बंगलादेशले हसिनालाई फिर्ता मागे भारतले के गर्ला ?

१६ भदौ , एजेन्सी । निर्वासित जीवन विताइरहेकी शेख हसिनाका कारण भारत र बंगलादेशको सम्बन्धमा थप तनाव बढ्ने संकेत देखिएको छ । बंगलादेशका अधिकारीहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीका लागि आग्रह गर्न सक्ने बताएका छन् । यसले भारतलाई अप्ठेरोमा पार्न सक्ने देखिन्छ । बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद होसेनले शेख हसिनाविरुद्ध मुद्दा बढिरहेका… Continue reading बंगलादेशले हसिनालाई फिर्ता मागे भारतले के गर्ला ?

हसिनाको रातो पासपोर्ट रद्द, सुपुर्दगी गर्न माग

७ भदौ,एजेन्सी । बंगलादेशको मोहम्मद मुइज्जु सरकारले भारतले बाँधबाट पानी छोडेर बाढी निम्त्याएको गम्भिर आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयले बंगलादेशको दाबीलाई अस्वीकार गर्दै उक्त आरोप तथ्यगत रूपमा सही नभएको बताएको छ । भारतले दुई देशबीचको साझा नदीमा आएको बाढी ठूलो समस्या भएको बताएको छ। मोहम्मद युनुस नेतृत्वको बंगलादेश सरकारले भारतकै कारण आफ्नो देशमा… Continue reading हसिनाको रातो पासपोर्ट रद्द, सुपुर्दगी गर्न माग

साफ यू-२० च्याम्पियनसिप : आज भारत र माल्दिभ्सले खेल्ने

७ भदौ, विराटनगर । काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलमा आज भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दै छन् । एन्फा मुख्यालय सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराह्न ३ बजेदेखि सुरु हुने खेलमा दुवै टोली एक-अर्कालाई हराउने दाउमा हुने छन् । आज समूह ‘बी’ अन्तर्गत भारत र माल्दिभ्सले खेल्न आँटेका हुन् । जारी प्रतियोगितामा… Continue reading साफ यू-२० च्याम्पियनसिप : आज भारत र माल्दिभ्सले खेल्ने

कुलमान योजना : चामल बेचेर आफू भोकै, १८ गाउँ अझै अन्धकार !

६ भदौ, विराटनगर । नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले वार्षिकोत्सवको अवसरमा प्राधिकरणका उपलब्धिहरू फेहरिस्त लगाए । उपलब्धिहरूको सूचीमध्येको एक थियो, एक वर्षमा एक हजार मेगावाटभन्दा बढी विद्युत् भारत निकासी गर्न सफल हुनु । नेपालले सन् १९७१ देखि भारतबाट विद्युत् आयात गर्न सुरु गरेको थियो । त्यसको एक वर्षपछि नै नेपालले भारतलाईविद्युत् बेच्न थालेको हो ।… Continue reading कुलमान योजना : चामल बेचेर आफू भोकै, १८ गाउँ अझै अन्धकार !

भारतको दार्जिलिङमा रेल दु*र्घट*ना: आठ जनाको मृ*त्यु, ५० बढी घाइते

३ असार, एजेन्सी । भारतको दार्जिलिङमा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किँदा कम्तीमा आठ जनाको ज्यान गएको छ । दुर्घटनामा अरू ५० जनाभन्दा धेरै घाइते भएका छन् । कोलकाताको सियालदहतर्फ गुडिरहेको कञ्चनजङ्घा एक्सप्रेस र न्यु जलपाईगुडीतिर गुड्दै गरेको मालवाहक रेल आज बिहान साढे ९ बजे पश्चिम बङ्गाल राज्यमा पर्ने न्यु जलपाईगुडी छेउमा ठोक्किएका दार्जिलिङ जिल्लाका… Continue reading भारतको दार्जिलिङमा रेल दु*र्घट*ना: आठ जनाको मृ*त्यु, ५० बढी घाइते

भारतले अमेरिकालाई टेर्न छाड्यो

८ पुष,एजेन्सी । अमेरिका केही समय यता इजरायल र युक्रेनको पछि बसेर रुस र हमासविरुद्ध अप्रत्यक्ष रुपमा लडिरहेको छ। अर्काे तर्फ हुथी विद्रोहीलाई लक्षित गर्दै इरानलाई साइजमा राख्ने लक्ष्यमा अमेरिका उभिएको छ । यसैका लागि नै १० देश सहभागि रहेको एक युनिट नै हुथीविरुद्ध अमेरिकाले अडा गरिसकेको छ । यस्तो अवस्थामा हुथीले इजरायलतर्फ जाने कुनै… Continue reading भारतले अमेरिकालाई टेर्न छाड्यो

भारत कि इन्डिया भन्ने नामलाई लिएर भारतमा हंगामा

२० भदौ, एजेन्सी । जी–२० शिखर सम्मेलनअघि भारतमा देशको नामको विषयमा नयाँ राजनीतिक विवाद उत्पन्न भएको छ। भारतका राष्ट्रपति द्रौपदी मुर्मुका तर्फबाट जी–२० को अवसरमा रात्रिभोजका लागि पठाइएको निमन्त्रणा कार्डमा ‘इन्डिया’को सट्टा ‘भारत’ प्रयोग गरिएपछि विपक्षीले आपत्ति जनाएका हुन् । भारतीय राष्ट्रपति मुर्मुका तर्फबाट जी–२० को अवसरमा रात्रिभोजका लागि पठाइएको निमन्त्रणा कार्डमा ‘द प्रेसिडेन्ट अफ… Continue reading भारत कि इन्डिया भन्ने नामलाई लिएर भारतमा हंगामा

भारत र चीनलाई भिडाउँदै अमेरिकी विधेयक

५ फागुन, एजेन्सी । दुई अमेरिकी सांसदले भारतको अरुणाचल प्रदेशको मुद्दामा भारतलाई समर्थन गर्दै अमेरिकी संसदमा द्विदलीय विधेयक पेश गरेका छन् । यस विधेयकमा अरुणाचल प्रदेशलाई भारतको अभिन्न अंगको रूपमा वर्णन गरिएको छ। यो विधेयक ओरेगनका कांग्रेस सदस्य जेफ मर्क्ले र बिल ह्यागर्टीले पेश गरेका हुन्। चीनले अरुणाचल प्रदेशलाई आफ्नो दाबी गर्दै आएको छ ।… Continue reading भारत र चीनलाई भिडाउँदै अमेरिकी विधेयक

भारतमा हिमपहिरोमा १० जनाको मृत्यु, १८ जना बेपत्ता

२० असोज,एजेन्सी । भारतीय हिमालय क्षेत्रमा हिमपहिरोमा परी १० जनाको मृत्यु भएको छ । हिमाल आरोहण दलका अन्य १८ सदस्य अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । भारतको उत्तरी राज्य उत्तराखण्डको ‘द्रौपदीका डाँडा–द्वित्तीय’ हिमालको चुचुरोनजिक मङ्गलबार बिहान गएको हिमपहिरोमा परी दर्जनौँ आरोही प्रशिक्षार्थी बेपत्ता भएका थिए । उनीहरूमध्ये चार जनालाई सोही दिन मृत अवस्थामा भेटिएको… Continue reading भारतमा हिमपहिरोमा १० जनाको मृत्यु, १८ जना बेपत्ता

अब भारतका होटल तथा रेस्टुरेन्टमा सर्भिस चार्ज लिन नपाइने नियम लागू

२१ असार,एजेन्सी । भारतका होटल, रेस्टुरेन्टहरूमा सर्भिस चार्जु अर्थात् सेवा शुल्क लिन प्रतिबन्ध लगाइएको छ । सेवा शुल्क तिर्न बाध्य पारिएकोबारे ग्राहकको गुनासो बढेपछि भारतको उपभोक्ता संरक्षण प्राधिकरणले सेवा शुल्क लिन प्रतिबन्ध लगाएको हो ।भारतमा होटल, रेस्टुरेन्टहरूले सेवा शुल्कको नाममा ग्राहकको बिलमा ५ देखि १५ प्रतिशत रकम थप्ने गरेका छन् । अब मूल्यसूचीबाहेक अतिरिक्त रकम… Continue reading अब भारतका होटल तथा रेस्टुरेन्टमा सर्भिस चार्ज लिन नपाइने नियम लागू

भारतमा भाजपा र एनडीए गठबन्धनबाट द्रौपदी मुर्मू राष्ट्रपतिको उम्मेदवार बन्ने

८ असार,एजेन्सी । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा र उसका सहयात्री दल अर्थात एनडीए गठबन्धनबाट द्रौपदी मुर्मूलाई राष्ट्रपतिको उम्मेदवार बन्ने भएकी छिन् । उनी झारखण्डमा पहिलो महिला तथा आदिवासी राज्यपाल बनेकी थिइन् । ६ वर्ष राज्यपाल बनेकी उनी त्यसपछि उनी गृहनगर ओडिसाको रायरंगपुरमा बस्दै आएकी थिइन् । राजधानी दिल्लीमा बसेको एनडीएका बैठकले आफूलाई… Continue reading भारतमा भाजपा र एनडीए गठबन्धनबाट द्रौपदी मुर्मू राष्ट्रपतिको उम्मेदवार बन्ने

भारतको हिमाञ्चल प्रदेशमा ११ जना बोकेको केबलकार बाटोमै अड्कियो

असार ६,एजेन्सी । भारतको हिमाञ्चल प्रदेशको परवानूमा एउटा केबलकार बीच बाटोमा अड्किएको छ। सोमबार दिउँसो प्राविधिक समस्याका कारण केबलकार बाटोमा अड्किँदा ११ जना पर्यटक फसेको इन्डिया टुडेले जनाएको छ। फसेका पर्यटकको उद्धार गर्न ट्रली परिचालन गरिसकेको छ। तीन जनाको उद्धारसमेत गरिसकेको छ। केबलकारमा अड्किएका सबै जना नयाँ दिल्लीका हुन्। टिम्बर ट्रेल रिसोर्टका प्राविधिक टोलीहरू पनि… Continue reading भारतको हिमाञ्चल प्रदेशमा ११ जना बोकेको केबलकार बाटोमै अड्कियो

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.