विराटनगर बस टर्मिनल आजदेखी सञ्चालनमा

विराटनगर, माघ १६ नव निर्मित अत्याधुनिक सुविधा सम्पन्न विराटनगर बस टर्मिनल आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । विराटनगर– ११ मा स्थित पुरानो बसपार्कलाई भत्काएर निर्माण गरिएको सो बस टर्मिनलको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आज एक समारोहका बिच उद्घाटन गरे । सो अबसरमा बोल्दै मुख्यमन्त्री राईले संकल्प गर्ने हो भने विकास निर्माणका… Continue reading विराटनगर बस टर्मिनल आजदेखी सञ्चालनमा

महानगरको सडकमा सेन्सर जडित सडकबत्तीः अँध्यारो भए आफैं बल्ने र उज्यालोमा निभ्ने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सेन्सर जडित स्वचालित सडकबत्ती जडान सुरु गरेको छ । मेयर उज्यालो कार्यक्रअन्तर्गत हालसम्म ३२ वडाका मुख्य सडकमा ३ हजार ८ सय बत्ती जडान भएका छन् । अँध्यारो हुन थालेपछि आफैं बल्ने र उज्यालो हुनासाथ निभ्ने गरी सेन्सर जडित बत्ती जडान गरेको कामपाले जनाएको छ । ती बत्तीको होल्डरमा सेन्सर जडान गरिएको… Continue reading महानगरको सडकमा सेन्सर जडित सडकबत्तीः अँध्यारो भए आफैं बल्ने र उज्यालोमा निभ्ने

सरकारले आफू अनुकूल सहिदको संख्या थप्दा करिब १२ हजार पुगे सहिद

काठमाडौं : सरकारले प्रत्येक वर्ष आफूअनुकूल सहिदको संख्या थप्दै गएपछि करिब तीन करोड जनसंख्या भएको मुलुकमा सहिदको संख्या झण्डै १२ हजार पुगेको छ । सहिदको सूची लम्बिएदै जाँदा सहिदकै अवमूल्यन हुन थालेको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ । राणा शासनमा प्रजातन्त्रका पक्षमा आवाज उठाएको अभियोगमा मृत्युदण्ड दिइएका धर्मभक्त मागेमा, शुक्रराज शास्त्री, गंगालाल… Continue reading सरकारले आफू अनुकूल सहिदको संख्या थप्दा करिब १२ हजार पुगे सहिद

पाइपलाइबाट इन्धन ल्याउन अब तीन महिनामा मात्रै लाग्ने

काठमाडौं :पाइपलाइबाट इन्धन आयात गर्न अझै थप तीन महिना लाग्नेभएको छ। नेपाल आयल निगमले आगामी मार्चभित्र पाइपबाट तेल ल्याउने बताए पनि पाइप विच्छ्याउने रुटमा पर्ने रुख व्यावस्थापन गर्न समय लाग्ने भएकाले अझैँ तीन महिना लाग्ने भएको हो । निगमले २६ किलोमिटर दूरीमा पाइप विच्छ्याइसकेको छ। पथलैयादेखि अमलेखगञ्ज ९ किलोमिटरको दूरीमा रहेका रुख व्यवस्थापन गर्न समय लाग्ने… Continue reading पाइपलाइबाट इन्धन ल्याउन अब तीन महिनामा मात्रै लाग्ने

पहिलोपटक निगमका १० जहाज एकैपटक ग्राउन्डेड

काठमाडौँ :  नेपाल वायुसेवा निगमका १४ विमानमध्ये मंगलबार एकै दिन १० वटा ग्राउन्डेड हुन पुगे । निगमसँग आन्तरिक उडानका लागि साना÷मझौला ९ वटा र अन्तर्राष्ट्रिय उडानका लागि ५ जेट विमान छन् । स्रोतका अनुसार निगममा यत्तिको संख्यामा विमान ‘ग्राउन्डेड’ भएको सम्भवतः पहिलो पटक हो । ‘यत्रो संख्यामा विमान ग्राउन्डेड भएको यसअघि कहिल्यै सुनिएको थिएन’, निमगका… Continue reading पहिलोपटक निगमका १० जहाज एकैपटक ग्राउन्डेड

३३ किलो सुन तस्करीमा सघाउने कर्मचारीसँग १४ करोड अकुत सम्पत्ति

काठमाडाैं : ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालयका रेडियो अपरेटरले १४ करोड भन्दा धेरै अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । हाल निलम्बनमा परेका रेडियो अपरेटर श्यामकृष्ण च्यामु श्रेष्ठविरुद्ध मंगलबार बिशेष अदालतमा मुद्दा दायर भएको हो ।,यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको… Continue reading ३३ किलो सुन तस्करीमा सघाउने कर्मचारीसँग १४ करोड अकुत सम्पत्ति

३ करोड जनसंख्यामा १२ हजार सहिद

काठमाडाैं : करिब तीन करोड जनसंख्या भएको मुलुकमा सहिदको संख्या झन्डै १२ हजार पुगेको छ । सरकारले प्रत्येक वर्ष आफूअनुकूल संख्या थप्दै जाँदा सहिदको सूची लम्बिएको हो । यसले गर्दा सहिदकै अवमूल्यन हुन थालेको छ । राणा शासनमा प्रजातन्त्रका पक्षमा आवाज उठाएको अभियोगमा मृत्युदण्ड दिइएका धर्मभक्त मागेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, र दशरथ चन्दलाई २००७… Continue reading ३ करोड जनसंख्यामा १२ हजार सहिद

काठमाडौं–तराई फास्ट ट्र्याक चार किलोमिटर छोट्याइने

काठमाडाैं : बहुप्रतीक्षित काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को दूरी चार किलोमिटर घट्ने भएको छ । फास्ट ट्र्याक निर्माणको जिम्मा लिएको सेनाले फास्ट ट्र्याकको लम्बाइ ७२.४ किलोमिटर कायम गर्ने जनाएको हो ।,यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । ‘हाल ७६.४ किलोमिटर रहेको फास्ट ट्र्याकको दूरी चार किलोमिटर घटाइनेछ,’ सेनाका प्राविधिक उपरथी तथा काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजना प्रमुख… Continue reading काठमाडौं–तराई फास्ट ट्र्याक चार किलोमिटर छोट्याइने

पूर्वका ट्रिपर ब्यवसायी आन्दोलित, विराट चौकदेखि विराटनगरसम्म ट्रिपर ¥याली गर्ने

विराटनगर, माघ १५ मोरङको सुन्दरहरैचामा सोमबार विहान ट्रिपरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यूपछि आधा दर्जन ट्रिपरमा आगजनी भएपछि पूर्वाञ्चल टिपर ब्यवसायी संघ आन्दोलित भएको छ । संघ प्रशासनविरुद्ध चरणवद्ध आन्दोलन उत्रिएको हो । मंगलबार मोरङको केराबारी गाउँपालिकामा बसेको संघको बैठकले विभिन्न बुदाँमा छलफल गर्दै प्रशासनविरुद्ध आन्दोलनमा अघि बढ्ने निर्णय गरेको संघका अध्यक्ष गोपाल कार्कीले बताए… Continue reading पूर्वका ट्रिपर ब्यवसायी आन्दोलित, विराट चौकदेखि विराटनगरसम्म ट्रिपर ¥याली गर्ने

नेपालमा भ्रष्टाचार घटेन

काठमाडौँ, माघ १५ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने’ भनेर सार्वजनिक रुपमा पटक पटक बताउने गरेपनि देशमा भ्रष्टाचार नघटेको तथ्यांकले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले जारी गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई), २०१८ मा नेपाल १८० देशमध्ये १२४ औं स्थानमा रहेको छ । यसले नेपालका शक्तिशाली प्रधानमन्त्रीले भ्रष्टाचार… Continue reading नेपालमा भ्रष्टाचार घटेन

कुलमानको एक्सनः प्राधिकरणका ४५ आयोजनाको म्याद थप भएन

काठमाडौँ ,माघ १५ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण मातहतका ४५ आयोजनाको म्याद थप नभएको जनाएको छ । आयोगले हालै सार्वजनिक गरेको ‘सरकारद्वारा सञ्चालन भएका आयोजना निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था अध्ययन तथा विश्लेषण’ विषयक प्रतिवेदनमा आर्थिक वर्ष २०६७/६८ देखि चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको विवरण समेटेको छ । आयोगले जलविद्युत् आयोजना, प्रसारण लाइन… Continue reading कुलमानको एक्सनः प्राधिकरणका ४५ आयोजनाको म्याद थप भएन

विराटनगरका अभिनास थापा देशकै चिन्नैपर्ने अग्रणी युवाको सुचीमा

विराटनगर, माघ १५ विराटनगरका युवा अभियान्ता अभिनास थापा नेपालका चिन्नैपर्ने अग्रणी युवाको सुचीमा परेका छन् । विराटनगरका जेसीज, हामी युवा तथा विराटनगरी लगायत विभिन्न संघसंस्थामा रही सक्रिय युवा अभियानमा लागेका थापा लिड ईन्टरनेशनल नेपालको ‘इन द मेकिङ – नेपालका चिन्नैपर्ने अग्रणी युवा’ मा पर्न सफल भएका हुन् । वर्ष २०१८ मा नेपाल जेसीजको राष्ट्रिय जुनियर… Continue reading विराटनगरका अभिनास थापा देशकै चिन्नैपर्ने अग्रणी युवाको सुचीमा

स्वदेशी उद्याेगले कामदारै नपाउने समस्या, १ लाख ५० हजार जनशक्ति व्यवस्थापन गर्न अनुरोध

काठमाडौं : स्वदेशमा काम नपाएको भन्दै रोजगारीका लागि विदेश जाने नेपालीको संख्या बढिरहे पनि मुलुकभित्रै विभिन्न उद्योगमा भने कामदारको चरम अभाव देखिएको छ। खासगरी इँटा, हस्तकला तथा जलविद्युत् कम्पनीले एक लाख ५० हजारभन्दा बढी जनशक्ति व्यवस्थापन गर्न सरकारसँग अनुरोध गरेका छन्। मागअनुसार श्रमिक नपाएपछि इँटा उद्योग, हस्तकला र जलविद्युत् कम्पनीले जनशक्ति व्यवस्थापन गरिदिन सरकारसँग अनुरोध… Continue reading स्वदेशी उद्याेगले कामदारै नपाउने समस्या, १ लाख ५० हजार जनशक्ति व्यवस्थापन गर्न अनुरोध

गैरआवासीय नागरिकता लिन व्यक्ति स्वयं उपस्थित हुनुपर्ने

काठमाडाैँ : गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्न गृह वा मातहतका निकायमार्फत् मात्र आवेदन दिन पाउने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले व्यक्ति स्वयम् उपस्थित भई गृह वा मातहतका निकायबाट आवेदन दिनुपर्ने व्यवस्थामा सहमति गरेको हो । सरकारले पेस गरेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको मूल विधेयकमा गृह मन्त्रालयमा आवेदन दिनसक्ने… Continue reading गैरआवासीय नागरिकता लिन व्यक्ति स्वयं उपस्थित हुनुपर्ने

पाटनमा पारस पुग्दा… त्यसपछि हृदयघात

काठमाडौँ : पूर्वयुवराज पारस शाहको करिब एक घण्टाको पाटन बसाइ सोमबार धेरैको लागि चासोको विषय बन्यो । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित महादेव मन्दिर र हिरण्यवर्ण महाविहारको पूजा गर्न उहाँ पाटन जानुभएको थियो । अपराह्न १२ बजे मंगलबजारस्थित दरबार क्षेत्रमा आइपुग्दा शाहलाई स्वागत गर्नेको भीड बाक्लिएको थियो । शाहको प्रतिक्षामा बिहान १०ः१५… Continue reading पाटनमा पारस पुग्दा… त्यसपछि हृदयघात

गाडी खरिद प्रकरणमा अख्तियारले नै छानबिन सुरु गर्ने

रुपन्देही : प्रदेश नम्बर ५ प्रदेशसभाले खरिद गरेको गाडीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेको छ । सार्वजनिक लेखा समितिको उपसमितिमार्फत छानबिन गरिरहेको बेला अख्तियारले छानबिन खरिद भएको अनियमितताबारे छानबिन थालेको हो । प्रदेशसभाले खरिद गरेको टाटा स्ट्रोमा ११ र अन्य कम्पनीका १३ वटा गाडी खरिद भएको भनिएको अनियमितताबारे अख्यितारले छानबिन थालेको छ… Continue reading गाडी खरिद प्रकरणमा अख्तियारले नै छानबिन सुरु गर्ने

उच्च अधिकारीहरूको सिंहदरबारभित्र सफाइ अभियानमा तीव्रता

;fdu|L x6fpFb} g]kfnL ;]gf l;+xb/af/ kl/;/df /x]sf k'/fgf kmnfdnufot ljleGg cgfjZos ;fdu|L zlgaf/ x6fpFb} g]kfnL ;]gf . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौँ : सरकारले सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोगको कार्यालय, सडक र झाडी सफाइ अभियानलाई तीव्रता दिएको छ । प्रधानमन्त्री केपी ओलीको निर्देशनअनुसार मुख्यसचिव लोकदर्शन रेग्मीसहितको उच्च अधिकारीहरूको बैठकले सिंहदरबारभित्र सफाइ अभियान चलाएको हो । मुख्यसचिवसहित उच्च अधिकारीहरूको बैठकले १६ माघभित्र रङरोगनसहित सबै मन्त्रालयमा सफाइ अभियान सम्पन्न गरिसक्न तथा परिसरभित्र रहेका सबै पुराना सवारीसाधनको व्यवस्थापन गर्न निर्देशन… Continue reading उच्च अधिकारीहरूको सिंहदरबारभित्र सफाइ अभियानमा तीव्रता

सुन्दरी ‘भैँसी’ धनीलाई भैँसी उपहार

इनरुवा : सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताको विजेता भैँसीलाई भैँसी उपहार प्रदान गरिएको छ । कोशी कटानमा सम्पन्न प्रतियोगितामा प्रतिस्पर्धा गराईएका ९० वटा भैँसी मध्ये छनौटका आधारमा उत्कृष्ट ठहरिएको सुन्दरी भैँसीका धनी विन्देश्वर इशरालाई प्रथम पुरस्कारबापत लैनो भैँसी प्रदान गरिएको हो । सो भैँसी १ लाख ५० हजारमा खरिद गरिएको थियो । प्रदेश… Continue reading सुन्दरी ‘भैँसी’ धनीलाई भैँसी उपहार

जन्मदिन मनाउने पैसाबाट शैक्षिक सामाग्री वितरण

विराटनगर, माघ १५ पहिलो पाईला नेपाल विराटनगर शाखाले मोरङको पथरीशनिश्चरे –६ केचना स्थित श्री दुर्गा आधारभुत बिद्यालयमा अध्ययनरत १६० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । जर्मनीमा रहेकी अर्चना देवानले आफ्नी एक वर्षीया छोरी अरगिसा राईको जन्मदिनको अवसर पारेर प्रदान गरेको सहयोग पहिलो पाईला नेपाल विराटनगर शाखाको पहलमा स्थानीय जनप्रतिनिधि, बिद्यालय… Continue reading जन्मदिन मनाउने पैसाबाट शैक्षिक सामाग्री वितरण

यातायात व्यवस्था ऐन परिमार्जन हुँदै, ३ सय इलेक्ट्रिक बस किन्न प्रक्रिया अघि बढ्यो

काठमाडौं,माघ १५ यातायात व्यवस्था विभागले यातायात व्यवस्था सम्बन्धी ऐन परिमार्जन गर्ने भएको छ । प्रदेश कार्यालयलाई अधिकार दिदै विभागले ऐन परिमार्जन गर्ने तयारी गरेको हो । हाल विभागमा १३ वटा ऐन नियम र निर्देशिका लागू भैरहेको छ । जसअनुसार यातायात व्यवस्थापन लागि कार्यविधि निर्देशिका २०६० संशोधित २०७४ लागू रहेको छ । ऐन, नियम र निर्देशिका… Continue reading यातायात व्यवस्था ऐन परिमार्जन हुँदै, ३ सय इलेक्ट्रिक बस किन्न प्रक्रिया अघि बढ्यो

आज तापक्रम कम हुँदा बढी चिसो महसुस, यो साता वर्षा र हिमपातको सम्भावना

काठमाडौँ ,माघ १४ आइतबारको तुलनामा न्यूनतम् तापक्रम कम हुँदा आज बढी चिसो महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम् तापक्रम आइतबार ८ डिग्री सेल्सियस रहेकोमा सोमबार भने ३.५ डिग्री सेल्सियसमा झरेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । उनका अनुसार मङ्गलबारसम्म मौसममा केही सुधार देखिएपनि बुधबारदेखि यो साताभरि मौसममा आंशिक बदली भइरहने र… Continue reading आज तापक्रम कम हुँदा बढी चिसो महसुस, यो साता वर्षा र हिमपातको सम्भावना

जुत्ता किन्दै हुनुहुन्छ ? ६० प्रतिशतसम्म छुट लिन विराट जुत्ता मेला जाऔं

विराटनगर, माघ १४ ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो मुल अभियान’ भन्ने मुल नाराका साथ विराटनगरमा गत बुधबारदेखि सुरु भएको विराट जुत्ता चप्पल मेला–२०७५ मा ग्राहकको उल्लेख्य भिड लागेको छ । विराटनगर–७ मेनरोडस्थित बैंक अफ काठमाडौंको अगाडिको खाली स्थानमा जारी १ महिने मेलामा जुत्ता चप्पल किन्ने ग्राहकको ओइरो लागेको हो । मेलामा आउने ग्राहकहरु दिन प्रतिदिन बढ्दै… Continue reading जुत्ता किन्दै हुनुहुन्छ ? ६० प्रतिशतसम्म छुट लिन विराट जुत्ता मेला जाऔं

मृत्युको मुखमा पुगेका बिरामीलाई नोबेलको साथ

विराटनगर, माघ १४ गाला भित्र निस्किएको ट्यूमर बढ्दै गएर घाउमा किरा पर्दासमेत उपचार गर्न नसकी पीडाले तड्पिन बाध्य भएका मोरङको पथरीशनिश्चरेका चन्द्रबहादुर राईलार्ई नोबेल अस्पतालले उद्धार गरी निशुल्क उपचारको ब्यवस्था मिलाएको छ । पैसा नभएकै कारण उपचार गर्न नसक्दा थलिएर मृत्युको मुखमा पुगेका ४४ बर्षीय राईको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले अस्पताल ल्याई निशुल्क उपचारको… Continue reading मृत्युको मुखमा पुगेका बिरामीलाई नोबेलको साथ

लियो क्लब अफ विराटनगर युनिकद्वारा कराँते खेलाडीहरु सम्मानित

विराटनगर, माघ १४ छिमेकी राष्ट भारतमा भर्खरै सम्पन्न साउथ एशियन कराँते च्याम्पियनशीपमा पदक हात पार्न सफल खेलाडीहरुलाई आइतबार विराटनगरमा सम्मान गरिएको छ । च्याम्पियनशीपमा २ वटा स्वर्ण, ६ वटा रजत र १ कास्य पदक जित्न सफल विराटनगरको पोखरिया डोजोका खेलाडीहरुलाई लियो क्लब अफ विराटनगर युनिकले सम्मान गरेको हो । लियोका पदाधिकारहिरुले खेलाडीहरुलाई सम्मान गर्दे आगामी… Continue reading लियो क्लब अफ विराटनगर युनिकद्वारा कराँते खेलाडीहरु सम्मानित

मोरङको सुन्दर हरैचामा अनिश्चितकालीन निषेधाज्ञा जारी

विराटनगर,माघ १४ मोरङको सुन्दर हरैंचामा नगरपालिका स्थित विराटचौकमा ट्रिपरको ठक्करबाट मृत्यू भएपछि आक्रोशित बनेका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिन नसक्दा प्रशासनले अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । तर निषेधाज्ञा लगाईएपनि त्यसको अवज्ञा गर्दै स्थानीयले सडकमै प्रदर्शन गरिरहेका छन् । आज विहान बिराटचौकबाट बिराटनगर तर्फ जाँदै गरेको ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट सुन्दरहरैचा ९ विराटचौंक… Continue reading मोरङको सुन्दर हरैचामा अनिश्चितकालीन निषेधाज्ञा जारी

बालिकाको मृत्यु पछि विराटचौक तनावग्रस्त, एक दर्जन ट्रिपरमा आगजनी

विराटनगर, माघ १४ मोरङको सुन्दर हरैचामा नगरपालिका स्थित विराटचौकमा स्थानीय एक बालिकाको ट्रिपरको ठक्करबाट मृत्यू भएपछि आक्रोशित बनेका स्थानीयले एक दर्जन ट्रिपरमा आगजनी गरेका छन । आज विहान बिराटचौकबाट बिराटनगर तर्फ जाँदै गरेको ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट सुन्दरहरैचा ९ विराटचौंक शान्तिटोलकी लक्ष्मी ढकालको मृत्यू भएपछि स्थानीय आक्रोशित बनेका हुन । आक्रोशित स्थानीयले… Continue reading बालिकाको मृत्यु पछि विराटचौक तनावग्रस्त, एक दर्जन ट्रिपरमा आगजनी

सयौँ गाई मृत फेला

घोडाघोडी ,माघ १४ कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन् । नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ बनाइराखिएको पशुचौपायालाई खानाका लागि आहार र पिउनका लागि पानी र बसोबासको उचित व्यवस्था नहुँदा मर्दै गएको हेरालु लालसिङ धाँमीले बताए । उनले भने, “यहाँ गाईबस्तुलाई पिउने… Continue reading सयौँ गाई मृत फेला

दैलोमा प्यान राखेर खुल्ला दिशामुक्त क्षेत्र घोषण

सिरहा : गत वर्ष चैतमा सिराहमा भव्य कार्यक्रम आयोजना गरियो । प्रमुख अथिति मुख्यमन्त्री लालबाबु राउतले हरियो झन्डा देखाएर तथा सरसफाइ स्तम्भ अनावरण गरेर जिल्लामा शतप्रतिशत चर्पी बनेको घोषण गरे । स्तम्भमा लेखिएको छ, ‘सिरहा जिल्ला शतप्रतिशत घरधुरी तथा संघसंस्थाहरुमा सुरक्षित शौचालयको पहुँच भई प्रदेश नम्बर २ को पहिलो खुल्ला दिसामुक्त जिल्ला घोषण भएको छ… Continue reading दैलोमा प्यान राखेर खुल्ला दिशामुक्त क्षेत्र घोषण

पासपोर्ट दुरुपयाेग राेक्न कडाइ गर्दै सरकार

काठमाडौं : नागरिकको नैसर्गिक अधिकार मानिने पासपोर्ट (राहदानी) मा समेत सरकारले अब अंकुश लगाउने भएको छ।, याे खबर आजकाे नागरिक दैनिकमा छ। सरकारले पासपोर्ट माग्न जानेलाई जारी नगरिने सूचीमा पारेर कस्न लागेको छ। संघीय प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभा पुगेको राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा पासपोर्ट जारी नगरिने नकारात्मक सूची तयार पारिएको छ।… Continue reading पासपोर्ट दुरुपयाेग राेक्न कडाइ गर्दै सरकार

अब पाँच वर्षभित्रै सबैलाई रोजगारी, काेही पनि बाध्यताले विदेश जानु नपर्ने

काठमाडौं : आगमी पाँच वर्षभित्रमा कुनै पनि नेपालीले वैदेशिक रोजगारीमा जानु नपर्ने भएको छ। रोजगारी अभिवृद्धिका लागि सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आएपछि अबको ५ वर्षभित्रमा कुनै पनि नेपालीले वैदेशिक रोजगारीमा जानुनपर्ने भएको हो।, याे खबर राजधानी दैनिकमा छ। यसका लागि सरकारले मुलुकभरका ७५३ वटै स्थानीय तहमा रोजगार सम्योजक नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ।… Continue reading अब पाँच वर्षभित्रै सबैलाई रोजगारी, काेही पनि बाध्यताले विदेश जानु नपर्ने

खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने नाममा राजाजस्तै रातो कार्पेटमा हिँडे मुख्यमन्त्री

काठमाडौं : झुटो तथ्यांक देखाएर गत वैशाखमा दार्चुला जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरियो। तर, सदरमुकाममै सयभन्दा बढी परिवारको दिसापिसाब महाकाली नदीमा बग्छ। पूर्ण रूपमा चर्पी बनाएर मात्र जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न जिल्लाका मिडियाले आवाज उठाउँदा पनि जिल्ला समन्वय समितिले घोषणासभा आयोजना गरेको थियो। बजेट मात्रै फर्स्योट गर्ने उद्देश्यले आयोजित घोषणासभामा सुदूरपश्चिमका मुख्यमन्त्री… Continue reading खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने नाममा राजाजस्तै रातो कार्पेटमा हिँडे मुख्यमन्त्री

माउन्टेन फ्लाइट बन्द

विराटनगर : प्रदेश नम्बर १ को राजधानी विराटनगरबाट सुरु भएको माउन्टेन फ्लाइट बन्द भएको छ । प्रत्येक साताको शनिबार हुँदै आएको माउन्टेन फ्लाइट मौसमको कारण देखाउँदै १५ दिनअघि बन्द गरिएको हो । विराटनगरका पर्यटन तथा होटल ब्यबसायीहरुले ‘विराट होलिडेज् ’ नामबाट साताको प्रत्येक शनिबार प्रर्यटन प्रवद्धनका लागि भन्दै माउण्टेन फ्लाईट गर्दै आएको थियो । मंसिरको… Continue reading माउन्टेन फ्लाइट बन्द

१३ सय बेरोजगारलाई टर्की पठाएर ३० करोड ठगी

काठमाडौँ : फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपाली कामदार फिर्ता गरेको छ । टर्कीका इगा प्रोजेक्टले फ्री भिसा र टिकटको सुविधा दिएर नेपालका ६ वटा म्यानपावर कम्पनीलाई एक हजार तीन सय कामदार पठाउने कोटा… Continue reading १३ सय बेरोजगारलाई टर्की पठाएर ३० करोड ठगी

बलात्कारपछि हत्याः ११ वर्षीया बालिकाको शव खोलामा भेटियो

विराटनगर : विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर हत्या गरिएको अवस्थामा शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला परेको हो । शव भेटिएको स्थाववरिपरिको बस्ती पातलो छ । खोलामा माछा मार्दै गएकाहरुले बगिरहेको पानीमा निर्वस्त्र अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका… Continue reading बलात्कारपछि हत्याः ११ वर्षीया बालिकाको शव खोलामा भेटियो

जनताको नैसर्गिक अधिकार पासपोर्टमा समेत सरकारले अंकुश लगाउँदै

काठमाडौँ : नागरिकको नैसर्गिक अधिकार मानिने पासपोर्ट (राहदानी) मा समेत सरकारले अब अंकुश लगाउने भएको छ । सरकारले पासपोर्ट माग्न जानेलाई ‘जारी नगरिने’ सूचीमा पारेर कस्न लागेको हो । संघीय प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको ‘राहदानीसम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक’ मा पासपोर्ट जारी नगरिने नकारात्मक सूची तयार पारिएको छ । विधेयकको दफा… Continue reading जनताको नैसर्गिक अधिकार पासपोर्टमा समेत सरकारले अंकुश लगाउँदै

निर्मला हत्या प्रकरण : राष्ट्रिय मानवअधिकार आयोगले निकाल्यो यस्तो निश्कर्ष

काठमाडौँ, माघ १४ राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञसहितको टोलीले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सम्बन्धमा अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारलाई पेश गरेको छ । आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलका अनुसार अनुसन्धान टोलीबाट प्राप्त प्रतिवेदन उपर आयोग बैठकबाट छलफल गरी यही माघ ९ गतेको निर्णयअनुसार आयोगले चारबुँदे सिफारिश एवम् २४ बुँदे निर्देशनसहित आईतबार सरकारसमक्ष पेश… Continue reading निर्मला हत्या प्रकरण : राष्ट्रिय मानवअधिकार आयोगले निकाल्यो यस्तो निश्कर्ष

ड्रिम प्रोजेक्ट-भारतको १४०० किमी नदिमा यसरी कुद्नेछ नेपाली पानी जहाज

काठमाडौं ,माघ १३ आफ्नै पानी जहाज सञ्चालनका लागि सरकार तयारी तिब्र पारेको छ । भारतको जलमार्ग प्रयोग गरी जहाज सञ्चालनको काम भैरहेको छ । तर जहाज सञ्चालनको आवश्यक जनशक्ति सरकारसँग छैन । यसको लागि छुट्टै प्रशासनिक संयन्त्र निर्माण गर्न मन्त्रिपरिषदको निर्णयबाट १६ जना प्राविधक राख्ने तयारी छ । उर्जा तथा जलश्रोत मन्त्रालयले पानी जहाज सञ्चालनका… Continue reading ड्रिम प्रोजेक्ट-भारतको १४०० किमी नदिमा यसरी कुद्नेछ नेपाली पानी जहाज

सिघिंया खोलामा बालिकाको शंकास्पद अवस्थामा शव भेटियो

विराटनगर, माघ १३ विराटनगर महानगरपालिका ८ स्थित सिघिंयाखोलामा एक बालिकाको शंकास्पद अवस्थामा शव भेटिएको छ । आइतबार स्थानीय ११ वर्षकी रुपमती दासको शव नग्न अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । खोला नजिकै रहेको बस्तीकी ती बालिका शनिबार रातिदेखि घरबाट हराएकी थिइन् । शनिबार साँझ अभिभावक टीभी हेर्न छिमेकमा गएका बेला रुपमती घरमै… Continue reading सिघिंया खोलामा बालिकाको शंकास्पद अवस्थामा शव भेटियो

दुर्घटनामा गम्भीर घाइते प्रजिअलाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै

काठमाडौँ ,माघ १३ शनिबार सडक दुर्घटनामा गम्भीर घाइते  भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौँ ल्याइने भएको छ । प्रमुख जिल्ला अधिकारी भट्टराई चढेको ना १ झ १६३३ नम्बरको स्कार्पियो सर्लाहीबाट कलैयातर्फ आउने क्रममा शनिबार राति ८ बजेर १५ मिनेटमा पूर्वपश्चिम राजमार्गको पसाह खोला पुल नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा… Continue reading दुर्घटनामा गम्भीर घाइते प्रजिअलाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै

विराटनगरमा प्रदेशस्तरीय निः शुल्क बृहत योग शिविर सुरु(फोटो फिचरसहित)

विराटनगर, माघ १३ १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा विराटनगरमा सप्ताहव्यापी निः शुल्क बृहत योग शिविर सुरु भएको छ ।‘शान्ति र समृद्धिका लागि योग ’ भन्ने नाराका साथ आज बिहानबाट सुरु भएको योग शिविरको १ नम्बर प्रदेशका प्रदेश प्रमुख गोबिन्द बहादुर तुम्बाहाङले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । विराट नर्सिङ होमको पूर्व पट्टिको… Continue reading विराटनगरमा प्रदेशस्तरीय निः शुल्क बृहत योग शिविर सुरु(फोटो फिचरसहित)

प्रधानमन्त्री नहुँदा चिकित्सा शिक्षा विधेयक पारित गर्न नेकपालाई किन हतारो ?

काठमाडौं : प्रधानमन्त्री विदेश रहेका बेला नेकपाले तीनवटा महत्वपूर्ण विषयमा निर्णय तथा छलफल गर्‍यो। संसद्बाट चिकित्सा शिक्षा विधेयक पारित, भेनेजुयलाको राजनीतिक संकटमा नेकपा अध्यक्ष पुष्पकमल दाहालको कडा वक्तव्य तथा तथा झम्सिखेलमा शीर्ष नेताको गोप्य बैठक तीन गतिविधि नेकपा भित्र देखियो। प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोध, होहल्ला तथा घम्साघम्सीका बीच ‘चिकित्सा शिक्षा विधेयक’ प्रतिनिधिसभाबाट वहुमतले शुक्रबार पारित… Continue reading प्रधानमन्त्री नहुँदा चिकित्सा शिक्षा विधेयक पारित गर्न नेकपालाई किन हतारो ?

कोलकाताबाट आउने समान : अब सस्तो मुल्यमा पाँच दिनमै नेपाल भित्रिन्छ

काठमाडौँ : आउँदो फागुन ३ देखि भारतको कोलकाता तथा हल्दिया पोर्टमा विद्युतीय कार्गो प्रणाली (ईसीटीएस) लागू हुने भएपछि नेपाली व्यवसायीको लागत र समय दुबै बच्ने भएको छ । यो सँगै नेपाली व्यवसायीहरुले तेश्रो मुलुकसँगको व्यापारमा रहेको झन्झटिलो व्यवस्थाबाट मुक्ति पाउने भएका हुन्। कोलकाताबाट सामान छुटाउन यसअघि १ महिनासम्म लाग्ने गरेकोमा अब बढीमा पाँच दिनमात्र लाग्नेछ।… Continue reading कोलकाताबाट आउने समान : अब सस्तो मुल्यमा पाँच दिनमै नेपाल भित्रिन्छ

९ सय भूकम्प पीडितको निवेदन खारेज

काभ्रे : भूकम्प गएको तीन वर्षपछि जग्गाबिहीन सुकुम्बासीलाई जग्गा व्यवस्थापन गर्न ६१ सुकुम्बासीले आवेदन दर्ता गरेका छन् । दर्ता भएकामध्ये १२ जनाले जग्गा खरिदका लागि २ लाख रुपैयाँ प्राप्त गरिसकेका छन् । ८ सय ९३ जनाले अन्यत्र घर भएकाले लाभग्राही नहुने भन्दै सूचीबाट हटाइएको छ । सरकारले भूकम्पबाट पूर्ण रुपमा क्षति भएका घरपरिवारको बासस्थानका लागि… Continue reading ९ सय भूकम्प पीडितको निवेदन खारेज

ढाँट्दाढाँट्दै सरकारले स्वीकार्यो स्वाइनफ्लुका कारण मृत्यु भएको खबर

काठमाडौँ : अहिलेसम्म स्वाइनफ्लुका कारण मृत्यु हुनेको सङ्ख्या लुकाएको सरकारले अन्तत: तथ्यलाई स्वीकारेको छ । कडा खालको रुघाखोकीका कारण ५ जनाको मृत्यु भएको भनेर स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले घुमाउरो पाराले स्वाइनफ्लुका बिरामीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको  छ ।,  नेपाल समाचारपत्रमा खबर छ । नेपालमा सन् २००९ मा यो रोग देखा पर्दा… Continue reading ढाँट्दाढाँट्दै सरकारले स्वीकार्यो स्वाइनफ्लुका कारण मृत्यु भएको खबर

किलोकाे २ रुपैयाँ पनि बिक्री नभएपछि तरकारी खेतीमै डोजर

भरतपुर : आफूले उत्पादन गरेको तरकारीले मूल्य नपाएपछि खैरहनी नगरपालिका–६, तुलसीपुरका पुरन महतोले शुक्रबार बन्दाकोभी र मुला खेतमै डोजर लगाएका छन् । बजारमा प्रतिकेजी ३० रुपैयाँ मूल्यमा बिक्री भइरहेको बन्दाकोभी र १५ रुपैयाँ पर्ने मुला व्यापारीले प्रतिकेजी दुई रुपैयाँमा पनि नलगेपछि नष्ट गर्नुपरेको उनको भनाइ छ । लगानी र मिहिनेत नै नउठ्ने भएपछि १६ कट्ठा क्षेत्रफलमा लगाएको… Continue reading किलोकाे २ रुपैयाँ पनि बिक्री नभएपछि तरकारी खेतीमै डोजर

अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइयो

विराटनगर, माघ १२ ६७ औ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विराटनगर भन्सार कार्यालयले विविध कार्यक्रम गरी मनाएको छ । ‘स्मार्ट बोर्डस फर सिमलेस टे«ड, ट्रावल एण्ड टान्सर्पोट’ को मुख्य नाराको साथ भन्सार कार्यालयले विराटनगरमा विविध कार्यक्रम गरि मनाएको हो । भन्सार दिवसको अवसरमा ब्याटमिन्टन, एक दिवसीय मैत्रीपूर्ण फुटबल, विराटनगर – १८ स्थित सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई… Continue reading अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइयो

भव्य योग शिविर हुँदै

विराटनगर, माघ १२ १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा आइतबार (आज) विराटनगरमा भव्य योग शिविर हुँदैछ । ‘योग गरौ, स्वास्थ्य बनौं’ भन्ने नाराका साथ ५ दिनसम्म चल्ने शिविरमा हजारौं मानिसको सहभागीता हुने अपेक्षा गरिएको छ । विराटनगरको विराट नर्सिङ होमको पूर्व पट्टिको खाली मैदानमा शिविर हुनेछ । शिविरमा ख्यातीप्राप्त योग प्रशिक्षकद्वारा प्रशिक्षण दिइने सामाजिक… Continue reading भव्य योग शिविर हुँदै

कटहरीमा हातेमालोको सरसफाई कार्यक्रम सम्पन्न

विराटनगर , माघ १२ साप्ताहिक रुपमा सरसफाई कार्यक्रम गर्दै आईरहेको सामाजिक संस्था ‘परिवर्तनका लागि हातेमालो’को कटहरी शाखाले शनिबार सरसफाई कार्यक्रमलाई निरन्तरता दिएको छ । बिगत ५० औ हप्ता देखि विराटनगरमा सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएको हातेमालोको कटहरी शाखाले ६ औ हप्ता कटहरी चौकमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा सरसफाई सँगै जेब्रा क्रसिङ र… Continue reading कटहरीमा हातेमालोको सरसफाई कार्यक्रम सम्पन्न

११ हजार भोल्टको करेन्ट लागेर मृत्यू भएका सबैको सनाखत

धनुषा, माघ १२ धनुषाको सबैला नगरपालिकामा जन्ती बसमा ११ हजार भोल्टको करेन्ट लाग्दा मृत्यु भएका ६ जनाको शनाखत भएको छ । सबैला नगरपालिका–४ बाल्टियामा जन्ती बोकेर फर्किँदै गरेको ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्स बसमा हिजोसाँझ करेन्ट लागेको थियो । करेन्ट लागेर मृत्यु हुनेमा सिन्धुली दुधौली नगरपालिका–४ का ९ वर्षीय बालक आक्रोश कुँवर, २०… Continue reading ११ हजार भोल्टको करेन्ट लागेर मृत्यू भएका सबैको सनाखत

डा. केसीको जिवन रक्षाका लागि इटहरीमा सामूहिक अनसन

इटहरी, माघ १२ असनरत डाक्टर गोविन्द केसीको जिवन रक्षाको माग राख्दै सुनसरीको इटहरीमा युवाहरुले सामूहिक अनसन सुरु गरेका छन् । लिवरल सोसाइटीमा आवद्ध युवाहरुले डाक्टर केसीको अनसन जारी रहेको समयमा उनको स्वास्थ्यमा समस्या देखिन थालेको भन्दै जिवन रक्षाको माग राख्दै अनसन थालेका हुन् । सोसाइटका अध्यक्ष सुवेक्षुक देवान राईसहितका युवाहरुले इटहरीको रेयुकाई चौतारीमा २४ घण्टे… Continue reading डा. केसीको जिवन रक्षाका लागि इटहरीमा सामूहिक अनसन

रेडक्रस सोसाइटी मोरङद्वारा १९ हजार पिन्ट रगत संकलन

विराटनगर,माघ १२ मानविय सेवामा कामगर्दै आएको नेपाल रेडक्रस सोसाइटी मोरङले गत आर्थिक वर्षमा १९ हजार १ सय ६१ पिन्ट रगत संकलन गरेको छ । मोरङको ग्रामथान गाउँपालिकामा शनिबार आयोजित सोसाइटीको ४६ औ वार्षिक साधारण सभा र आर्थिक प्रतिवेदन कार्यक्रममा सो जानकारी गराइएको हो । यसरी संकलन गरिएका रगत मध्ये मोवाइल संकलनवाट ११ हजार ७ सय… Continue reading रेडक्रस सोसाइटी मोरङद्वारा १९ हजार पिन्ट रगत संकलन

भोलिदेखि विराटनगरमा प्रदेशस्तरीय योग शिविर

विराटनगर, माघ १२ ‘स्वास्थ्य र समृद्धिका लागि आरोग्यता र आरोग्यताको योगअभ्यास’ भन्ने मुल नाराका साथ भोलिदेखि विराटनगरमा प्रदेशस्तरीय वृहत योग शिविर सुरु हुँदैछ । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पहलमा सामाजिक विकास मन्त्रालयले आयोजना गर्न लागेको सो निशुल्क योग शिविर प्रत्येक दिन बिहान ५:३० देखि ७:०० वजेसम्म र अपरान्ह ०१: १५… Continue reading भोलिदेखि विराटनगरमा प्रदेशस्तरीय योग शिविर

६० घरको एउटै शौचालय, घण्टौँ लाइन बस्छन् स्थानीय

जुम्ला,माघ १२ चन्दननाथ नगरपालिका–५ कामीटोलका ६० घरधुरीले एउटै शौचालय प्रयोग गर्ने गरेका छन् । नगरपालिकाले निर्माण गरेको शौचालयले मात्र उनीहरुलाई पर्याप्त भएको छैन् । उक्त बस्तीमा बस्ने घरबाहेक अन्य शौचालय निर्माण गर्ने जमीन नभएका कारण सामूहिक शौचालय प्रयोग गर्न बाध्य भएका हुन् । स्थानीय ज्ञानबहादुर विकको परिवारलाई हरेक दिन बेलुका सुतिसकेपछि भोलि बिहानको कामभन्दा पहिले… Continue reading ६० घरको एउटै शौचालय, घण्टौँ लाइन बस्छन् स्थानीय

सिमेन्ट उद्योगका म्यानेजर मृत फेला

झापा, माघ १२ मनषा सिमेन्ट उद्योग भद्रपुरमा कार्यरत एक भारतीय नागरिकको हत्या भएको प्रहरीले आंशका गरेको छ । भद्रपुर नगरपालिका ९ मा सञ्चालित मनषा सिमेन्ट उद्योगमा मेनेजर पदमा कार्यरत भारतको पटना, विशाखा निवासी ६२ बर्षीय कमल दुगढ उद्योगकै कोठामा शनिवार विहान मृत अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी… Continue reading सिमेन्ट उद्योगका म्यानेजर मृत फेला

बाँदर समात्न पाँच लाख बजेट विनियोजन

सिन्धुपाल्चाेक : त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्र गर्न बजेट विजियोजन गरेको छ । बाँदरले बालीनाली सखाप पारेको आवाज किसानहरुबाट आएपछि यसको नियन्त्रण गर्न गापाले पाँच लाख विनियोजन गरेको हो । त्रिपुरासुन्दरी गाउँपालिका, ३ का धुस्कुन चित्रेपाटीका कृषक भक्तबहादुर कार्कीले बाँदर नियन्त्रण हुने आशा पलाएको बताए । ‘बाँदरको हुलले आलु, साग, काउली उखेलेर हैरान बनाएपछि हामी दिक्क… Continue reading बाँदर समात्न पाँच लाख बजेट विनियोजन

विदेशबाट मदिरा ल्याउन कडाइ, बढी मोबाइल ल्याए एयरपोर्टमै खोसिने

काठमाडौं : सरकारले झिटीगुन्टालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ। दुई वर्षअघि ल्याइएको झिटीगुन्टासम्बन्धी सूचना कडाइका साथ कार्यान्वयन गरिने भन्सार विभागका महानिर्देशक तोयम रायाले जानकारी दिए।, याे समाचार राजधानी दैनिकमा छ। सूचनामा भएको व्यवस्थाअनुसार अहिले विभागले मदिरा ल्याउन कडाइ गरेको र कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने बताउँदै महानिर्देशक रायाले भने, ‘अब ल्यापटप, मोबाइल… Continue reading विदेशबाट मदिरा ल्याउन कडाइ, बढी मोबाइल ल्याए एयरपोर्टमै खोसिने

बाजुराका गाउँवासीलाई सिटामोलै लिन तीन दिन

बाजुरा :बाजुराको हिमाली गाउँपालिका ३ गुम्बा गाउँवासीलाई आफ्नै वडामा रहेको स्वास्थ्यचौकी जान–आउन र उपचार गर्न तीन दिन लाग्छ। बिरामी भएपछि तीन दिन बोकिएर पुगे पनि औषधि नपाएर फर्किनुपर्ने बाध्यता छ। स्वयंसेविका पासाङ लामाले गुम्बाको पूरै गाउँ आधारभूत स्वास्थ्यसेवाबाट समेत वञ्चित भएको समेत बताइन्।,यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ । गुम्बागाउँमा २५ परिवारका २०० जना बसोबास… Continue reading बाजुराका गाउँवासीलाई सिटामोलै लिन तीन दिन

फेरिँदै बाजुराकाे मान्यता, छाउगोठ भत्काउनमा लागे मष्टो देवताका धामी

बाजुरा : बाजुराको पाण्डसैन अगाउँपानका मष्टो देवताका धामी जय रोकाया छाउगोठ भत्काउन लागेका छन् । छाउ (महिनाबारी)लाई धार्मिक आस्थासँग जोडेर महिनाबारी हुनु दैवी शक्तिको खेल हो, धामीझाँक्री तथा देवताका अनुयायीले छाउ हुँदा महिललाई छुन हुँदैन, छाउ हुँदा महिलालाई घरमा सुताउनु धर्म विरोधी काम हो भन्ने मान्यताका रोकाया आफै छाउगोठ भत्काउनमा लागेका हुन् ।, यो खबर… Continue reading फेरिँदै बाजुराकाे मान्यता, छाउगोठ भत्काउनमा लागे मष्टो देवताका धामी

प्रहरीको बढ्दो इन्काउन्टर : मानवअधिकार आयोगको मौनता

काठमाडाैं : प्रहरीका विवादास्पद इन्काउन्टरलाई राष्ट्रिय मानवअधिकार आयोगले समेत साथ दिँदै गएको छ । प्रहरीको गोलीबाट मृत्यु भएका घटनाको छानबिनमा आयोगले चासो नदिई मौन बसेर ‘सदर’ गर्न थालेको हो । इन्काउन्टर घटनाको छानबिनमा आयोग गम्भीर नहुँदा सामान्य घटनामा पनि अभियुक्तमाथि प्रहरीले गोली चलाउन थालेको छ ।,याे समाचार नयाँ पत्रिका दैनिकमा  छ । इन्काउन्टरका नाममा कतिपय… Continue reading प्रहरीको बढ्दो इन्काउन्टर : मानवअधिकार आयोगको मौनता

भाषा बचाउन ट्युसन

काठमाडौं : जंगलमै रमाउँथ्यो कसकुण्डा जाति । पछिल्लो समय उनीहरु समाजमा घुलमिल भए । बसाइँसरा, अन्तजातिय विवाह हुनथाल्यो । उनीहरुले नेपाली भाषा सिक्न थाले । हुँदाहुँदै कुसुण्डा भाषा बोल्ने मान्छे तीन जनमा सीमित भए ।,यो समाचार आजको अन्नपूर्णमा छ। यसरी लोपको संघारमा पुगेको भाषा एउटा मात्रै छैन । २९ भाषा संकटमा पछन् । तिनलाई जोगाउन… Continue reading भाषा बचाउन ट्युसन

लाईसेन्स लिन जिल्ला प्रहरी कार्यालय गएका खरेलको मृत्यु

विराटनगर : लाईसेन्स र बिलबुक लिन जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका एक सेवाग्राहीको मृत्यु भएको छ ।शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय पुगेका विराटनगर– ४ इक्राहीका अन्दाजी ४५ वर्षीय फणिन्द भनिने धु्रव खरेलको मृत्यु भएको हो । लाईसेन्स लिन प्रहरी कार्यालयभित्र प्रतीक्षालयमा बसिरहेका खरेल एक्कासी बेहोस भएका थिए । लगत्तै प्रहरीले उपचारका लागि कोशी अञ्चल अस्पतालमा… Continue reading लाईसेन्स लिन जिल्ला प्रहरी कार्यालय गएका खरेलको मृत्यु