विराटनगरलाई हरियाली शहर बनाउने फुलबारीको प्रयास

५ साउन, विराटनगर। विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने साझेदारी संस्था फुलबारीले आफ्ना सदस्यहरुलाई विभिन्न किसिमका फलका विरुवाहरु उपहार दिने भएको छ । विराटनगर महानगरपालिकाको उत्तरी भेगको सरसफाइ र व्यवस्थापन गरिरहेको नेपाल फुलबारी वेस्ट थ्री आर पलुसन कन्ट्रोल सर्भिस प्राइभेट लिमिटेडले’ १ सदस्यलाई १ विरुवा ’ उपहार प्रदान गर्ने जनाएको छ । सो उपहारस्वरुपको विरुवा फुलबारीका… Continue reading विराटनगरलाई हरियाली शहर बनाउने फुलबारीको प्रयास

विराटनगरमा खुल्यो अत्याधुनिक छाला, यौन तथा सौन्दर्य क्लिनिक

२ साउन, विराटनगर । विराटनगरमा अत्याधुनिक छाला, यौन तथा सौन्दर्य सम्बन्धी स्वास्थ्य सेवा दिने गरी ‘ऐनाः द स्किन हेयर एण्ड लेजर क्लिनिक’ संचालनमा आएको छ। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सो क्लिनिकको उद्घाटन गरेका हुन् । क्लिनिकमा छाला रोग, यौन रोगको उपचार तथा सौन्दर्य बढाउन गरिने हाइड्राफेसिअल, पील जस्ता सेवाहरु उपलब्ध रहने छाला, यौन तथा… Continue reading विराटनगरमा खुल्यो अत्याधुनिक छाला, यौन तथा सौन्दर्य क्लिनिक

विराटनगरका विद्यालयले शुल्क बढाउन नपाउने, महानगरले तोक्यो शुल्क

३ बैशाख, विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिकसत्र २०८१ का लागि संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले अघिल्लै शैक्षिकसत्रको शुल्कलाई निरन्तरता दिने निर्णय गरेको हो । शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले शैक्षिकसत्र २०८१ का लागि शुल्क नबढाउने निर्णय गरेको होे । महानगरले विद्यालयको विभिन्न… Continue reading विराटनगरका विद्यालयले शुल्क बढाउन नपाउने, महानगरले तोक्यो शुल्क

विराटनगरको मुटुमा भेटियो ४ कठ्ठा ऐलानी जग्गा !

११ चैत , विराटनगर । विराटनगर महानगरपालिकाको मुटुमा रहेको महेन्द्रचोक पश्चिम चार कठ्ठा ऐलानी जग्गा महानगरले फेला पारेको छ । वर्षाैदेखि उपयोगविहीन अवस्थामा रहेको सो जग्गा महानगर भित्रको ऐलानी जग्गा खोजी अभियानका क्रममा फेला परेको हो।महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शनिबार बिहान विराटनगर–११ केशलिया रोड दक्षिण तथा महेन्द्रचोक पश्चिममा रहेको ऐलानी जग्गा नापजाँच गरिएको छ… Continue reading विराटनगरको मुटुमा भेटियो ४ कठ्ठा ऐलानी जग्गा !

महानगरको पहिलो रोजगार मेला, डेढ सयलाई जागिर पक्का

१ चैत, विराटनगर । विराटनगर महानगरपालिकाले पहिलोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ । महानगरपालिकाले यही चैत २ र ३ गते विराटनगरस्थित वीरेन्द्र सभागृह छेउमा रहेको इको फ्रेन्डली पार्कमा ‘महानगर रोजगार मेला–२०८०’ आयोजना गर्दैछ । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्ने महानगरको विश्वास रहेको छ । दैनिक जसो विदेश पलायन हुने युवा… Continue reading महानगरको पहिलो रोजगार मेला, डेढ सयलाई जागिर पक्का

विराटनगरमा अब राति १२ बजेसम्म होटल व्यवसाय खुल्ने

१६ फागुन, विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि महानगरले समन्वय गरेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय… Continue reading विराटनगरमा अब राति १२ बजेसम्म होटल व्यवसाय खुल्ने

विराटनगरमा नयाँ वर्षदेखि नो हर्न,गुट्खा र चुरोट निषेध

२८ चैत, विराटनगर । कोशी प्रदेशको राजधानी तथा एक्लो महानगर विराटनगरमा नयाँ वर्ष वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न नपाइने भएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले यी अस्वस्थकर बस्तुहरुको सेवनमा निषेध गर्ने निर्णय गरेको हो । गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार… Continue reading विराटनगरमा नयाँ वर्षदेखि नो हर्न,गुट्खा र चुरोट निषेध

ट्राफिकको मोटरसाइकल हटाउन पुगे विराटनगरका मेयर

१३ चैत, विराटनगर । विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरु हटाएको हो । विराटनगरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै महानगरमा अत्यधिक गुनासो आएपछि मेयर… Continue reading ट्राफिकको मोटरसाइकल हटाउन पुगे विराटनगरका मेयर

विराटनगरका मेयरले खोले पूर्व मेयरको बेथिती

१० भदौ , विराटनगर । विराटनगर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको ९० दिन पुगेपछि वितेको ५ वर्षको महानगर नेतृत्को कामको समीक्षा गर्दै श्वेतपत्र जारी गरेको छ। नेपाली कांग्रेसबाट निर्वाचित महानगर प्रमुख नागेश कोइरालाले बितेका पाँच वर्ष आफ्नै पार्टीका मेयर भीम पराजुली नेतृत्वको महानगरले विकासका लागि कुनै पनि महत्त्वपूर्ण कार्य गर्न नसकेको औँल्याएका छन्।… Continue reading विराटनगरका मेयरले खोले पूर्व मेयरको बेथिती

विराटनगर महानगरपालिकाको दशौं नगरसभाको दोस्रो बैठक मार्फत बजेट पारित

२६ असार, विराटनगर । विराटनगर महानगरपालिकाको दशौं नगरसभाको दोस्रो बैठकले आर्थिक वर्ष २०७९र८० को बजेट पारित गरेको छ ।आर्थिक वर्ष २०७९र८० का लागि विराटनगरले तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको थियो । यो बजेट चालु आर्थिक वर्ष २०७८र७९ को बजेट चार अर्ब ६० करोड ८१ लाख भन्दा १५ प्रतिशतले कम… Continue reading विराटनगर महानगरपालिकाको दशौं नगरसभाको दोस्रो बैठक मार्फत बजेट पारित

अख्तियार द्धारा विराटनगर महानगरपालिकाकी निवर्तमान उपमेयरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२४ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाकी निवर्तमान उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।अख्तियारले उनीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जना उपर विशेष अदालतमा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर गरेको हो ।… Continue reading अख्तियार द्धारा विराटनगर महानगरपालिकाकी निवर्तमान उपमेयरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब ६२ करोडको बजेट

१० असार, विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । १० औं नगरसभामा उपमेयर शिल्पा कार्कीले प्रस्तुत गरेको बजेट मध्ये चालूतर्फ ५५ करोड ३५ लाख ५० हजार रुपैयाँ र पूर्वाधार विकासतर्फ १ अर्ब ८९ करोड, ७१ लाख १७ हजार रुपैयाँ विनियोजन… Continue reading विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब ६२ करोडको बजेट

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.