काठमाडौं : सामाजिक सञ्जालमामार्फत अपरिचितसँग साथी बन्ने, प्रेम सम्बन्ध गाँस्ने र यौनसम्बन्धसम्म पुग्ने त चलेकै थियो । गोप्य सम्बन्धमा रहँदाको तस्बिर र भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक परिस्थिति सिर्जना गरी ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्तिसमेत हुर्कदै गएको देखिएको छ । अश्लिल तस्बिर र भिडियो देखाएर ‘ब्ल्याकमेल’ गर्नेविरुद्ध केही किशोरीहरुलदे ‘साइबर क्राइम’ उजुरी दर्ता गरेका छन्… Continue reading ‘साइबर रेप’ पासोमा युवती
Category: समाज
जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु, ११ भन्दा बढी घाइते
धनुषा, माघ १२ धनुषाको सबैला नगरपालिका–४ स्थित जन्ती आएको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु भएको छ भने ११ जना भन्दा बढी घाईते भएका छन् । सबैलाबाट जन्ती लिएर सिन्धुली फर्कंदै गरेको बसमा एक्कासी करेन्ट लाग्दा बसमा सवार यात्रुको मृत्यु भएको प्रहरी इकाइ जनकपुरका प्रहरी नायव महानिरीक्षक हरिबहादुर पालले बताएका छन् । करिब ८ :१५ को… Continue reading जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु, ११ भन्दा बढी घाइते
काठमाडौबाट अपहरित बालिकाको सकुशल उद्धार, अपहरणकारी फरार
विराटनगर, माघ ११ सरकारी अस्पताल प्रसुति गृहमा कार्यरत चिकित्सक बबिता साहको दुई वर्षीया छोरी सन्ध्या साह अपहरणमा परेको केही घन्टामा नै प्रहरीले सकुशल अपहरण मुक्त गरेको छ । शुक्रबार बिहान काटेश्वरको खरिबोटस्थित घरबाटै सन्ध्यालाई अज्ञात अपहरण्कारीले अपहरण गरी बेपत्ता बनाएको केही घन्टामा नै अपहरण महानगरीय प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ । परिसरका अनुसार आर्थिक… Continue reading काठमाडौबाट अपहरित बालिकाको सकुशल उद्धार, अपहरणकारी फरार
देशभर मौसम बदली हुने, फेरि वर्षा र हिमपातको सम्भावना
काठमाडौँ,माघ ११ मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुनुका साथै अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् विभूति पौखरेले बताइन् । उनका अनुसार पश्चिम र मध्यक्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको… Continue reading देशभर मौसम बदली हुने, फेरि वर्षा र हिमपातको सम्भावना
६३ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा,बाँकी जिल्लामा ८० प्रतिशत काम सम्पन्न
काठमाडौँ,माघ ११ सरकारले शुरु गरेको अभियानअन्तर्गत हालसम्म ६३ जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार हिमाली तथा पहाडी क्षेत्रका अधिकाशं जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, मोरङ, काठमाडौँ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, भोजपुर सोलुखुम्बु र दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न… Continue reading ६३ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा,बाँकी जिल्लामा ८० प्रतिशत काम सम्पन्न
कांग्रेसको अवरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ संसदबाट पारित
काठमाडौं,माघ ११ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरियोस् भन्ने शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुक्रबारको संसद्मा पेस गरेको प्रस्ताव बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाको अर्काे बैठक माघ १७ गते बिहीबार १ बजे बस्ने भएको छ ।
सार्वजनिक यातयातमा यौन हिंसा भोग्नु वा देख्नु भएमा ११४५ मा डायल गर्नुहोस्
काठमाडौं, माघ ११ सार्वजनिक यातयातमा यौन हिसां भएमा र देखेमा अब ११४५ मा तुरुन्त सम्पर्क गर्नुहोला । यौन हिसां हामीहरुले सुन्दै, देख्दै र भोग्दै आईरहेका कुरा हो। हरेक दिन सार्वजनिक यातयातमा यात्रा गर्दा कोही न कोही यौन हिंसाको शिकार बनिरहेका हुन्छन्। यौन हिंसाको शिकार महिला, पुरुष दुवै हुनेगर्छन् तर तुलनात्मक महिलाहरु बढी यसको शिकार हुने… Continue reading सार्वजनिक यातयातमा यौन हिंसा भोग्नु वा देख्नु भएमा ११४५ मा डायल गर्नुहोस्
हुम्लामा सरकारी अुनदानको चामल निजी व्यापारीको भन्दा महँगो
काठमाडौं : सरकारले अनुदानमा दिएको चामल नै महँगोमा बिक्रि भएको छ । खाद्य संस्थानले हुम्ला, डोल्पा र काठमाडौंमा बिक्री गर्ने जापानी अनुदानको चामल निजी व्यापारीको भन्दा महँगो भएको हो ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ । न्युन आय भएका जनतालाई राहतमा सरकारले वितरण गर्नेअनुदानको चामलमा नै संस्थानले तोकेको र निजी व्यापारीको मूल्यामा १६ रुपैयाँको अन्तर… Continue reading हुम्लामा सरकारी अुनदानको चामल निजी व्यापारीको भन्दा महँगो
गुणस्तरहीन सिलिन्डर बजारमाः ग्यासको सिलिन्डर पड्केर दिनहुँ एकको मृत्यु
काठमाडौँ : एलपीजी बोटलिटङ प्लान्टले सर्वसाधारणको ज्यानै जाने गरी खाना पकाउने ग्यासको सिलन्डर उत्पादन गर्दै आएका छन् । ग्यासको सिलिन्डर पड्केर दिनहुँ सर्वसाधारणको ज्यान जाने र घाइते हुने घटना भइरहँदा पनि उद्योगी सचेत हुनुको साटो सिलिन्डर बम उत्पादन गरिरहेका छन् । सिलिन्डरको भल्व बिग्रिएपछि नयाँ प्रयोग गर्नुको साटो त्यसैलाई मर्मत सम्भार गरी आफूखुसी प्रयोग गर्दै… Continue reading गुणस्तरहीन सिलिन्डर बजारमाः ग्यासको सिलिन्डर पड्केर दिनहुँ एकको मृत्यु
चिसाेले माथिल्लो मनाङको बस्ती खाली, सुरक्षा निगरानीमा कडाई
लमजुङ : अत्यधिक चिसोका कारण्मा अधिकांश बस्ती खाली भएको मनाङको सुरक्षा व्यवस्था कडा पारिएको छ । बस्ती खाली हुँदै गर्दा चोरी, शिकार जस्ता आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको हो । मनाङका अधिकांश बस्ती यतिबेला खाली छन् । चिसो बढेपछि अधिकांश स्थानीय जिल्ला छोडेर अन्यत्र गएका हुन् । केही घरमा घर… Continue reading चिसाेले माथिल्लो मनाङको बस्ती खाली, सुरक्षा निगरानीमा कडाई
पूर्व लडाकुको उपचार खर्च सरकारले व्यहोर्ने
काठमाडाैं : जनयुद्धमा घाइते, अपांगता भएका जनमुक्ति सेनाका लडाकुहरूको उपचारमा वीर अस्पतालमा भएको खर्च सरकारको व्यहोर्ने निर्णय गरेको छ ।,आजको नयाँ पत्रिका दैनिकले खबर छापेको समाचारको अनुसार गत ३ माघको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालमा औषधि उपचार गराइरहेका नरवीर दमाई दैलेख, मन दर्जी कालीकोट, वीरबहादुर परियार जुम्लालगायत ४४ जनाको औषधि खर्च राज्यले व्यहोर्ने निर्णय गरेको हो ।
गैरकानुनी रुपमा प्रेस सल्लाहकार र सहयोगी राख्दै जनप्रतिनिधि
काठमाडौं : सुदूरपश्चिम प्रदेशका स्थानीय निकायका जनप्रतिनिधिहरुले आफूखुसी प्रेस सल्लाहकार तथा सहयोगी राखेको पाइएको छ ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ। गैरकानुनी रुपमा प्रेस सल्लाहकार तथा सहयोगी राखेको आरोप लागेपछि उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालयले छानबिन गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुदूरपश्चिम क्षेत्रीय प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले स्थानीय तहमा जनप्रतिनिधिले… Continue reading गैरकानुनी रुपमा प्रेस सल्लाहकार र सहयोगी राख्दै जनप्रतिनिधि
एक वर्षभित्र कोशी र नारायणीमा पाँच सय टनको पानीजहाज
काठमाडौं : सरकारले कोशी र नारायणी नदीमा आगामी एक वर्षभित्र पानीजहाज सञ्चालन प्रक्रिया अगाडि बढाउने भएको छ। सरकारले एक साताअघि नै पानीजहाज सञ्चालनका लागि कार्यालय स्थापना गर्ने निर्णयगरिसकेको छ। सोही कार्यालयमार्फत पानीजहाज दर्तालगायत आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउने बताइएको छ। पानीजहाज कार्यालय स्थापनासँगै जहाज सञ्चालन गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने जल तथा ऊर्जा आयोगले… Continue reading एक वर्षभित्र कोशी र नारायणीमा पाँच सय टनको पानीजहाज
लोपउन्मुख जाति राउटेको जनसंख्या घट्दै
दैलेख : पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएका राउटे राउटे समुदायका नागरिकलाई दैलेखको गुँरास गाउँपालिकाले पहिलो पटक २०७५ असार ३० गते स्थानी परिचयपत्र दियो । त्यतिबेला राउटेको जनसंख्या एक सया ४९ थियो । पुसको अन्त्यतिर उनीहरुको भत्ता वितराण गर्दा निकालिएको तथ्यांकका आधारमा एक सय ४५ जनालाई भत्ता वितरण गरियो । २०४० सालमा पहिलोपटक गरिएको गणनामा… Continue reading लोपउन्मुख जाति राउटेको जनसंख्या घट्दै
विराटनगर लगायत पुर्वका केही ठाउँहरुमा पानी पर्दै,वर्षा अझै केही दिन लम्बिने
विराटनगर, माघ ११ पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ । हिमाली भेगमा बाक्लो हिमपातले गर्दा जनजीवन प्रभावित बनेको छ । आज बिहान पनि विराटनगर लगायत पुर्वका केही ठाउँहरुमा हल्का बर्षा भएको छ । आज दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदलि भई पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा… Continue reading विराटनगर लगायत पुर्वका केही ठाउँहरुमा पानी पर्दै,वर्षा अझै केही दिन लम्बिने
वाइडबडी विमान खरिदमा भएको घोटलाको छानबिन अख्यियारले गर्ने
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि विस्तृत अनुसन्धान गर्ने निर्यण भएको अख्तियार स्रोतले जनाएको छ । ‘यसै साता आयोगको बैठकले वाइडबडी जहाज खरिद प्रकरणलाई विस्तृत अनुसन्धान गर्ने निर्णय गरिसकेको छ, अनुसन्धान अधिकृतहरुसमेत… Continue reading वाइडबडी विमान खरिदमा भएको घोटलाको छानबिन अख्यियारले गर्ने
दशगजा क्षेत्रमा बनाउन थालेका डिललाई नेपाली पक्षबाट रोक्का
कञ्चनपुर ,माघ १० कञ्चनपुरको पुनर्वास नगरपालिका–११ को डोकेबजार नजीक नेपाल भारत सीमा क्षेत्रको दशगजामा भारतले बिना सहमति डोजरको प्रयोग गरी डिल बनाउन थालेपछि त्यसलाई नेपाली पक्षले रोक्न लगाएको छ । स्थानीय बासिन्दाका अनुसार सीमा स्तम्भ नं १७१ र ७७३ नजीकको क्षेत्रमा भारतले डिल र नाली निर्माण गर्न थालेको हो । दुवै देशबीच दशगजा क्षेत्रमा कुनै… Continue reading दशगजा क्षेत्रमा बनाउन थालेका डिललाई नेपाली पक्षबाट रोक्का
विराटनगरमा स्कुल भ्यान दुर्घटना, ६ जना घाईते
विराटनगर, माघ १० विराटनगर रानीस्थित एक स्कुलको भ्यान आज विहान दुर्घटना भएको छ । विराटनगर १५ मा रहेको श्रीराम बोडिङ स्कुलको विद्यार्थी सवार म्याजिक भ्यान बिद्यालय आउने क्रममा दुर्घटनामा परेको हो । को १ च ७०३४ नम्बरको म्याजिक भ्यान सडक निमार्णका क्रममा सडकमा थुपारिएको माटोको ढिस्कोका कारण अनियन्त्रित भएर सडकमै पल्टिएको बिद्यालयका प्रिन्सिपल मनोजकुमार साहले… Continue reading विराटनगरमा स्कुल भ्यान दुर्घटना, ६ जना घाईते
राष्ट्रिय शहीद सप्ताह सुरु, माघ १६ मा प्रदेश ३ सरकारको सार्वजनिक विदा
बिहिबार, १० माघ प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी बिहीबारदेखि देशभर शहीद सप्ताह मनाइँदै छ । काठमाडौं महानगरपालिकाको संयोजनमा माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ । यसैबीच प्रदेश नम्बर ३ को सरकारले माघ १६ गते सहिद दिवसका दिन सार्वजनिक… Continue reading राष्ट्रिय शहीद सप्ताह सुरु, माघ १६ मा प्रदेश ३ सरकारको सार्वजनिक विदा
सरकारले तयार पार्याे द्वन्द्वकालका दोषीलाई सजाय नदिने विधेयक
काठमाडौँ : द्वन्द्वका मानव अधिकार उल्लंघन गर्ने दोषीलाई उन्मूक्ति दिने गरी सरकारले विधेयक ल्याउने तयारी गरेको छ । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगलाई संशोधन गर्न बनेको विधेयक’ मा पीडकलाई जेल जान नपर्ने व्यवस्था गरिएको छ ।विधेयकमा उल्लेख भए अनुसार द्वन्द्वकालमा भएका जुनसुकै घटनाका दोषीलाई नेपालको प्रचलित कानुनअनुसार सजाय नहुने व्यवस्था छ।,यो… Continue reading सरकारले तयार पार्याे द्वन्द्वकालका दोषीलाई सजाय नदिने विधेयक
४८ मिटर गहिराईको हिमतालबाट शव निकालेका शिरबहादुर बने सशस्त्र प्रहरीका ‘वर्षा जवान’
काठमाडौं : सशस्त्र प्रहरी बलले साहसिक उद्धारक सशस्त्र प्रहरी सहायक हवल्दार शिरबहादुर थापालाई ‘वर्ष जवान’ छनोट गरेको छ । समाचारको अनुसार सामुद्रिक सतहबाट चार हजार तीन सय मिटर उचाइमा रहेको सोलुखुम्बु जिल्लाको गोक्यो हिमतालमा १८ साउनमा डुबेका तीन विद्यार्थीमध्ये एक जनाको शव निकालेर साहसिक कार्य गरेका सहायक हवल्दार थापालाई वर्ष डीआईजी नारायणदत्त पौडेल संयोजकत्वको छानबिन समितिले… Continue reading ४८ मिटर गहिराईको हिमतालबाट शव निकालेका शिरबहादुर बने सशस्त्र प्रहरीका ‘वर्षा जवान’
मेलम्चीको बाँकी काम सेनालाई
काठमाडौ : सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको जिम्मेवारी नेपाली सेनालाई दिने तयारी गरेको छ।,याे खबर आजकाे राजधानी दैनिकमा छ। इटालियन ठेकेदार कम्पनी सीएमसीले बीचमै काम छाडेर गएपछि सरकारले सीएमसीसँग ठेक्का तोड्ने निर्णय लिएको थियो। महत्वपूर्ण आयोजनका रूपमा लिइएको मेलम्चीलाई सरकाले निर्माणका बाँकी जिम्मा सेनालाई दिने तयारी गरेको हो। स्रोतकाअनुसार नयाँ निर्माण कम्पनी खोज्ने कि… Continue reading मेलम्चीको बाँकी काम सेनालाई
चट्याङ लागेर एकै ठाउँमा चरिरहेका ५२ भेडा मरे
बाजुरा : बाजुराको बडिमालिका नगरपालिका–७ चुथीको जंगलमा चराउन लगेको अवस्थामा चट्याङ लागेर ५२ वटा भेडा मरेका छन् ।चुथीको जंगलमा सँगै चरिरहेका १२३ वटा भेडामध्ये चट्याङ लागेर ५२ भेडा घटनास्थलमै मरेको हो ।,आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । मंगलबार साँझ चट्याङ परेर भेडा मरेको भए पनि अत्यधिक हिमपात र वर्षाका कारण बुधबार मात्रै यकिन भएको… Continue reading चट्याङ लागेर एकै ठाउँमा चरिरहेका ५२ भेडा मरे
प्रदेशका अस्पताल प्रदेश सरकारलाई नै
काठमाडौं, माघ ९ संघिय सरकारले प्रदेश अन्गर्ततका सबै अस्पतालहरु सम्बन्धित प्रदेश सरकारलाई नै हस्तान्तरण गरेको छ । बुधबार काठमाडौंमा एक समारोहका बिच उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेश भित्रका सबै अस्पतालहरु सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेका हुन् । सो अबसरमा मन्त्री यादवले वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेशभित्रका सवै अस्पतालहरु प्रदेश सरकारलाईनै हस्तान्तरण गरिएको… Continue reading प्रदेशका अस्पताल प्रदेश सरकारलाई नै
४ अर्ब ३५ करोड वाइड बडी घोटलामा जाँचबुझ आयोग बेखबर
काठमाडौं : नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ ।, यो समाचार आजको नागरिकबाट लिएको हो । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेका सदस्यलाई औपचारिक जानकारीसमेत दिइएको छैन । संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइड बडी… Continue reading ४ अर्ब ३५ करोड वाइड बडी घोटलामा जाँचबुझ आयोग बेखबर
चन्दा उठाएर ‘बाँदर धपाऊ’ अभियानमा लागे खोटाङबासी
काठमाडौं : बाँदरको आतंक नियन्त्रणका लागि खोटाङका स्थानीय चन्दा उठाएर अभियानमा लागेका छन् । बाँदरका बथान आएर खेतबारीका बालीनाली सखाप पार्ने गरेका कारण खोटाङको उत्तरी क्षेत्रका बासिन्दाले ‘बाँदर धपाऊ’ अभियान सुरु गरेका हुन्।,यो खबर आजको नागरिक दैनिकमा छ । कपिलासगढी गाउँपालिका वडा नम्बर ४ का बाक्सिला, सिमपानी, दशकटे, खोक्मा, खुवालुङ, पोखरी वडा नम्बर ३ को बाँसपानी, वडा नम्बर… Continue reading चन्दा उठाएर ‘बाँदर धपाऊ’ अभियानमा लागे खोटाङबासी
जनकपुरका धार्मिकस्थलको संकट, पुजारीकै संलग्नतामा अर्बौँ पर्ने गुठीको जग्गामा भूमाफियाहरूको कब्जा
जनकपुर : हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिने जनकपुरमा आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा गुठीको अर्बौं पर्ने जग्गा बिक्री तथा अतिक्रमण गरेको पाइएको छ । यसले धार्मिकस्थलको पोखरी, जग्गा, पाटीपौवा र देवालय संकटमा परेका छन् ।,यो खबर आजको अन्नपूर्णमा छ । जनकपुरमा भूमाफियाहरू जग्गा किनबेचमा सक्रिय छन् जसका कारण गुठीकै जग्गामा बसेको जनकपुर… Continue reading जनकपुरका धार्मिकस्थलको संकट, पुजारीकै संलग्नतामा अर्बौँ पर्ने गुठीको जग्गामा भूमाफियाहरूको कब्जा
पश्चिम पहाडमा हिमपात,जनजीवन कष्टकर
धनगढी : सुदूरपश्चिम प्रदेशका हिमाली जिल्ला र कर्णाली प्रदेशका जिल्लामा बाक्लो हिमपात भएको छ । हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा र बैतडीका हिमाली क्षेत्रमा सोमबार रातिदेखि बाक्लो हिउँ परेको हो ।,यो समाचार आजको नागरिकबाट लिएको हो । दार्चुलाका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन् । सोमबार… Continue reading पश्चिम पहाडमा हिमपात,जनजीवन कष्टकर
सप्तरीमा प्रहरीको इन्काउन्टर : ‘मोस्ट वान्टेड’ सूचीमा रहेका एक अभियुक्त मारिए
सप्तरी,माघ ९ सप्तरीमा प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा परी दीपेन्द्र चौधरीको मृत्यु भएको हो । २ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआइजी हरि पालका अनुसार प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले प्रहरीलाई नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीले पनि जवफी फायरिङ गरेको हो । चौधरीको… Continue reading सप्तरीमा प्रहरीको इन्काउन्टर : ‘मोस्ट वान्टेड’ सूचीमा रहेका एक अभियुक्त मारिए
मलेसिया कामदार पठाउने सरकारको चाहना कचल्टियो
काठमाडौं : मलेसियाले नेपाली श्रमिक पठाउने क्रम सुचारु गर्न पुरानै संरचना प्रयोग गर्नुको विकल्प नभएको निष्कर्ष सुनाएको छ । ‘भेन्डर’ बदल्ने श्रम मन्त्रालयको चाहनामा पनि पुनर्विचार गर्न नसकिने उसले प्रस्ट पारेको छ । श्रम सम्झौता भएको ३ महिनामा पनि मलेसियाको बाटो खुलेको छैन । मलेसियाले यसमा पटक–पटक ध्यानाकर्षण गराएको छ । संरचनाकै विषयमा श्रम मन्त्रालय… Continue reading मलेसिया कामदार पठाउने सरकारको चाहना कचल्टियो
भोजपुरलाई केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प
काठमाडौं, माघ ९ भोजपुरलाई केन्द्रविन्दु बनाएर प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति साढे १० बजे पूर्वको पहाडी जिल्लाहरू भोजपुर, खोटाङ, संखुवासभा र धनकुटाका केही भागमा भूकम्पको धक्का महसुस भएको हो । भोजपुरको रामप्रसाद गाउँपालिकास्थित बैकुण्ठे केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको… Continue reading भोजपुरलाई केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प
सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका प्रिन्सिपलको चर्तिकला : मापसे गरेर हो–हल्ला, महिलासँग आपत्ति जनक अवस्थामा फेला
महेन्द्रनगर : सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका प्रिन्सिपल भुपेन्द्र बिष्टका घृणित तथ्यहरु खुल्न थालेका छन् । विश्वविद्यालयको सेवा आयोगको सदस्य देखि हाल प्रिन्सिपल रहँदा सम्म दर्जनाैँ नेपाली समाजलाई अपाच्य र घृणित कार्यहरुको तथ्य दिन प्रतिदिन खुल्दै आएका छन् । मदिरा सेवन गरेर बिष्टले विभिन्न किसिमका उत्श्रृङ्खल गतिबिधी गर्दै आएको प्रत्यक्षदर्शी स्थानीयले बताए । बिष्टको केटीमोह समेत उच्च… Continue reading सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका प्रिन्सिपलको चर्तिकला : मापसे गरेर हो–हल्ला, महिलासँग आपत्ति जनक अवस्थामा फेला
नाबालिका बलात्कार गरेको अरोपमा २ युवक पक्राउ
संखुवासभा : जबरजस्ती करणी गरेको अरोपमा संखुवासभाका बिभिन्न स्थानबाट दुई जना पक्राउ परेका छन् । नावालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।,यो खबर आजको राजधानी दैनिकमा छापिएको छ । करणी गरेको आरोपमा चिचिला गाउँपालिका टिकाराम (अमित) बि.क र भोजपुर साल्पासिच्छो गाउँपालिकाका सन्तोष राई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक… Continue reading नाबालिका बलात्कार गरेको अरोपमा २ युवक पक्राउ
कृष्ण पहाडीसहित २१ अभियानकर्मी बानेश्वरबाट पक्राउ
काठमाडौँ,माघ ८ सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा धर्ना दिँदै आएका मानवअधिकार तथा शान्ति समाजका २१ अभियानकर्मी पक्राउ परेका छन् । प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं, डा गङ्गाधर अधिकारी, सचिव बलबहादुर गाहामगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिना, काठमाडौँ शाखाका कार्यबाहक सभापति जगन्नाथ पुडासैनीलाई पक्राउ गरेको हो ।… Continue reading कृष्ण पहाडीसहित २१ अभियानकर्मी बानेश्वरबाट पक्राउ
विराटनगरको बरगाछीमा टेम्पो दुर्घटना, पाँच जना घाइते
विराटनगर, माघ ८ विराटनगरको बरगाछीमा टेम्पो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । आज दिउँसो कोसी राजमार्ग अन्तर्गत बरगाछीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ह ७७४ नम्बरको टेम्पो सडकमा पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा विराटनगर ५ का ३८ वर्षीय तवरेज आलम, विराटनगर १५ की २८ वर्षीय ममता साह,विराटनगर ११ की २५ वर्षीय… Continue reading विराटनगरको बरगाछीमा टेम्पो दुर्घटना, पाँच जना घाइते
२१ हजारले दिए सहुलियत ऋणको आवेदन, कहिले पाउँछन्, कतिले पाउँछन् १० लाख ऋण ?
काठमाडौँ ,माघ ८ विदेशबाट फर्किएकाहरुलाई दिइने सहुलियत कर्जाको ऋणका लागि अन्तिम म्यादसम्म करिब २१ हजार जनाले आवेदन दिएका छन् । वैदेशिक रोजगार प्रवर्द्धन केन्द्रले उपलब्ध गराएको तथ्याङ्कअनुसार १८ हजार ७ सय ३१ जनाले वैदेशिक रोजगार प्रवर्द्धन केन्द्रमै आएर आवेदन दिएका थिए भने करिब १५ सय आवेदन इमेलबाट पठाइएको छ भने केही आवेदनहरु हुलाकमार्फत आएको छ… Continue reading २१ हजारले दिए सहुलियत ऋणको आवेदन, कहिले पाउँछन्, कतिले पाउँछन् १० लाख ऋण ?
सुदूर पहाडमा भारी हिमपात
बैतडी,माघ ८ मौसममा आएको परिवर्तनका कारण बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा आज बिहानदेखि हिमपात शुरु भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोड्पे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । यस्तै, दार्चुलाको उत्तरी क्षेत्रमा अपी, राप्ला, घुसा, खण्डेश्वरी,… Continue reading सुदूर पहाडमा भारी हिमपात
मन्त्री पण्डितको पहलमा विरेन्द्रसभा गृह अत्याधुनिक बनाइने
विराटनगर, माघ ८ विराटनगर स्थित विरेन्द्र सभागृहलाई अत्याधुनिक सुविधा सम्पन्न बनाईने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पहलमा सो सभागृह डिजिटल प्रविधियुक्त सुविधा सम्पन्न बनाईन लागेको हो । ऐतिहासिक विरेन्द्र सभागृहको पुर्ननिर्माण र अत्याधुनिक सुविधा सम्पन्न बनाउनका लागि ४ करोड रुपैयाँ छुट्याएको छन् । निर्वाचनका समयमा जनतामाझ गरेको प्रतिवद्धता अनुसार… Continue reading मन्त्री पण्डितको पहलमा विरेन्द्रसभा गृह अत्याधुनिक बनाइने
देशभर मौसम बदली : हिमाली भेगमा हिमपातको सम्भावना, काठमाडौंमा पानी पर्ने
काठमाडौं,माघ ८ मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेलामा घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् गङ्गा नगरकोटीका अनुसार अपराह्नदेखि भने देशभर पूर्ण बदली भई हल्का वर्षा र उच्च… Continue reading देशभर मौसम बदली : हिमाली भेगमा हिमपातको सम्भावना, काठमाडौंमा पानी पर्ने
सरकारले जलवायुु परिवर्तनका असर न्युुनिकरण गर्न नयाँ नीति बनाउने
विराटनगर, माघ १० जलवायुु परिवर्तनले पारिरहेको असर न्युुनिकरण गर्न नयाँ निति तर्जुगर्ने उद्देश्यले विराटनगरमा सुुझाव संकलन गरिएको छ । नेपाल सरकारले जलवायुु परिवर्तनका कारण भइरहेको असर रोक्न जलवायुु परिवर्तन सम्वन्धि नयाँ नीति ल्याउन लागेको हो । वन तथा वातावरण मन्त्रालय र प्रदेश नं १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको प्रदेश स्तरिय… Continue reading सरकारले जलवायुु परिवर्तनका असर न्युुनिकरण गर्न नयाँ नीति बनाउने
विदेशी बैंकमा पैसा राख्नेमाथि अनुसन्धान गर्न निर्देशन
काठमाडौं : स्विस बैंकमा व्यवसायी घरानाले पैसा राखेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्यलयले सम्पत्ति शुद्धीकरण विभागलाई सचेत गराएको छ । कार्यालयले अनुसन्धान गर्न निर्देशन दिएको हो ।,यो खबर आजको नागरिक पत्रिकामा छ। प्रधानमन्त्री कार्यलयमातहत रहेका सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान महाशाखाले केही दिनअघि पत्राचार गरी विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको हो । विदेशी बैंकमा पैसा… Continue reading विदेशी बैंकमा पैसा राख्नेमाथि अनुसन्धान गर्न निर्देशन
सक्रियता बढाउदै ज्ञानेन्द्र, मध्य र पूर्वी तराई भ्रमणको मिति तय
काठमाडौं : पछिल्लो समय पूर्व राजावादीको चलखेल बढीरहेको बेला पूर्व राजा ज्ञानेन्द्र शाह मध्य र पूर्वी नेपालमा रहेका राजावादीलाई भेट्न सिमरा र झापा जानुहुने भएको छ । करिब एक महिना लामो बसाई गर्न सिमरा र झापाको दमक जान लाग्नुभएको हो । माघ १३ गते पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड शसस्त्रका… Continue reading सक्रियता बढाउदै ज्ञानेन्द्र, मध्य र पूर्वी तराई भ्रमणको मिति तय
दलित समुदायभित्रै चल्दैन पानी, जातैपिच्छे कुवा !
कैलाली : गोदावरी नगरपालिकाको ओलानी क्षेत्रका शङ्कर नेपाली (दमाई) को घरमा वैवाहिक कार्यक्रम थियो। त्यही क्रममा पानी अभाव भएपछि शंकरले नजिकैको इनारबाट पानी भर्न खोजे। तर तल्लो जातिले आफ्नो इनार छोएको भन्दै विश्वकर्मा थरका केही व्यक्तिले हातपात गरे।,याे समाचार कान्तिपुर दैनिकमा छ। ओलानी क्षेत्रमा पर्ने १०, ११ र १२ वडाको कुनै न कुनै टोल बस्तीमा… Continue reading दलित समुदायभित्रै चल्दैन पानी, जातैपिच्छे कुवा !
नेपाल, भारत र चीन जोड्ने छोटो दूरी किमाथांका जोडिन १४ किलोमिटर बाँकी
विराटनगर : बहुप्रतिक्षित जोगबनी–किमथांका सडक जोडिन अब १४ किलोमिटर मात्रै बाँकी छ। नेपाल भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरी मानिएको सो सडक खण्डको १४ किलोमिटर ट्रयाक खुलिसकेपछि तीन देशबीच व्यापारिक कारोबारमा सहजता आउनेछ।,यो खबर आजको कारोबार दैनिकमा छ । चीनसँग सीमा जोडिएका अधिकांश नाका हिउँ पर्ने मौसममा सञ्चालनमा आउँदैनन् तर यो सबैभन्दा छोटो यो… Continue reading नेपाल, भारत र चीन जोड्ने छोटो दूरी किमाथांका जोडिन १४ किलोमिटर बाँकी
अनशनस्थल बन्दै शिक्षण अस्पताल- केसीकाे विरूद्धमा थापा, थापाकाे विरूद्धमा खेम!
काठमाडौं : चिकित्सा सुधारको माग राख्दै डा. गोविन्द केसी १६ औँ पटक अनशनरत छन्। उनी अनशन बसेकै स्थान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनीविरुद्ध विजय थापा अनशन बसिरहेका छन्।,याे खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ । थापाको विरुद्धमा पनि अनशन बस्ने जनाउँदै कैलालीका खेमबहादुर मगरले अस्पतालमा ठाउँ मागेका छन्। केसीको विरोध र समर्थनमा अनशनकारी बढ्न थालेपछि शिक्षण… Continue reading अनशनस्थल बन्दै शिक्षण अस्पताल- केसीकाे विरूद्धमा थापा, थापाकाे विरूद्धमा खेम!
प्रहरीले बरामद गरेको चार किलो सुन राजस्वमा पुग्दा तामा
काठमाडौं : १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो सुनसहित तीन व्यक्तिलाई पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई सार्वजनिक गरेको थियो । प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा तत्कालै दाखिला गर्नुपर्छ । तर, राजस्व अनुसन्धान विभाग भन्दै… Continue reading प्रहरीले बरामद गरेको चार किलो सुन राजस्वमा पुग्दा तामा
न्याय परिषदको कारबाही : उच्च अदालत सुनसान
विराटनगर : गत बिहीबार बेञ्चमा मुद्दा हेरिरहेका पाँच जना न्यायाधिशका नाममा एकै पटक सरुवा पुर्जी आयो । पुर्व जानकारी विना फ्याक्समार्फत आएको सरुवा पुर्जीले उच्च अदालत विराटनगर मात्र नभई नेपालको न्यायिक क्षेत्र नै तरङ्गित बन्यो । मोरङ उर्लाबारीका सनम शाक्य हत्याको अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा थुनामा रहेकाहरु मध्ये केहीलाई छाड्ने… Continue reading न्याय परिषदको कारबाही : उच्च अदालत सुनसान
हिन्दु राष्ट्र घोषणाको माग गर्दै विराटनगरमा जुलुस
विराटनगर, माघ ७ राष्ट्रिय प्रजातन्त्र पार्टीको तराई–मधेश संगठनले विराटनगरमा जुलुस प्रदर्शन तथा घरदैलो कार्यक्रम गरेको छ । हिन्दू राष्ट्र पुर्नस्थापनाको माग गर्दै पार्टीले जुलुस प्रदर्शन तथा घरदैलो कार्यक्रम गरेको हो । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार माघ ७ गते र ८ गते जुलुस र घरदैलो कार्यक्रम गर्ने घोषणाअनुसार कार्यक्रम गरिएको आयोजक पार्टीका तराई–मधेस विभाग प्रमुख दिनेश साहले… Continue reading हिन्दु राष्ट्र घोषणाको माग गर्दै विराटनगरमा जुलुस
रवि लामिछानेले निकिता पौडेलसँग गरे कोर्ट म्यारिज
काठमाडौं, माघ ७ चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो। रवि र निकिता दुबै डिभोर्सी हुन्। रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए। निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो। रविले एक… Continue reading रवि लामिछानेले निकिता पौडेलसँग गरे कोर्ट म्यारिज
तीनजुरे मिल्के जलजले क्षेत्रमा रोकिएन गुराँस फँडानी
तेह्रथुम,माघ ७ संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानुनी रुपमा रूख कटान र जडीबुटी सङ्कलन भइरहेको छ । वर्षेनी जनसङ्ख्याको बढ्दो चापसँगै यस्ता गतिविधि वृद्धि भएर गइरहे पनि यसतर्फ कसैको ध्यान गएको छैन । संरक्षण गर्नुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि इन्धनका लागि दाउराको विकल्प नभएकै कारण स्थानीयवासीले गुराँसे वन फँडानी गरिरहेका छन् । विभिन्न चाडपर्व… Continue reading तीनजुरे मिल्के जलजले क्षेत्रमा रोकिएन गुराँस फँडानी
परोपकार घाट ब्यवस्थापनका लागि १ करोड संकलन
विराटनगर, माघ ७ विराटनगर १ मा रहेको परोपकार घाटको ब्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्ने उद्धेश्यले विराटनगरमा आयोजित श्रीमद्भागवत महायज्ञमा १ करोड बढी रकम संकलन भएको छ । विराटनगर ३ स्थित परोपकार अभियान समूहले गएको २ गतेदेखि आयोजना गरेको महापुरणमा पूराण सकिनु दुईदिन अघिनै लक्ष्य भन्दाबढी सहयोग रकम सकलन भएको हो । पूराण आयोजक समितिका अध्यक्ष… Continue reading परोपकार घाट ब्यवस्थापनका लागि १ करोड संकलन
नगरप्रमुखकै सक्रियतामा भ्रष्टाचार गरेको पोल खुल्यो, कमिसन नपाए बजेट फ्रिज गराउने तयारीमा कर्मचारी
रौतहट, माघ ६ रौतहटको सदरमुकाम भन्दा पूर्वमा रहेको राजदेवी नगरपालिकामा भएको भ्रष्टाचारको पोल खुल्न थालेको छ । आर्थिक वर्ष समापनसंगै नगरपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृत पाए पछि गतवर्षमा गरिएको कार्यहरुमा भएको भ्रष्टाचारको पोल खुल्न थालेको हो । काम भन्दा बढी प्राविधिक विल निर्माण देखि गुणस्तरहीन सामग्रीहरुको भुक्तानी समेत नगर प्रमुख धिरेन्द्र कुमार सिंहको आदेशमा भएको… Continue reading नगरप्रमुखकै सक्रियतामा भ्रष्टाचार गरेको पोल खुल्यो, कमिसन नपाए बजेट फ्रिज गराउने तयारीमा कर्मचारी
चार वर्षपछि तातोपानी नाका खुल्दै
सिन्धुपाल्चोक : ०७२ को भूकम्पपछि बन्द तातोपानी नाका आगामी वैशाखदेखि खोल्ने तयारी भएको छ । चीन सरकारले आगामी मे दिवसका दिन (१८ वैशाख ०७६) औपचारिक रूपमा नाका खुलाउने तयारीका साथ पुनर्निर्माण कार्यलाई तीव्रता दिइरहेको छ । भूकम्प र भोटेकोसी बाढीले भत्काएको पुल, सडक र सुक्खा बन्दरगाहको पुनर्निर्माणलाई चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले तीव्रता दिएको छ… Continue reading चार वर्षपछि तातोपानी नाका खुल्दै
प्रहरी बढुवाका लागि चलखेल, डिआईजीमा आफ्ना भतिजालाई बढुवा गर्न उपप्रधानमन्त्रीको दबाव
काठमाडौं : प्रहरी बढुवाका लागि लामो समयदेखि ऐन बाधक भएकोमा मन्त्रिपरिषदको हालैको बैठकले ऐन संशोधन गरेको छ । ऐन संशोधन गरेर कानुनी अड्चन फुकेको पत्र गृह मन्त्रालयले प्रहारी प्रधान कार्यालयमा पाठाए लगत्तै बढुवाका लागि अहिले दौडधुप चर्को रुपमा बढेको छ । बढुवाका आकांक्षीहरु प्रधान कार्यालय धाउनुभन्दा पनि नेताकोमा धाउन सुरु गरेका छन् ।अहिले नेपाल प्रहरीमा… Continue reading प्रहरी बढुवाका लागि चलखेल, डिआईजीमा आफ्ना भतिजालाई बढुवा गर्न उपप्रधानमन्त्रीको दबाव
पशुपतिको ११ सय बिघा जग्गा गायब
काठमाडौं : पशुपतिनाथ मन्दिरको जग्गा काठमाडौं उपत्यकामा मात्र छैन । यसका नाममा रौतहट, सर्लाही, सिरहा र पर्सामा ११ सय बिघा जमिन त छ, तर गायबसरह । मन्दिर संरक्षक पशुपति क्षेत्र विकास कोषले लामो अनुसन्धानपछि यो पत्ता लगाए पनि फर्काउन सकेको छैन । राजा त्रिभुवनले आफूलाई दूध खुवाएबापत बुबु बडामहारानी (धाई आमा) लाई तराईका ४ जिल्लामा… Continue reading पशुपतिको ११ सय बिघा जग्गा गायब
आजदेखि स्वस्थानी व्रत प्रारम्भ
विराटनगर, माघ ७ श्री स्वस्थानी व्रतकथा आजबाट सुरु भएको छ । पौष शुक्लपूर्णिमाका दिनदेखि शुरू हुने श्री स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको हो । प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमा देखि स्वस्थानी व्रतकथा सुरु भई माघ शुक्लपूर्णिमाका दिन समापन हुने गर्दछ । पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध… Continue reading आजदेखि स्वस्थानी व्रत प्रारम्भ
विराटनगरमा दोस्रो विराट फुड फेस्टा हुने
विराटनगर, माघ ७ आगामी फागुनमा विराटनगरमा दोस्रो विराट फुड फेस्टा हुने भएको छ । भाजु युवराज फाउण्डेसन र एन वाई इ एफको संयुक्त आयोजनामा हुन लागेको फुड फेस्टा फागुन २ गतेदेखि ४ गतेसम्म विराटनगरको होटल नमस्कारमा चल्ने विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । फुड फेस्टामा नेवारी, मारवाडी, मगर , थारु राजवंशी,… Continue reading विराटनगरमा दोस्रो विराट फुड फेस्टा हुने
एक महिनाभित्र कर्मचारी समायोजनको तयारी
काठमाडौं : सरकारले एक महिनाभित्र सक्ने लक्ष्यसहित कर्मचारी समायोजको तयारी अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउँदो फागुन ३ गतेभित्र सक्ने गरी समायोजनको तयारी अघि बढाएको हो ।,याे समाचार आजकाे नेपाल समाचारपत्रबाट लिएकाे हाे । सरकारले समायोजन फारम भर्न दिएको समयवधिलाई अटेर गर्ने कर्मचारीलाई खटाउने तयारीका साथ मन्त्रालयले तयारी अघि बढाइएको… Continue reading एक महिनाभित्र कर्मचारी समायोजनको तयारी
तेरापंथको रक्तदानमा १ सय ८० पिन्ट रगत संकलन
विराटनगर, माघ ६ तेरापंथ युवक परिषद् विराटनगरले ‘मेघा ब्लड डोनेशन ड्राइभ’ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरको जैन भवनमा सम्पन्न रक्तदानमा १ सय ८० पिन्ट रगत संकलन भएको छ । विश्वको सर्वाधिक रक्तदाता संस्था अखिल भारतीय तेरापंथ युवक परिषदद्धारा प्रस्तुत सो रक्तदान कार्यक्रमले केहीमात्रामा भएपनि मानव जीवनको महत्वपूर्ण रहेको रगतको अभावलाई पुर्ति गर्न सहयोग… Continue reading तेरापंथको रक्तदानमा १ सय ८० पिन्ट रगत संकलन
सुदिश निरौला स्मृति साहित्य पुरस्कारबाट पौड्याल पुरस्कृत
विराटनगर, माघ ६ पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले युवा साहित्यकार महेश पौड्याललाई पुरस्कृत गरेको छ । विराटनगरमा आइतबार आयोजित कार्यक्रममा ‘सुदिश निरौला स्मृति साहित्य पुरस्कार’बाट पौड्याललाई पुरस्कृत गरिएको हो । सुदिस निरौला मेमोरियल ट्रष्टले हरेक वर्ष ४५ वर्षमुनिका एकजना स्रष्टालाई पुरस्कृत गर्ने गरी पुरस्कार स्थापना गरेको हो । पुरस्कार पूर्वाञ्चल साहित्य प्रतिष्ठानले वितरण गर्नेछ । वरिष्ठ… Continue reading सुदिश निरौला स्मृति साहित्य पुरस्कारबाट पौड्याल पुरस्कृत
सफाईको प्रतिबद्धतापूरा गर्न सामाजिक विकास मन्त्रालयको निर्देशन
विराटनगर, माघ ६ सामाजिक विकास मन्त्रालय प्रदेश १ ले सार्वजनिक निकायमा सरसफाई सुदृढीकरण गर्नका लागि १६ बुँदे प्रतिबद्धतापत्र कार्यान्वयनका लागि निर्देशन जारी गरेको छ । प्रदेश १ लाई आगामी १ बर्षभित्र पूर्ण सरसफाई युक्त प्रदेशको रुपमा विकास गर्ने अभियान अन्तर्गत आफू काम गर्ने कार्यालय र परिसर पूर्ण सरसफाई गरी स्वच्छ वातावरण कायम गर्न १६ बँुदे… Continue reading सफाईको प्रतिबद्धतापूरा गर्न सामाजिक विकास मन्त्रालयको निर्देशन