अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

१८ पुष , काठमाण्डौ । जेनजी आन्दोलनले नेपाली राजनीतिमा केवल एउटा आन्दोलनको नाम मात्र छाडेको छैन,यसले पुरानो राजनीतिक संरचनामाथि गम्भीर प्रश्न पनि उठाएको छ । संसद विघटन, पुनःस्थापना, सरकार परिवर्तन र निरन्तर गठबन्धनको खेलले थाकिसकेको नेपाली समाज “अब को प्रधानमन्त्री ?” भन्ने प्रश्नमा मात्र अड्किएको छैन, बरु “कस्तो प्रधानमन्त्री ?” भन्ने गहिरो बहसतर्फ मोडिएको छ… Continue reading अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

६ पुष , काठमाण्डौ । हामी नेपाल तथा द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले सरकारसँग सम्झौता भएपनि प्रहरीले जेनजी आन्दोलनका सहभागीविरुद्ध मुद्दा चलाउनेक्रम नरोकेको भन्दै गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक गरिदिएका छन् । उनले भदौ २३ र २४ को आन्दोलनको आधारमा पक्राउ परेर रिहा हुन नसकेकाको परिवारले सोझै गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल… Continue reading जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

रवि लामिछानेको धरौटीमा रिहाइ

५ पुष , काठमाण्डौ । जेनजी आन्दोलन उत्कर्षमा पुगे लगतै गएको भदौ २४ गते जब नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने बाहिर निस्केका थिए । उनी जेलबाट बाहिरिएसँगै चौतर्फी हमलामा परे अन्त्यमा आफै नख्खु पुगे । त्यस बेला रबी प्रधानमन्त्री बन्नका लागि जेलबाट आफै आन्दोलनकारीको सहायतामा निस्केका हुन भन्ने सम्मको आरोप… Continue reading रवि लामिछानेको धरौटीमा रिहाइ

ओलीले योगेश भट्टराईसँग लिए बदला

५ मंसिर, काठमाण्डौ । जेनजी आन्दोलनमा भएको दमनको तत्कालीन सरकारको नेतृत्वकर्ता भएको हैसियतमा नैतिक जिम्मेवारी लिनु पर्ने भन्दै आफ्नै पार्टीबाट प्रश्न उठाउने एमालेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीको निशानामा परेका छन् । प्रश्न उठाएकै कारण अध्यक्ष ओलीले पार्टी सचिव योगेश भट्टराईसँग बदला लिएका छन् । जेनजी आन्दोलनपछि पार्टी नेतृत्वको जिम्मेवारी लिनु पर्नेदेखि पार्टी नेतृत्व नै… Continue reading ओलीले योगेश भट्टराईसँग लिए बदला

जेनजीले छुट्टाछुट्टै दल खोल्दा पुन रिसाए, भने ‘आन्दोलनको लक्ष्य तुहिन्छ’

१ मंसिर, काठमाण्डौ। जेनजी आन्दोलनका अगुवाहरुले छुट्टाछुट्टै दल दर्ता गरेपछि सोही आन्दोलनको जगमा अन्तरिम सरकारका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका महावीर पुनले असन्तुष्टि जनाएका छन् । चुनावका लागि एक भएर जानु पर्नेमा जेनजी अगुवाहरु नै दल दर्ताको होडबाजीमा लागेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् । मन्त्री पुनले सोमबार सामाजिक सञ्जालमा दल दर्ताको समाचार शेयर… Continue reading जेनजीले छुट्टाछुट्टै दल खोल्दा पुन रिसाए, भने ‘आन्दोलनको लक्ष्य तुहिन्छ’

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

१७ कार्तिक , काठमाण्डौ । राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ । विभागले सोमबार साँझदेखि दैनिक (सार्वजनिक बिदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने… Continue reading दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या बढ्दो, क्रिकेट सिक्दै गरेका पनि आरोपी

११ कार्तिक , काठमाण्डौ । जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न थप दुईजना पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका– १ घर भई हाल काठमाडौं सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठलाई पक्राउ गरिएको हो । उनी प्रहरी जवानको हत्या तथा वृत्तमा आगजनीमा संलग्न थिए । त्यस्तै, जवान थापाकै… Continue reading प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या बढ्दो, क्रिकेट सिक्दै गरेका पनि आरोपी

५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल

११ कार्तिक , काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा घरमा नै भदौ २४ गते प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार राति ठमठम हिँडेरै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरे । सिंगापुरमा थप उपचारका लागि भन्दै पत्नी आरजु राणाको साथमा देउवा सिंगापुर गएका हुन् । यसअघि देउवाको लामो समय छाउनीस्थित सैनिक अस्पतालमा उपचार भएको… Continue reading ५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल

जेनजी आन्दोलनमा कलाकारले हिं सा भ ड्का एकै हुन त ?

९ कार्तिक, काठमाण्डौ । पुरानो सत्ता फ्याँक्ने गरी भदौ २३ र २४ गते भएको जेनटजी आन्दोलनका क्रममा नेपालमा भएका राजनीतिक परिवर्तनका धेरै आन्दोलन मध्ये सबै भन्दा ठुलो भौतिक क्षति हुन पुग्यो । २ दिनमा ७६ जनाको ज्यान गयो र अरबौँको भौतिक संरचना मात्र क्षति भएन ऐतिहासिक सिंहदरबार देखि सर्वोच्च अदालत सम्म जलेर खरानी भयो। जेनजीको… Continue reading जेनजी आन्दोलनमा कलाकारले हिं सा भ ड्का एकै हुन त ?

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

७ कार्तिक , काठमाण्डौ । जेनजी आन्दोलनपछि जति चर्चा र चिन्ता आन्दोलनका क्रममा भदौ २३ गते मारिएका २२ जेनजी विद्यार्थीहरु, तिनका परिवार र राज्यबाट भएको दमनका बारेमा भएको छ त्यो भन्दा बढी चर्चा र चिन्ता सिंहदरबार किन जलाइयो ? कसले जलाइयो भन्ने रहेको छ । यो आशयसहितको प्रश्न हो जेनजी आन्दोलनमा आइज्याक गरेको आरोप खेपिरहेका… Continue reading सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

३० असोज , काठमाण्डौ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घुस पेड भएको आरोप लागी रहेका बेला नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानले जेन–जी आन्दोलन योजनाबद्ध रूपमा भड्काउन ‘टिब्बटेन ओरिजिनल ब्लड’ (टिओबी) समूहको प्रमुख संलग्नता देखिइको भन्दै अनुसन्धानलाई त्यतै तर्फ अघि वढाएको छ । प्रहरीले टिओबी लेखिएको ज्याकेट र टिसर्ट लगाएर आन्दोलनमा सक्रिय समूहका… Continue reading जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान

५ हजार ८ सय १२ कैदीबन्दी अझै फरार,कारागार फर्किने अन्तिम दिन

२० असोज ,काठमाण्डौ । जेनजी आन्दोलनको मौका छोपी भदौ २४ मा कारागारबाट भागेका साढे १४ हजारमध्ये पाँच हजार ८१२ कैदीबन्दी अझै कारागारबाहिर छन्। कारागार व्यवस्थापन विभागका अनुसार आजसम्म उपस्थित हुनेलाई थप सजाय नहुने निर्णय गरिएको छ । सोमबार दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार पाँच हजार ८१२ जना अझै फरार रहेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बताए ।… Continue reading ५ हजार ८ सय १२ कैदीबन्दी अझै फरार,कारागार फर्किने अन्तिम दिन

भ्रष्ट नेताको अब भागाभागःसुशीलाले कस–कसलाई जेल हाल्दैछिन्?

५ असोज , काठमाण्डौ । जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारसँग धेरैको अपेक्षा छ, कि यो सरकारले जेनजी आन्दोलनमा भएको क्रुर दमनका मतियारहरुलाई कारबाही गरोस् ,नयाँ सरकारका लागि चुनावसँगसँगै भ्रष्ट नेताहरुलाई जेल हालोस् । यसअघि खुलेर पनि बन्द गरिएका सबै भ्रष्टचार काण्डका फाइलहरु खुलुन् अनि निष्पक्ष रुपमा अनुशन्धान गरी सबै भ्रष्टहरुलाई जेलमा कोचियोस् । सुशीला कार्की… Continue reading भ्रष्ट नेताको अब भागाभागःसुशीलाले कस–कसलाई जेल हाल्दैछिन्?

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

१ असोज , काठमाण्डौ । जेन–जी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा आज सरकारले राष्ट्रिय शोक मनाएको छ । शोकदिवसका रुपमा आज सार्वजनिक विदा दिइएको हो भने राष्ट्रिय झण्डा आधा झुकाइएको छ। आन्दोलनका क्रममा भदौ २३ गते आन्दोलनकारीमाथि भएको गोली प्रहारबाट १९ जनाको मृत्यु भयो । घाइते भएकाहरूमध्ये पनि केहीको मृत्यु भएको छ भने कर्तव्य पालनकै क्रममा… Continue reading जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ?

१ असोज , काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा मुख्य तीन दल एमाले, काँग्रेस र माओवादीका नेताहरु प्रदर्शनकारीहरुको मुख्य निशानामा परे । उनीहरुको घर जलाइए, कसैमाथि हातपात भयो, धेरै ज्यान जोगाउन सेना, प्रहरीको शरणमा गए । यी तीन पार्टीका केन्द्रिय कार्यालयदेखि जिल्ला जिल्लाका कार्यालयहरु खरानी भए । अर्थात जसले बढी शासनसत्ता हातमा लिए, तिनै आन्दोलनकारीको क्रोधको… Continue reading मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ?

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

२९ भदौ , काठमाण्डौ । जेनजी आन्दोलनको बलमा पहिलो नागरिक त्यो पनि देशकै पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई सफल बनाउन दिलोज्यान दिएर लाग्ने वचन दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी नेतृत्व रवि लामिछानेतर्फ लक्षित गर्दै पार्टीभित्र निरन्तर भइरहेका गल्ती, नेतामुखी… Continue reading सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

२७ भदौ , काठमाण्डौ । जेनजी आन्दोलनले नेपालको राजनीतिमा मात्रै होइन, समाजमा पनि गहिरो प्रभाव पारेको छ । जेनजी आन्दोलनले नयाँ इतिहास लेखिसकेको छ । ५१ जनाको ज्यान लिने र हजारौँलाई घाइते बनाउने यो आन्दोलनले भौतिक संरचनाहरूमा पनि ठूलो क्षति पु¥याएको छ। प्रशासनिक केन्द्र सिंहदरबार, मन्त्रालयहरू, शीतल निवास, संसद भवन लगायतका सरकारी सम्पत्तिहरू खण्डहरमा परिणत… Continue reading देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

२६ भदौ , काठमाण्डौ । जेनजी आन्दोलनका कारण रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबारदेखि सुचारु भएको छ । विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु भएका छन् । अन्तर्राष्ट्रिय उडान सञ्चालन भएपछि आज ५६ अन्तर्राष्ट्रिय उडानको तालिका रहेको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ । ५६ वटा उडान आगमनको तालिका छ भने तीन वटा चार्टर उडान छन् ।… Continue reading त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.