डोटी : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयलाई समस्या उत्पन्न भएको छ । सरकारले एकाएक भारतीय २ सय, ५ सय र २ हजारका नोटहरु नचलाउने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशका स्थानीय समस्यामा परेका हुन् ।,याे खबर आजको नेपाल समाचारपत्रमा छ । कामका लागि भारतका बिभिन्न शहर गएका सुदूरपश्चिम प्रदेशका स्थानियले घर फर्किदा ल्याएका भारतिय नोटहरु… Continue reading भारु नसाटिँदा स्थानीय मर्कामा, साना व्यापारी भन्छन्– चौपटै हुने भइयो
Category: समाज
अमेरिकासँग १६ वर्षपछि उच्चस्तरीय वार्ता हुने, समकक्षीको निम्तोमा जाँदै पराराष्ट्रमन्त्री
काठमाडौँ : १६ वर्षपछि नेपाल र अमेरिकाबीच उच्चस्तरीय वार्ता हुने भएको छ ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । अमेरिकी समकक्षी माइक आर पोम्पियाको निमन्त्रणामा जान लागेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ३ र ४ पुसमा उच्चस्तरीय वार्ता गर्नेछन् । भ्रमणकै अवसरमा बस्ने परराष्ट्रसचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा दुई देशको सम्बन्धका सबै पक्षबारे छलफल हुनेछ ।… Continue reading अमेरिकासँग १६ वर्षपछि उच्चस्तरीय वार्ता हुने, समकक्षीको निम्तोमा जाँदै पराराष्ट्रमन्त्री
काठमाडौँ–तराई फास्ट ट्र्याकमा ‘झारा टार्ने’ निर्णय
काठमाडौँ : संघीय संसद्को राज्य व्यवस्था समितिले स्थलगत अध्ययनसहित पाँच दिन घण्टौं बैठक बसे पनि काठमाडौँ – तराई फास्ट ट्र्याकबारे ठोस निर्णय लिन सकेन ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ । डीपीआरबिनै काम लगाइएको विषय छायामा पारेर समितिको आयोजना निर्धारित समयमै बन्ने गरी अत्रमन्त्रालय समन्वय गर्न प्रधानमन्त्री कार्यालय, रक्षा र गृह मन्त्रालयलाई निर्देशन दियो । समितिकै… Continue reading काठमाडौँ–तराई फास्ट ट्र्याकमा ‘झारा टार्ने’ निर्णय
१४ हजार पदमा लोकसेवा खुल्दै, खरिदारदेखि उपसचिवसम्म विज्ञापनको तयारी
काठमाडौं : सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्र्याकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाएको हो । ,राजधानी दैनिकले खबर छापेकाे छ । समाचारकाे अनुसार माघको दोस्रो सातासम्म समायोजनको सबै प्रक्रिया… Continue reading १४ हजार पदमा लोकसेवा खुल्दै, खरिदारदेखि उपसचिवसम्म विज्ञापनको तयारी
पतिले छाडेर लिन नआएपछि सुत्केरी संगिता अलपत्र
राजविराज : एघार महिनाअघि प्रेममा परेर अन्तर जातीय विवाह गरेकी सप्तरीको बादेबसाईन नगरपालिका–२ की २० वर्षीया संगिता सदा पति बेपत्ता भएपछि अहिले घर न घाटकी भएकी छिन् । २०७४ को पुस संक्रान्तिमा बादेबसाईनका २२ वर्षीय शिवदत्त चौधरी कलवारसँग प्रेम विवाह गरेकी संगिताका पतिले तिन महिनादेखि सम्पर्कसमेत नगरेपछि अलपत्र परेकी हुन् ।, यो समाचार आजको उद्घोष… Continue reading पतिले छाडेर लिन नआएपछि सुत्केरी संगिता अलपत्र
घुस लिने कर्मचारी बढेपछि अख्तियार हिरासत ‘हाउसफुल’
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा आफ्नै हिरासत कक्ष छ । यसको क्षमता छ –१८ जनाको । घुस लिने कर्मचारी बढेपछि यो ‘हाउसफुल’ छ । यहाँ अहिले ३३ जना छन् । विगतको तुलनामा यो संख्या अत्याधिक हो । पछिल्लो समय ‘स्ट्रिङ अपरेसन’ लाई तीव्रता दिएका कारण हिरासत भरिएको अख्तियारको भनाइ छ ।… Continue reading घुस लिने कर्मचारी बढेपछि अख्तियार हिरासत ‘हाउसफुल’
पुस आयो : जलमार्ग सञ्चालन गरिने नदिको स्थलगत अध्ययनसमेत भएन
काठमाडौँ : चालू आर्थिक वर्षके बजेटमा कर्णाली , गण्डकी र कोशीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ । प्रधानमन्त्रीले त संसद्मा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरुलाई निम्तासमेत दिएका थिए ।तर, विडम्बना हालसम्म नेपालले जलमार्ग सञ्चालन गरिने भनिएका नदिको स्थलगत अध्ययनसमेत छैन । नेपालमा पानीजहाज सञ्चालनको अध्ययन गर्न बनेको ‘इनल्यान्ड वाटर वेज’ (आन्तरिक जलमार्ग)… Continue reading पुस आयो : जलमार्ग सञ्चालन गरिने नदिको स्थलगत अध्ययनसमेत भएन
दुग्धजन्य पदार्थको स्वच्छताका लागि सरकारले ल्यायो निर्देशिका
काठमाडौँ ,मंसिर २९ सरकारले दूध तथा दुग्धजन्य पदार्थको स्वच्छताका लागि ‘दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’ लागू गर्ने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो । मन्त्रालयका अनुसार नेपालभरका दूध उत्पादन, सङ्कलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्री वितरणलाई समेट्न लागिएको छ । कृषि तथा… Continue reading दुग्धजन्य पदार्थको स्वच्छताका लागि सरकारले ल्यायो निर्देशिका
जयनगर-जनकपुरमा आफ्नै रेल चलाउने सरकारको निर्णय, २ वटा रेल किन्ने
काठमाडौं,मंसिर २९ सरकारले जयनगरदेखि जनकपुरको कुर्थासम्मको ३५ किलोमिटरमा आफैले रेल किनेर गुडाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले नेपालले आफैं रेल किनेर गुडाउने निर्णय भएको जानकारी दिएका हुन् । उनले भने,‘हामी डिसेम्बर १२ देखि नै रेल सञ्चालन गर्ने पक्षमा थियौं । हाम्रो सबै डकुमेन्टहरु मिलिसकेका थिए । तर, पछि सबलिजमा… Continue reading जयनगर-जनकपुरमा आफ्नै रेल चलाउने सरकारको निर्णय, २ वटा रेल किन्ने
नेपाल रेडक्रसको प्रदेश कार्यालय विराटनगरमा
विराटनगर, मंसिर २९ नेपाल रेडक्रस सोसाइटीको प्रदेश १ कार्यालय शनिबार विराटनगरमा स्थापना गरिएको छ । रेडक्रसका अध्यक्ष संजिव थापाले रेडक्रस मोरङ परिसरस्थित भवनमा प्रदेश कार्यालयको उद्घाटन गरे । अध्यक्ष थापाले झापाका कृष्णप्रसाद न्यौपानेको संयोजकत्वमा गठित १५ सदस्यीय रेडक्रसको प्रदेश १ कार्य समितिको पदस्थापन समेत गराएका छन् । उनले संबिधानको भावनाअनुसार रेडक्रसलाई संघीय ढाँचामा विकास गरेर… Continue reading नेपाल रेडक्रसको प्रदेश कार्यालय विराटनगरमा
काठमाडाैंमा आफ्नै घर हुँदाहुँदै पनि घरभाडा सुविधा लिन्छन् यी सांसदहरु
काठमाडौँ , मंसिर २९ भीमसेनदास प्रधान काठमाडौं क्षेत्र ६ बाट निर्वाचित सांसद हुन् । उनी काठमाडौं महानगरपालिका–२७ का स्थायी बासिन्दा हुन् । २०७४ भदौ १९ मा रक्षामन्त्रीको हैसियतमा उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार काठमाडौंमा उनको सगोलमा घर छ । उनले २०७४ फागुनयता नियमित घरभाडा लिइरहेका छन् । संसद् सचिवालयले प्रधानलाई मासिक घरभाडा उनकै बैंक खातामा पठाइदिने गरेको छ । ‘ज्याठामा… Continue reading काठमाडाैंमा आफ्नै घर हुँदाहुँदै पनि घरभाडा सुविधा लिन्छन् यी सांसदहरु
अस्ट्रेलियन विज्ञ टोलीद्वारा सिक्टा सिँचाइ आयोजनाको माटो निरीक्षण
नेपालगञ्ज, मंसिर २९ अस्ट्रेलियन विज्ञ टोलीले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरको माटो निरीक्षण गरेको छ । पश्चिम मूल नहरको केही स्थानमा देखा परेको घुलनशील माटोको निरीक्षण गर्न मङ्गलबार बाँके आएको विज्ञ टोली कार्य सम्पन्न गरी फर्किएको छ । सिक्टामा आर्थिक अनियमितता गरेर पश्चिम मूल नहर कमजोर हिसाबले निर्माण गरिएको ठहर गर्दै अख्तियार… Continue reading अस्ट्रेलियन विज्ञ टोलीद्वारा सिक्टा सिँचाइ आयोजनाको माटो निरीक्षण
लायन्सको महिला विशेष प्रशिक्षण सम्पन्न
विराटनगर,मंसिर २९ लायन्स क्लब इन्टरनेशनल ३ सय २५ ए वान ले लायनिज्ममा महिलाको भूमिका बिषयक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । विराटनगर आयोजना गरिएको कार्यक्रममा १ सय ५० बढी महिला तथा विभिन्न क्याम्पस तथा विद्यालयका छात्राहरु सहभागि भएका छन् । कार्यक्रममा लायन्स क्लब आबद्ध तथा समाजसेवामा समर्पित महिलाहरुका साथै पुर्वाञ्चल विश्वविद्यालयमा अध्यनरत छात्राहरुले… Continue reading लायन्सको महिला विशेष प्रशिक्षण सम्पन्न
भारतमा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ , गोरेले तस्कर गरेको सुन हुनसक्ने अनुमान
काठमाडौं,मंसिर २९ भारतको कोलकत्तामा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा ३३ किलो सुनसहित शुक्रबार पक्राउ परेका छन् । राकेशप्रसाद र हेमकुमारले चलाएको कारबाट ३३ किलो सुन बरामद गरेको भरतीय अधिकारीहरुले पुष्टी गरेका छन् । यता नेपालमा साढे ३३ किलो अवैध सुन तस्करी गरेको अनुसन्धान गरिरहेको बेला अनुसन्धान समीतिले भने चुडामणी उप्रेतीगोरेले तस्कर गेको सुन हो की… Continue reading भारतमा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ , गोरेले तस्कर गरेको सुन हुनसक्ने अनुमान
प्रदेश १ का छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु
विराटनगर, मंसिर २९ १ नम्बर प्रदेश अन्तर्गत विभिन्न तिन जिल्लामा छुट्टा छुट्टै भएको दुर्घटनामा ३ जनाको मृत्यू भएको छ । संखुवासभा, झापा र खोटाङ जिल्लामा शुक्रवार भएको बेग्ला–बेग्लै दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । छ छ भने १ जना घाइते भएका छन् । संखुवासभाको खाँदवारी नगरपालिका–११ सभाखोलामा स्थित चैनपुर–खाँदवारी सडक खण्डमा रोकी राखेको ट्याक्टरमा… Continue reading प्रदेश १ का छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु
नुवाकोट दुर्घटना अपडेट : मृतकको सख्या २० पुग्यो
नुवाकोट, मंसिर २९ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा हिजो साझ भएको मिनिट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । घाइते १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ । बा ३ ख ३९१३ नम्बरको मिनिट्रक दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी नायव उपरिक्षक भीमलाल भटट्राईका अनुसार थप २… Continue reading नुवाकोट दुर्घटना अपडेट : मृतकको सख्या २० पुग्यो
न्यायधिवक्ताविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : अख्तियारले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायधिवक्ता कोषहरि निरौलाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । ठगी मुद्दा मिलाईदिन्छु भनी सेवाग्राहीसँग लिएको ८० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका निरौलालाई भ्रष्टाचार निवारण ऐनवमोजिम कैद सजाय र जरिवाना गर्नुपर्ने अयोगको दाबी छ । आयोग टोलीले कम्पनी रजिस्टार कार्यालय त्रिपुरेश्वरमा करार सेवामा कार्यरत… Continue reading न्यायधिवक्ताविरुद्ध भ्रष्टाचार मुद्दा
विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब
काठमाडौं :त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ । मलेसियाको अन्तर्राष्ट्रि वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि जिएसए अरिमान लामाको इन्सेन्टिभ टुर्स प्रालिले बुझाएका ती चेक गाय पारिएका हुन् । स्रोतका अनुसार ट्राभल्स कम्पनी र विमानस्थल कार्यालयका कर्मचारीको मिलेमतोमा ती चेक गायब पारिएको हो ।नागरिक उड्यान प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमका… Continue reading विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब
नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने तयारी
काठमाडौं : सर्वोच्च शिखर सगरमाथा आफ्नै शिरमा भए पनि नेपाल आफैंले भने अहिलेसम्म यसको उचाइ मापन गरेको थिएन। अरुले मापन गरेकै उचाइलाई आधार मानेको थियो। अब भने नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने भएको छ। नेपालले मान्ने गरेको सगरमाथाको उचाइ सन् १९५४ मा भारतले गरेको मापन हो। नेपालले अहिलेसम्म यसलाई आधिकारिक रुपमा मान्यता दिएको छ। त्यसैगरी… Continue reading नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने तयारी
झिसमिसेमै खेत खेतमा ड्रोन, सार्वजनिक स्थानमा शौच गर्न आएकाहरुको भागाभाग
विराटनगर : खुल्ला दिसामुक्त अभियान सञ्चालन भईरहेको कटहरी गाउँपालिकामा ड्रोन क्यामराको प्रयोग गरी सार्वजनिक स्थानको निगरानी गरिएको छ । शुक्रबार बिहान कटहरी गाउँपालिका– ४ मा ड्रोनको प्रयोग गरी निगरानी गरिएको हो । नेपाल प्रहरीको सहयोगमा प्रयोग गरिएको ड्रोन क्यामरा देखेपछि बिहानै सार्वजनिक स्थानमा शौच गर्न आएकाहरुको भागाभाग भएको थियो । गाउँपालिका लाई पुस ५ गतेभित्र… Continue reading झिसमिसेमै खेत खेतमा ड्रोन, सार्वजनिक स्थानमा शौच गर्न आएकाहरुको भागाभाग
घरेलु मदिरा वनाउने कारखानामा २३,२०० लिटर घरेलु मदिरा नष्ठ
काठमाडौँ,मंसिर २९ काठमाडौँबाट शुक्रबार घरेलु मदिरा वनाउने कारखानामा २३२०० लिटर घरेलु मदिरा र २०० लिटरको ५० ड्रम नष्ट गरिएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं.१० कपन स्थित खाली जग्गामा भाडामा लिई टहरो निर्माण गरी अवैध घरेलु मदिरा उत्पादन तथा विक्रि वितरणको लागि तयार अवस्थामा राखिएको १८०० लिटर मदिरा तथा घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा… Continue reading घरेलु मदिरा वनाउने कारखानामा २३,२०० लिटर घरेलु मदिरा नष्ठ
सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित
बैतडी,मंसिर २९ मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको बैतडी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । यस्तै… Continue reading सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित
नुवाकोटमा मिनी ट्रक दुर्घटना : १६ जनाको मृत्यु
विराटनगर, मंसिर २८ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । समुद्रटारबाट शिखरबेंसी हुँदै घ्याङफेदीतर्फ गइरहेको सो गाडी आज साँझ ६ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए। गाडीमा ४० जना यात्रु रहेको बताइएको छ । गाडी भीरबाट करीब ४०० मिटर तल खसेको दुप्चेश्वर गाउँपालिकाका… Continue reading नुवाकोटमा मिनी ट्रक दुर्घटना : १६ जनाको मृत्यु
कोशी विद्या मन्दिरमा स्वास्थ्य शिविर
विराटनगर, मंसिर २८ विराटनगरस्थित कोशी विद्या मन्दिरले २५ औं वार्षिकोत्सवका अवसरमा स्वास्थ्य शिविरको आयोजना गरेको छ । सनसारीमाईस्थान स्थित विद्यालय परिषरमा शुत्रबार आयोजित शिविरको प्रदेश नम्बर १ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीश कुसियैतले उद्घाटन गरे । विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा भएको स्वास्थ्थ शिविरमा शल्यक्रियासहित चस्मा, औषधिलगायत निःशुल्क उपलब्ध गराइएको थियो । शिविरमा दन्त… Continue reading कोशी विद्या मन्दिरमा स्वास्थ्य शिविर
मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते साईकलयात्रीको उपचारको क्रममा मृत्यु
सुनसरी, मंसिर २८ सुनसरीको ईटहरी उप–महानगरपालिका–१७ लवीपुरमा मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका सुनसरी रामधुनी नगरपालिका–१ झुम्का बस्ने ५० वर्षीय को अनुपलाल चौधरीको उपचारको क्रममा मृत्यु भएको छ । चौधरीलाई गत मंसिर २० गते पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को २७ प २०३० नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते चौधरीको एपेक्स अस्पताल ईटहरीमा… Continue reading मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते साईकलयात्रीको उपचारको क्रममा मृत्यु
गोरु काटेको आरोपमा धरानबाट १० जना पक्राउ
सुनसरी, मंसिर २८ सुनसरीको धरानबाट प्रहरीले गोरु काटेको आरोपमा आज १० जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान ६ बजेको समयमा धरान उप–महानगरपालिका–१७ लोसे भन्ने ठाउँमा गोरु काटिरहेको अवस्थामा धरान–३ बस्ने बर्ष २८ को राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान(११ बस्ने अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ–३ बस्ने बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र… Continue reading गोरु काटेको आरोपमा धरानबाट १० जना पक्राउ
कर्मचारीको स्वेच्छिक अवकाश कार्यक्रम खारेज
काठमाडौँ,मंसिर २८ समायोजनमा नजाने कर्मचारीलाई प्याकेजसहित सुरु गरिएको स्वेच्छिक अवकाश कार्यक्रम खारेज भएको छ । कर्मचारी समायोजन अध्यादेशले त्यसलाई खारेज गरेको हो । कर्मचारी समायोजन ऐन २०७४ ले कर्मचारीको स्वैच्छिक अवकाशको व्यवस्था गरेको छ। ऐन आएपछि ठूलो संख्यामा कर्मचारीले अवकाशका लागि निवेदन दिएका थिए। अध्यादेशले उक्त ऐन खारेज गरेसँगै निवेदनसमेत खारेज भएका छन्। अब सबै… Continue reading कर्मचारीको स्वेच्छिक अवकाश कार्यक्रम खारेज
छुरा प्रहारबाट आफ्नै बुवाको हत्या
विराटनगर,मंसिर २८ मोरङको विराटनगर महानगरपालिका–१७ धुनिया बस्तिमा बिहीवार १ व्यक्तिले छुरा प्रहार गरी आफ्नै बावुको हत्या गरेका छन् ।छुरा प्रहारबाट सोही स्थान बस्ने ५० बर्षीय शसि मण्डलको मृत्यु भएका ेजिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । राती साढे ९ बजेको समयमा शसि मण्डल, निजको जेठी श्रीमतीको छोरा २५ बर्षीय आकाश मिया मण्डल र शसि मण्डलको… Continue reading छुरा प्रहारबाट आफ्नै बुवाको हत्या
बनभोजबाट फर्किएको ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु, ८ घाइते
उदयपुर, मंसिर २८ उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ बलम्तामा बिहीवार बनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । राती साढे १० बजे बनभोज खाएर सिरवानीबाट बलम्ता तर्फ आउँदै गरेको स १ त ७३२३ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको… Continue reading बनभोजबाट फर्किएको ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु, ८ घाइते
सरकारले सम्झौता पालना नगरेको भन्दै पूर्वलडाकु मेटासिट बोकर पुगे मन्त्री निवास
काठमाडौँ : सशस्त्र द्वनदका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो– उनको झोलामा भेटिएको मेटासिट । प्रहरीले उनका साथमा ‘सुसाइड नोट’ समेत फेला पारेको छ ।सरकारले घाइते उपचार र सुविधाका लागि गरेको सम्झौता पालना नगरेकोले विरोधस्वरुप विष सेवन… Continue reading सरकारले सम्झौता पालना नगरेको भन्दै पूर्वलडाकु मेटासिट बोकर पुगे मन्त्री निवास
सिन्डिकेट हटाउने निर्णयमा मन्त्रालयनै बाधक
काठमाडौँ :यातायात क्षेत्रमा व्याप्त सिन्डिकेट अन्त्यका लागि भन्दै गएको चैतमा सरकारले सवारी तथा यातायता व्यवस्थापन कार्यविधि संशोधन जारी गर्यो । सार्वजनिक यातायात सञ्चालन गर्दै आएका विद्यमान संघ तथा समितिहरु खारेज गर्दै कम्पनीमार्फत सञ्चालन गर्नुपर्ने नियम बनाइयो र त्यो कार्यान्वयनका लागि साउन १ लाई आधार मिति मानियो । तर यातायात व्यवस्था विभाग र भौतिक पूर्वाधार तथा… Continue reading सिन्डिकेट हटाउने निर्णयमा मन्त्रालयनै बाधक
साना किसानले लिएको ३० करोड ऋण सरकारले गर्यो मिनाहा
काठमाडौँ : साझा सहकारीबाट साना किसानले लिएको ऋण सरकारले मिनाहा गरेको छ । तत्कालीन साझा कृषि सहकारीबाट किसानले करिब ३० करोड ऋण लिएका थिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले यो निर्णय गरेको हो । ऋण मिनाहाबाट ६ सयदेखि सात सय परिवार लाभान्वित हुने सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
पाल्पामा जिप भीरबाट खस्यो : ५ जनाको मृत्यु, ४ घाइते
पाल्पा, मंसिर २८ पाल्पाको जल्पाबाट बहादुरपुरतर्फ जादैँ गरेको लु १ च २६५३ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । सदरमुकाम तानसेनबाट ६० किलोमिटर पूर्व दक्षिणमा गएराति करीब १० बजे जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मृत्यु हुनेहरुमा माथागढी गाउँपालिका वडा नंं ८ की… Continue reading पाल्पामा जिप भीरबाट खस्यो : ५ जनाको मृत्यु, ४ घाइते
सुन तस्करी प्रकरण : शाक्य र पोद्दार पनि धरौटीमा रिहा
विराटनगर : मोरङ उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका ब्यबसायी विमल पोद्दार र आर के भनिने राजेन्द्र कुमार शाक्यलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको छ । बिहीबार उच्च अदालत विराटनगरका न्यायाधिश नगेन्द्रलाभ कर्ण र थिर बहादुर कार्कीको इजलासले पोद्दार र शाक्यलाई १०– १० लाख धरौटीमा… Continue reading सुन तस्करी प्रकरण : शाक्य र पोद्दार पनि धरौटीमा रिहा
वर्डक्याम्प विराटनगरको तयारी अन्तिम चरणमा
विराटनगर, मंसिर २८ संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने र ओपेन सोर्स सिएमएस वर्डप्रेस सम्बन्धि एक दिने सेमिनार ’वर्डक्याम्प’ पुस ७ गते विराटनगरमा हुने भएको छ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तराष्ट्रिय कार्यक्रम हो । संसारभरिका ५ सय भन्दा बढि सहभागीहरुको उपस्थिति रहने यस वर्डक्याम्पको तयारी अन्तिमरुपमा पुगेको आयोजक समितिका सुजित झाले बताए । उनले… Continue reading वर्डक्याम्प विराटनगरको तयारी अन्तिम चरणमा
विद्युत प्राधिकरणको नयाँ नीति: योगदान गर्ने कर्मचारीका लागि ल्याइयो यस्ता अवसर
काठमाडौँ,मंसिर २७ नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण तथा बक्यौता असुलीमा तोकिएको लक्ष्य पूरा गर्ने कार्यालयका प्रमुखलाई थप भत्तासहितको प्रोत्साहन गर्ने नीति अगाडि सारेको छ । प्राधिकरणले विद्युत् माग बढाउन, चुहावट नियन्त्रण गर्न र बाँकी बक्यौता भए असुली गर्न देशव्यापी रुपमा नै कार्य सम्पादन करार सम्झौता शुरु गरेको छ । सोही सम्झौताअनुसार चुहावट नियन्त्रण र… Continue reading विद्युत प्राधिकरणको नयाँ नीति: योगदान गर्ने कर्मचारीका लागि ल्याइयो यस्ता अवसर
यो कस्तो न्याय ? : पत्नीलाई नै पतिको काजकिरिया गर्नबाट रोकियो
विराटनगर,मंसिर २७ श्रीमानको मृत्यु हुँदासमेत श्रीमानको घरमा काज किरियामा बस्न नदिई आफूमाथि अभद्र ब्यबहार गरेको भन्दै एक महिलाले न्यायको अपिल गरेकी छिन् । हाल काठमाडौँको गोकर्णेश्वर–३, नयाँवस्ती बस्ने कौशादेवी घिमिरे ढुङ्गेलले यही मंसिर १८ गते श्रीमान मुक्तिनाथ ढुङ्गेलको मृत्यु भएपछि घरमा आएर काजकिरिया गर्न खोज्दा आफुलाई घरभित्र पस्न नदिने र काजकिरिया गर्न नदिने भनी अभद्र… Continue reading यो कस्तो न्याय ? : पत्नीलाई नै पतिको काजकिरिया गर्नबाट रोकियो
प्रदेश १ स्तरीय ज्येष्ठ नागरिक ग्रामको अध्ययन गर्न कार्यदल गठन
विराटनगर,मंसिर २७ प्रदेश नम्बर १ मा प्रदेशस्तरीय ज्येष्ठ नागरिक ग्राम वृद्धाश्रम सम्बन्धमा सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरिएको छ । आज विराटनगरमा भएको प्रदेश १ नम्बर स्तरीय ज्येष्ठ नागरिक भेलाले ९ सदस्य कार्यदल गठन गरेको छ । कार्यदलको संयोजकमा त्रिलोक न्यौपाने, सदस्यहरुमा कृष्णविनोद लम्साल लगायतका रहेका छन् । ज्येष्ठ नागरिकको हकमा नीतिगत प्रादेशिक कार्यक्रम तर्जुम… Continue reading प्रदेश १ स्तरीय ज्येष्ठ नागरिक ग्रामको अध्ययन गर्न कार्यदल गठन
अखिल जनतान्त्रिक तराईमुक्ति मोर्चा (विवेक समूह)ले सरकारलाई हतियार बुझायो
विराटनगर,मंसिर २७ अखिल जनतान्त्रिक तराईमुक्ति मोर्चा (विवेक समूह)ले सरकारी वार्ता टोलीलाई हातहतियार बुझाएको छ । सो समूहले आफूहरु शान्तिपूर्ण राजनितिमा आउने प्रतिबद्धता पनि जनाएको छ । मोर्चाले बिहीबार विराटनगरमा आयोजित कार्यक्रमकाबीच सरकारी वार्ता टोलीलाई हतियार बुझाएको हो । यसअघि राजनितिक मुद्धा उठान गरेर तराईमा सशस्त्र गतिविधि गर्दै आएको अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहबाट… Continue reading अखिल जनतान्त्रिक तराईमुक्ति मोर्चा (विवेक समूह)ले सरकारलाई हतियार बुझायो
हुम्लामा हिमपात, जनजीवन कष्टकर बन्दै
हुम्ला ,मंसिर २७ कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो । बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हुँदा चिसो बढ्नाका साथै… Continue reading हुम्लामा हिमपात, जनजीवन कष्टकर बन्दै
विप्लव र सिके राउतका चार सय बढी कार्यकर्ता पक्राउ
काठमाडौं : मुलुक विखण्डनको अजेन्डा बोक्ने सिके राउत र विध्वंस्तामक कार्यमा संलग्न भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी प्रति सरकार कडा देखिएको छ ।,आजको नागरिकदैनिकमा यो खबर छ । राजनीतिक आवरणमा छाड्न नमिल्ने भन्दै धमाधम पक्राउ र मुद्धा चलाउन थालेपछि मुलुकका शान्ति र अमनचयन कामय भएको सरकारको निष्कर्ष रहेको छ । विगतमा कमजोर मुद्धा बनाएर… Continue reading विप्लव र सिके राउतका चार सय बढी कार्यकर्ता पक्राउ
स्कार्पियो बससँग ठोक्किँदा बेहुलाका बाबुआमासहित ६ को मृत्यु
दाङ,मंसिर २७ दाङको लमहीमा स्कार्पियो र यात्रु बस ठोक्किएर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। चितवनबाट बाँकेको शम्शेरगञ्जका लागि जन्ती लिएर हिँडेको बा १२ च ३१२२ नम्बरको स्कार्पियो र महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको यात्रु बस ठोक्किएर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो । मृत्यु हुनेहरुमा बाँकेको राप्ती सोनारीगाउँपालिका… Continue reading स्कार्पियो बससँग ठोक्किँदा बेहुलाका बाबुआमासहित ६ को मृत्यु
मलेसिया रोजगारीः पुराना चलखेलमा, मन्त्री नयाँ ल्याउने अडानमा
काठमाडौं : मलेसिय रोजगारीको बाटो बन्द हुनुमा पुराना संरचना राख्ने ÷नराख्ने बिषय मुख्य बाधक बनेको छ । पुराना व्यवसायी आफुले मौका पाउनुपर्ने चलखेलमा लागेका छन् ।,आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । तिनलाई कारबाही गरेका श्रममन्त्री भने नयाँ ल्याउने अडानमा देखिन्छन् । बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, आएससी जस्ता संरचना कायम राख्न पुरानै सञ्चालक दौडधुप गरिरहेका छन्… Continue reading मलेसिया रोजगारीः पुराना चलखेलमा, मन्त्री नयाँ ल्याउने अडानमा
गाँजासहित कतार जान लागेका एक युवा विमानस्थलबाटै पक्राउ
काठमाडौं : गाँजासहित कतार उड्न लागेका एक युवालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रिएको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । नेपाल एयरलाइन्सको उडानबाट कतारको दोहा उड्न लागेका मोरङको बलिगामा ४ बस्ने ३२ बर्षीया मानसिंह सरदार थारुलाई १ हजार २ सय ग्राम गाँजासहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको प्रस्थान कक्षको एक्सरेमा जाँचका बेला… Continue reading गाँजासहित कतार जान लागेका एक युवा विमानस्थलबाटै पक्राउ
मस्को जान लागेका ४४ जना रोकिए : ट्राभल एजेन्सी नै मानव तस्करीमा संलग्न भएको आशंका
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद रूपमा रुस जान लागेका ४४ जना नेपालीलाई प्रस्थान अनुमति डिपार्चर दिन इन्कार गरेको छ।,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । दुबईको सारजाह हुँदै रुसको राजधानी मस्को जान लागेका ४४ यात्रुको यात्रा र कागजपत्रसमेत शंकास्पद देखिएपछि त्रिवि अध्यागमनले उनीहरूलाई फिर्ता अफ लोड गरेको हो। उनीहरूले नेपालस्थित रुसी दूतावासबाट… Continue reading मस्को जान लागेका ४४ जना रोकिए : ट्राभल एजेन्सी नै मानव तस्करीमा संलग्न भएको आशंका
तुइन तान्दै बांगिए औँला : पोहोर नै विस्थापित हुनुपर्ने तुइन अझै उस्तै
धादिङ : धादिङ चरौंदीका ९० वर्षीय सुकबहादुर चेपाङ ३० वर्षदेखि तुइनमा काम गर्दै आएका छन् । तुइनकै कमाइबाट अपांगता भएका एक छोराको पालनपोषण गर्दै आएका छन् । बाबुछोरा तुइनछेउमै रहेको पाटीमा बस्छन् । तुइनको घिर्नीले च्यापेर सुकबहादुरका हातका दशवटै औँला बांगिएका छन् । तैपनि, रोजगारीको सवाल भएकाले उनी पुल नबनोस् र तुइनमा काम गर्न पाइयोस्… Continue reading तुइन तान्दै बांगिए औँला : पोहोर नै विस्थापित हुनुपर्ने तुइन अझै उस्तै
गोदामचौर बलात्कारमा पनि प्रहरीद्वारा प्रमाण नष्ट, डिएनए म्याच भएन
काठमाडौँ : एक वर्षअघि ललितपुरको गोदाजरी –१ गोदामचौरमा भएको सामुहिक बलात्कार घटनाका तीन फरार अभियुक्त गोदावरीमै पक्राउ परेका छन् । अदालतले थुनामा राख्न आदेश दिएको १० महिनापछि रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रहरीले बुधवार गोदावरीमै पक्राउ गरेको हो । निर्मला पन्तको हत्या प्रकरणमा जस्तै यो घटनाको अनुसन्धानमा पनि प्रहरीले लापरबाही गरेको छ ।… Continue reading गोदामचौर बलात्कारमा पनि प्रहरीद्वारा प्रमाण नष्ट, डिएनए म्याच भएन
भारतको दिल्लीमा कानुङ् लाङ्घाली मगर समाजको स्थापना
नयाँ दिल्ली,मंसिर २७ भारतको नयाँ दिल्लीमा नेपालमा अवस्थित मगरहरूको प्रतिनिधित्व गर्दै कानुङ् लांघाली मगर समाज दिल्लीको विधिवत रूपमा स्थापना भएको छ । नयाँ दिल्लीमा एक परिचयात्मक कार्यक्रमका बीच बुधबार कानुङ् लांघाली मगर समाजको विधिवत स्थापना भएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा भारत स्थित नेपाली राजदूतावासका प्रतिनिधि होम प्रसाद लुइँटेलले उक्त समाजलाई शुभकामना प्रदान गर्दै… Continue reading भारतको दिल्लीमा कानुङ् लाङ्घाली मगर समाजको स्थापना
सात जना भारतीयलाई नागरिकता बनाउन सिफारिस गर्ने जनप्रतिनिधि र कर्मचारी धरौटीमा छुटे
विराटनगर : सात जना भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्न भुमिका खेलेको आरोप लागेका विराटनगर महानगरपालिका– १ का वडा सदस्य र तत्कालिन वडा सचिव धरौटीमा छुटेका छन् । विभिन्न मितीमा सात जना भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन भुमिका खेलेको आरोप लागेका वडा सदस्य रमेश साह १ लाख २० हजार धरौटी बुझाएर बुधवार छुटेका हुन्… Continue reading सात जना भारतीयलाई नागरिकता बनाउन सिफारिस गर्ने जनप्रतिनिधि र कर्मचारी धरौटीमा छुटे
ज्यान जोखिममा रहेका गर्भवतीको हवाई उद्धार सुरु, सुरुमा कुन–कुन जिल्ला परे ?
काठमाडौँ,मंसिर २७ सरकारले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी हुने अवस्थाका ज्यान जोखिममा रहेका महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी स्वास्थ्य संस्थामा लैजाने कार्यक्रम शुरु गरेको छ । यसअघि गर्भवती तथा सुत्केरीको ज्यान जोखिममा हुँदा आर्थिक अवस्था सबल हुनेका आफन्तले आफ्नै खर्चमा हेलिकोप्टरमार्फत उद्धार गरी अस्पताल लैजाने गरेपनि कमजोर आर्थिक अवस्था भएकाले समयमै उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने बाध्यता… Continue reading ज्यान जोखिममा रहेका गर्भवतीको हवाई उद्धार सुरु, सुरुमा कुन–कुन जिल्ला परे ?
भरुवा बन्दुक बनाउने सामान सहित १ पक्राउ
पाँचथर, मंसिर २६ पाँचथरको याङवरक गाउँपालिका–३ ओयामबाट प्रहरीले बुधवार भरुवा बन्दुक बनाउने सामान सहित १ जनालाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा प्रहरी चौकी फलैचाबाट खटिएको प्रहरी टोलीले ५ नाल भरुवा बन्दुकको पाटपुर्जा सहित पाँचथर हिलिहाङ गाउँपालिका–५ सुभाङ बस्ने वर्ष ४८ को बुद्धिमान बि.क. लाई पक्राउ गरेको हो । दिउँसो १२ बजे बि.क. ले… Continue reading भरुवा बन्दुक बनाउने सामान सहित १ पक्राउ
जंगली हात्तीले घर भत्कायो
झापा, मंसिर २६ झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा मंगलबार जंगली हात्ती गाउँमा पस्दा अन्दाजी १ लाख मूल्य बराबरको क्षति भएको छ । राती १२ बजे जंगलबाट निस्किएको हात्तीले सोही स्थान बस्ने पबित्रा प्रधानको टिनले छाएको १ तले घरको कोठा भत्काएर २ मन धान र १ बोरा चामल खाएर नष्ट गरेको छ । उक्त हात्तीलाई प्रहरी र… Continue reading जंगली हात्तीले घर भत्कायो
आगलागी हुँदा १५ लाख बराबरको क्षति
विराटनगर,मंसिर २६ झापाको कमल गाउँपालिका–७ बस्ने मान बहादुर खड्काको टिनको छानो भएको काठको बेरा लगाएको २ तले घरमा आगलागी हुँदा अन्दाजी १५ लाख मूल्य बराबरको क्षति भएको छ । बिहान करिब सवा ७ बजे खोले पकाउने क्रममा अचानक आगलागी हुँदा खड्काको २ वटा घर, १ तले गोठ, काठपात, पराल, धान र लत्ताकपडा जलेर नष्ट भएको… Continue reading आगलागी हुँदा १५ लाख बराबरको क्षति
उदयपुरमा आगलागी : ३ घर जलेर नष्ट
बिराटनगर, मंसिर २६ उदयपुरको कटारी नगरपालिका–८ घुम्ती शिरिसेमा बुधबार बिहान ३ वटा घरमा आगलागी हुँदा अन्दाजी ८ लाख मूल्य बराबरको क्षति भएको छ । बिहान करिब साढे ३ बजेको समयमा सोही स्थान बस्ने कृष्णलाल श्रेष्ठको फूसको छाना भएको १ तले घर, नगद १५ हजार, किरानासामान, अन्नपात, लत्ताकपडा, भाँडावर्तन सहित अन्दाजी ४ लाख मूल्य बराबरको क्षति… Continue reading उदयपुरमा आगलागी : ३ घर जलेर नष्ट
क्यान इन्फोटेक २०१९ को टाईटल स्पोन्सर सुबिसु
विराटनगर,मंसिर २६ क्यान इन्फोटेक मेलाको टाईटल स्पोन्सर सुबिसुले लिएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)मोरङको आयोजनामा आगामी पौष १९ गतेदेखि विराटनगरमा हुन लागेको सो मेलाको टाईटल स्पोन्सर सुबिसुले लिएको क्यान इन्फोटेक २०१९ प्रचार प्रसार समितिका संयोजक जयन्त बोथराले जानकारी दिए । विश्वमा सुचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएको विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा… Continue reading क्यान इन्फोटेक २०१९ को टाईटल स्पोन्सर सुबिसु
स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन जागरण अभियान
विराटनगर, मंसिर २६ रतुवामाई नगरपालिकामा स्थानिय तह, सरोकारवाला र स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य वीमा सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य वीमा बोर्ड प्रदेश नं १ शाखा कार्यलय विराटनगरले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य विमाको महत्व, प्रभावकारीता र लाभका विषयमा छलफल गरिएको थियो । सो अबसरमा रतुवमाई नगरपालिकाका मेयर रविन राईले स्वास्थ्य वीमा सम्बन्धी जानकारी… Continue reading स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन जागरण अभियान
शिकार खेल्ने क्रममा गोली लाग्दा एक जना घाईते
ताप्लेजुङ, मंसिर २६ शिकार खेल्ने क्रममा गोलीले लागेर ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका–२ बस्ने २० बर्षीय संदेश लिम्बु गम्भीर घाईते भएका छन् । मंगलवार दिउसो शिकार खेल्न भनी स्थानीय जंगलमा भरुवा बन्दुक बोकेर गएका लिम्बु पेटको दाहिने पट्टी भागमा गोली लागेर गम्भीर अवस्थामा फेला परेका हुन् । संदेश लिम्बु र स्थानीय सुमित लिम्बु दुईजना मात्र भरुवा… Continue reading शिकार खेल्ने क्रममा गोली लाग्दा एक जना घाईते
उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा,जानकी मन्दिरमा पूजाअर्चना
जनकपुर, मंसिर २६ उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाह पञ्चमी महोत्सवमा जनकपुरधाम आईपुगेका छन् । विवाहपञ्चमीको मुख्य अतिथिको रुपमा आदित्यनाथ जनकपुरधाम आएका हुन् । जानकी मन्दिरमा उनले पूजा गरेका छन् । निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ त्यहाँबाट सीधै जानकी मन्दिरमा गएका थिए । … Continue reading उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा,जानकी मन्दिरमा पूजाअर्चना
जनकपुरधाममा आज राम-जानकी विवाहको विशेष उत्सव
जनकपुरधाम, मंसिर २६ जनकपुरधाममा आज भगवान् सीताराम विवाह पञ्चमी महोत्सव पौराणिक प्रचलनअनुसार मनाइँदै छ ।जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । सो महोत्सवमा सहभागी हुन यस पटक लाखौँ श्रद्धालु यहाँ आएका छन् । सो क्रममा श्रद्धालुले जानकी मन्दिरलगायत यहाँस्थित देवालयमा आज बिहानैदेखि पूजाअर्चना गरिरहेका छन् । यस… Continue reading जनकपुरधाममा आज राम-जानकी विवाहको विशेष उत्सव
सार्वजनिक खरिद अनुगमन कार्यालयकाे निष्कर्ष : वाइडबडी खरिद सम्झौता नै शंकास्पद
वाइडबडी विमान खरिद गर्दा नेपाल वायुसेवा निगमले गरेको सम्झौता नै शंकास्पद पाइएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको अध्ययनले सम्झौता ऐनविपरीत रहेको औंल्याएको हो । कार्यालयले सम्झौता सार्वजनिक खरिद ऐनअनुसार नरहेको निष्कर्षसहितको प्रतिवेदन संसदको सार्वजनिक लेखा समितिमा बुझाएको छ ।समितिका एक सदस्यले प्रतिवेदनमा उल्लिखित विवरणअनुसार खरिद सम्झौता र त्यसका सर्त तय गर्दा उल्लेख हुनुपर्ने बोलपत्रसम्बन्धी कागजातमा कतिपय… Continue reading सार्वजनिक खरिद अनुगमन कार्यालयकाे निष्कर्ष : वाइडबडी खरिद सम्झौता नै शंकास्पद
मर्यादाक्रमप्रति अझै असन्तुष्टि
काठमाडौं : सरकारले झन्डै एक बर्षअघि गत साल माघमा सार्वजनिक गरेको विभिन्न पदाधिकारीको मर्यादाक्रमप्रति अझै असन्तुष्टिहरु आईरहेका छन् ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ । यसरी असन्तुष्टि जनाउनेमा कर्मचारीका नेतादेखि गाउँपालिकाका उपाध्यक्षसम्म रहेका छन् । निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाललाई यो मर्यादाक्रमप्रति चित्त बुझेकै छैन । यसमा पुनरावोलकन हुनुपर्ने उहाँको माग छ । संघीय… Continue reading मर्यादाक्रमप्रति अझै असन्तुष्टि