प्रधानमन्त्रीले पनि पृथ्वीनारायणलाई सम्झिए, पूर्वराजाको छुट्टै सन्देश

२७ पुष , काठमाण्डौ। नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले सिंहदरबार मुल गेट अगाडि रहेको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरेका हुन् । सो अवसरमा नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको समेत गरेको थियो ।… Continue reading प्रधानमन्त्रीले पनि पृथ्वीनारायणलाई सम्झिए, पूर्वराजाको छुट्टै सन्देश

देउवालाई प्रधानमन्त्री बन्न नदिने प्रस्तावले कांग्रेसमा हलचल

११ भदौ , काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीसँग छलफल गरेका छन् । उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नै निवास बुढानिलकण्ठमा बोलाएर छलफल गरेका हुन् । महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय समिति बैठकमा पेश गरेको प्रतिवेदनको विषयले कांग्रेसमा विवाद छ । महामन्त्री थापाको… Continue reading देउवालाई प्रधानमन्त्री बन्न नदिने प्रस्तावले कांग्रेसमा हलचल

प्रधानमन्त्रीको स्पष्टोक्ति : डेडिकेटेड र ट्रंक लाइनबापतका बक्यौता उठाएरै छोडिन्छ

६ भदौ, विराटनगर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनकाे बक्यौता रकम उठाउने प्रतिबद्धता जनारएका छन् । बिहीबार प्रतिनिधिसभामा सांसदको प्रश्नको जवाफ दिँदै ओलीले डेडिकेटेड र ट्रंक लाइनकाे बक्यौता रकम नछाडेर उठाउने स्पष्ट पारेका हुन् । ‘बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन चलाएर उठाइन्छ,’ उनले भने, ‘विगतमा किन समयमा… Continue reading प्रधानमन्त्रीको स्पष्टोक्ति : डेडिकेटेड र ट्रंक लाइनबापतका बक्यौता उठाएरै छोडिन्छ

थाइल्यान्डको नयाँ प्रधानमन्त्रीमा ३७ वर्षीया पेतोङटार्न, बनिन् सर्वाधिक कान्छी प्रधानमन्त्री

३२ साउन, विराटनगर । थाइल्यान्डको संसद्‌ले ३७ वर्षीया पेतोङटार्न सिनावात्रालाई नयाँ प्रधानमन्त्रीका रूपमा चुनेको छ । अपराधमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै थाइल्यान्डको सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री स्रेता थाभिसिनलाई पदमुक्त गरेपछि रिक्त रहेको उनको स्थानमा पेतोङटार्न चुनिएकी हुन् । अदालतले थाभिसिनलाई बर्खास्त गरेको दुई दिनपछि नै पेतोङत्रान सिनावात्रा प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् । यससँगै उनी… Continue reading थाइल्यान्डको नयाँ प्रधानमन्त्रीमा ३७ वर्षीया पेतोङटार्न, बनिन् सर्वाधिक कान्छी प्रधानमन्त्री

अपराधमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएपछि थाइल्यान्डका प्रधानमन्त्री बर्खास्त

३० साउन, विराटनगर । अपराधमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै थाइल्याण्डको सर्वोच्च अदालतले प्रधानमन्त्री स्रेता थाभिसिनलाई पदमुक्त गरेको छ । पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोग सम्बन्धमा फैसला दिँदै बुधबार अदालतले स्रेतालाई जिम्मेवारीबाट मुक्त गर्न आदेश दिएको हो । पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको परिवारसँग निकट रहेका वकिल पिचित चुएनबानलाई मन्त्रीमा नियुक्त गरेका कारण श्रेथामाथि नैतिकताको… Continue reading अपराधमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएपछि थाइल्यान्डका प्रधानमन्त्री बर्खास्त

कांग्रेसले राष्ट्रपति पाए प्रचण्ड ५ वर्ष प्रधानमन्त्री

५ फागुन, काठमाण्डौ । गएको पुष २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेपछि प्रमुख सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा बोल्दै ब्यक्त गरेको माछाको ढोक्साको वरिपरि नेपालको राजनीति घुमिरहेको छ। ओलीले कांग्रेस तर्फ लक्षित गर्दै दिएको राष्ट्रपतिका लागि ढोक्सा थापेको भन्ने सो अभिब्यक्तिलाई लिएर कांग्रेस नेताहरुले पटक पटक… Continue reading कांग्रेसले राष्ट्रपति पाए प्रचण्ड ५ वर्ष प्रधानमन्त्री

युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाई

२७ साउन, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन । आज शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हून । प्रधानमन्त्री देउवाले युवा केन्द्रित गतिविधिको कार्ययोजना निर्माण तथा कार्यसम्पादन कार्यभार युवा परिषद्ले गर्नुपर्ने बताए । सरकारले… Continue reading युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाई

प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा हूने देउवाको भनाई

६ साउन,काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा गरिने जानकारी दिएका छन्।नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै देउवाले सरकारले आम निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको बताए ।‘सरकार निर्वाचनको तयारीमा जुटिरहेको छ । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित रूपमा सम्पन्न गराउने गरी कलम… Continue reading प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा हूने देउवाको भनाई

इन्जिनियरलाई दक्ष बनाउन सरकार तयार रहेको प्रधानमन्त्री देउवाको भनाई

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इन्जिनियरहरुलाई दक्ष बनाउन र उनीहरुको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।६० औं इन्जिनियर दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले इन्जिनयरिङ पेशालाई थप व्यवसायिक र राष्ट्रिय आवश्यकता पूर्ति गर्ने गरी विकास गर्नुपर्ने धारणा राखे ।‘सुविधा सम्पन्न राष्ट्र निर्माणमा इन्जिनियरहरुको योगदान अतुलनीय हुन्छ । समयको गतिसँगै… Continue reading इन्जिनियरलाई दक्ष बनाउन सरकार तयार रहेको प्रधानमन्त्री देउवाको भनाई

प्रधानमन्त्री देउवा पार्टी कार्यालय सानेपा प्रवेश गर्दा बाहिरै नाराबाजी

२७ असार, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा प्रवेश गर्दा नाराबाजी भएको छ ।सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले प्रदर्शन गरेका हुन् ।उनीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शन… Continue reading प्रधानमन्त्री देउवा पार्टी कार्यालय सानेपा प्रवेश गर्दा बाहिरै नाराबाजी

प्रधानमन्त्री देउवा र सीपीसीका विदेश विभाग प्रमुख बिच भेटवार्ता

२६ असार, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी का विदेश विभाग प्रमुख लिउ जियानचाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।चार दिने भ्रमणका लागि आइतबार बिहान मात्रै नेपाल आइपुगेका जियानचाओले आफ्नो पहिलो भेट नै प्रधानमन्त्री देउवासँग गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटपछि चिनियाँ नेता जियानचाओले परराष्ट्रमन्त्री नारयण खड्कासँग भेटघाट गर्ने कार्यसूची रहेको… Continue reading प्रधानमन्त्री देउवा र सीपीसीका विदेश विभाग प्रमुख बिच भेटवार्ता

प्रधानमन्त्रीले राष्ट्रहित विपरीतका कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने माधव नेपालको दाबी

५ असार, काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहित विपरीतका कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने विश्वास दिलाएको बताएका छन् । आइतबार विभिन्न सञ्चार माध्यमको सम्पादकसँगको छलफलमा उनले प्रधानमन्त्रीले आफूहरुसँगको छलफलमा राष्ट्र हित विपरीतका सहमतिमा हस्ताक्षर नगर्ने बताएको जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मबाट… Continue reading प्रधानमन्त्रीले राष्ट्रहित विपरीतका कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने माधव नेपालको दाबी

बैठकमा अनुपस्थित प्रधानमन्त्रीलाई स्पष्टीकरण सोध्ने समितिको निर्णय

५ असार ,काठमाण्डौ ।प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बैठकमा अनुपस्थित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । अमेरिकी राज्य साझेदारी कार्यक्रम एसपीपी तथा आसन्न अमेरिका भ्रमणकोे विषयमा छलफल गर्न समितिले आइतवार देउवालाई बोलाएको थियो । कार्यव्यस्तताको कारण देखाउँदै देउवा आइतवार बैठकमा उपस्थित भएका थिएनन् । बैठकमा प्रधानमन्त्रीले संसदीय समितिलाई अवमूल्यन गरेको भन्दै… Continue reading बैठकमा अनुपस्थित प्रधानमन्त्रीलाई स्पष्टीकरण सोध्ने समितिको निर्णय

प्रधानमन्त्री बैठकमा अनुपस्थित भएपछि रावलले भने, ‘बैठकबाट खेद प्रस्ताव पारित गर्नुपर्छ’

५ असार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा नगएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले विरोध गरेका छन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका एमाले सांसद भीम रावलका अनुसार प्रधानमन्त्री समिति बैठकमा अनुपस्थित हुनु भनेको संसदीय गरिमाको अवमूल्यन हो । ‘बिरामी, विदेश भ्रमण वा अन्य जरूरी कुरा नभई प्रधानमन्त्री समिति बैठकमा अनुपस्थित हुनु… Continue reading प्रधानमन्त्री बैठकमा अनुपस्थित भएपछि रावलले भने, ‘बैठकबाट खेद प्रस्ताव पारित गर्नुपर्छ’

प्रधानमन्त्री देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित

५ असार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् । अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे छलफल गर्न समितिले प्रधानमन्त्री देउवालाई आज बिहानको बैठकमा बोलाएको थियो । तर, रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उनी बैठकमा अनुपस्थित भए । समिति सभापति पवित्रा निरौला खरेलका अनुसार प्रधानमन्त्री देउवा हिजोसम्म आउने… Continue reading प्रधानमन्त्री देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन छाडी प्रधानमन्त्री एनआरएनको कार्यक्रममा सहभागी

२ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको जवाफ दिन छाडेर एक होटलमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यक्रम थियो । तर प्रधानमन्त्री देउवा प्रतिनिधिसभा बैठकमाा सहभागी भएनन् । उनको सचिवालयका अनुसार देउवा बिहीबार दिउँसो… Continue reading सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन छाडी प्रधानमन्त्री एनआरएनको कार्यक्रममा सहभागी

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.