलफल
२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरुको हेरफेरको विषयमा छलफल भएको छ । आइतबार बसेको चिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्ने वा नगर्नेबारे शीर्ष नेताहरुसँग छलफल गरेर अध्यक्ष माधव नेपालले निर्णय गर्ने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए । ‘हामी ६ महिनाका लागि भनेर मन्त्रीहरु पठाएका… Continue reading एकीकृत समाजवादीको सचिवालय बैठकमा मन्त्री हेरफेरको विषयमा छलफल