पूर्व राजाले पोखरामा नयांबर्ष भब्य रुपमा मनाउने

काठमाडौं : अंग्रेजी नयाँ बर्ष मनाउन पुर्वराजा ज्ञानेन्द्र र पुर्वरानी  कोमल यही पुस २ गते पोखरा जाने कार्यक्रम तय भएको छ । , आजको नेपाल समाचारपत्रमा यो खबर छ । त्यसको तयारीका लागि पुर्वराजपरिवार चढ्ने सवारीसाधन र सुरक्षाकर्मीसहितको टोली १ गते पोखरा जाने भएका छन् । २ गते निजी सचिव सागर तिमल्सिना, निजी अंगरक्षक सशस्त्रका डीएसपी पोखरा जाने… Continue reading पूर्व राजाले पोखरामा नयांबर्ष भब्य रुपमा मनाउने

दुई अर्बको कागती आयात

काठमाडौं : सरकारले कृषि तथा कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा मुलुकमा एक वर्षमै करिब दुई अर्ब रुपैयाँको कागती आयात भएको छ।, यो खबर आजकोनागरिक दैनिकमा छ । राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार आर्थिक वर्ष ०७४–७५ मा भारतबाट दुई अर्ब १५ करोड रुपैयाँको कागती आयात भएको हो।केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत राजेन्द्र कोइरालाले यो तथ्यांक अझ… Continue reading दुई अर्बको कागती आयात

पृथ्वीनारायण शाहको तरबार चोरियो

नुवाकोट : देवीघाटस्थित पृथ्वीनारायण शाहको शालिकमा रहेको तरबार चोरी भएको छ । विदुर नगरपालिका –५ स्थित शालिक स्मारकमा बिहीबार राति तरबार भाँचेर लगिएको थियो । ‘बालाचतुर्दशीको राति चौसठ्ठीमा बत्ती बाल्ने भीड थियो,’ स्मारकमा हेरालु काम गर्दै आएका रामेश्वर नेपालले भने, ‘भोलिपल्ट सात बजे हेर्दा तरबार देखिएन । हाकिमलाई जानकारी गराएँ ।’ तरबार नदेखिएपछि नजिक रहेको… Continue reading पृथ्वीनारायण शाहको तरबार चोरियो

जनप्रतिनिधि नै ठेकेदार : निर्माण कार्यमा ढिलासुस्ती

s curve road

विराटनगर : ३० महिनामा निर्माण सम्पन्न गर्नेगरी विराटनगर– देवानगञ्ज सडक निर्माणको ठेक्का लिएका एक जनप्रतिनिधिले तोकिएको आधामात्र काम सम्पन्न भएपछि म्याद थप गर्ने तयारी गरेका छन् । सुनसरीको कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारीको कम्पनीले ठेक्का लिएको विराटनगर– देवानगञ्ज सडक निधारित समयमा आधा मात्र सम्पन्न भएपछि ६ महिना थप गर्ने तयारी गरेका हुन् । विराटनगरस्थित सडक… Continue reading जनप्रतिनिधि नै ठेकेदार : निर्माण कार्यमा ढिलासुस्ती

विपन्नलाई उद्यमशील बनाउन बिना धितो ऋण दिइने

काठमाडौँ,मंसिर २५ विपन्न समुदायलाई उद्यमशील बनाउन चार हजार ३०० कृषक एवं महिला उद्यमीलाई बिना धितो ऋण प्रवाह गरिने भएको छ । बेलायती सहयोग नियोग (युकेएड) सक्षम परियोजना, हेफर इन्टरनेशनल र माछापुच्छे« बैंकबीच यससम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हेफरका राष्ट्रिय निर्देशक डा शुभनारायण महतो, युकेएड सक्षमका कार्यक्रम संयोजक निर्मल दाहाल र बैंकका प्रमुख… Continue reading विपन्नलाई उद्यमशील बनाउन बिना धितो ऋण दिइने

विद्युत उत्पादन १० वर्षमा १५ हजार मेगावाट पुर्याउन टेक अर पे पिपिए खुल्याे

काठमाडौं,मंसिर २५ सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन लक्ष्य पूरा गर्न ‘टेक अर पे’ (लिउ या तिर) प्रावधानको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) खुलाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वयतपत्रको लक्ष्य कार्यान्वयन गर्न टेक अर पे प्रावधानको पिपिए खुलाउने निर्णय गरेको हो । ‘आगामी दशक ऊर्जा दशक’ नारा दिएर ल्याइएको स्वयतपत्रको… Continue reading विद्युत उत्पादन १० वर्षमा १५ हजार मेगावाट पुर्याउन टेक अर पे पिपिए खुल्याे

१ लाख १० हजार भन्दा बढीको अबैध समान बरामद

मोरङ, मंसिर २५ मोरङको बिराटनगर महानगरपालिका–१५ का बिभिन्न स्थानहरुबाट १ लाख १० हजार भन्दा बढीको अबैध समान बरामद भएको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतको जोगबनीबाट अबैध रुपमा भन्सार छलि ल्याएको खाद्यान्न, लत्ताकपडा तथा किराना सामान बरामद गरेको हो । बरामद गरिएको समान आवश्यक कारवाहीको लागि आजै बिराटनगर भन्सार कार्यालय बुझाइएको… Continue reading १ लाख १० हजार भन्दा बढीको अबैध समान बरामद

भारतीय ट्रकले लियो बाबु छोराको ज्यान

झापा, मंसिर २५ झापाको दमक नगरपालिका–५ पुर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा बाबु छोराको मृत्यु भएको छ । आज दिउसो करिब २ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको एच. आर. २७ जे ०६२५ नम्बरको भारतिय ट्रकले सोही दिशा तर्फ जाँदै गरेको को ३३ प ७९४५ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिंदा मोटरसाईकल चालक मोरङ पथरी… Continue reading भारतीय ट्रकले लियो बाबु छोराको ज्यान

मलेसियामा दैनिक १ जना नेपालीको मृत्यु

मलेसिया,मंसिर २५ धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेका छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । मलेसियास्थित नेपाली राजदूतावासले दिएको तथ्याङ्कअनुसार सन् २०१८ को हालसम्म ३२२ को विभिन्न कारणले मृत्यु भएको… Continue reading मलेसियामा दैनिक १ जना नेपालीको मृत्यु

आरक्षित वर्गले पाउदैनन् सार्वजनिक यातायातमा सिट (भिडियो रिपोर्टसहित)

टेकराज बन्जरा विराटनगर, मंसिर २५ सार्वजनिक यातायातमा यात्रा गर्दा महिला, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई छुट्याईएको आरक्षण सिट कार्यान्वयन नभएको पाईएको छ । प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट छुट्ने अधिकांश बसले छुट्याईएको आरक्षण सिटमा तोकिएको वर्गलाई नबसाई अन्य यात्रुहरु बसाउने गरेको पाईएको हो । सार्वजनिक यातायात आचारसंहिता २०६७ अनुसार महिला, शारीरिक अपाङ्गता तथा अशक्त… Continue reading आरक्षित वर्गले पाउदैनन् सार्वजनिक यातायातमा सिट (भिडियो रिपोर्टसहित)

गोदाममा मल छ तर मोरङका किसानले पाएनन् (भिडियो रिपोर्टसहित)

विराटनगर, मंसिर २४ पूर्वी तराईका किसानहरुलाई यतिबेला धान थन्क्याउने र गहुँ छर्ने चटारो छ । धान थन्क्याएर गहु छर्ने बेला किसानहरु भने गहुँको बिउ र मल नपाएको गुनासो गरेका छन् । धान रोप्ने सिजनमा आवश्यक पर्ने युरिया अभाव झेलेका मोरङका किसानहरु यतिबेला गहुँको बिउ र त्यसलाइ आवश्यक पर्ने डिएपी मल अभाव हुँदा हैरानी व्यहोरिरहेका छन्… Continue reading गोदाममा मल छ तर मोरङका किसानले पाएनन् (भिडियो रिपोर्टसहित)

विराटनगरका श्यामसुन्दरको जेसीज राष्ट्रिय कार्यकारीणी पदमा उम्मेदवारी घोषणा

विराटनगर,मंसिर २५ विराटनगरका युवा व्यवसायी श्यामसुन्दर पौडेल (मिलन) ले आसन्न नेपाल जेसीजको राष्ट्रिय कार्यकारीणी पदमा उम्मेदवारी दिएका छन् ।यही पुष ७ देखि १० गतेसम्म जनकपुरमा हुन लागेको ४५ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने भएकाले पौडेलले उमेद्वारी दिएका हुन् । २०१६ मा विराटनगर जेसीजको नेतृत्व सम्हालेका पौडेल वर्ष २०१८ का जेसीजका राष्ट्रिय उपाध्यक्ष हुन्… Continue reading विराटनगरका श्यामसुन्दरको जेसीज राष्ट्रिय कार्यकारीणी पदमा उम्मेदवारी घोषणा

पत्नीलाई नै पतिको काजकिरिया गर्नबाट रोकियो

विराटनगर,मंसिर २५ श्रीमानको मृत्यु हुँदासमेत श्रीमानको घरमा काज किरियामा बस्न नदिई आफूमाथि अभद्र ब्यबहार गरेको भन्दै एक महिलाले न्यायको अपिल गरेकी छिन् । हाल काठमाडौँको गोकर्णेश्वर–३, नयाँवस्ती बस्ने कौशादेवी घिमिरे ढुङ्गेलले यही मंसिर १८ गते श्रीमान मुक्तिनाथ ढुङ्गेलको मृत्यु भएपछि घरमा आएर काजकिरिया गर्न खोज्दा आफुलाई घरभित्र पस्न नदिने र काजकिरिया गर्न नदिने भनी अभद्र… Continue reading पत्नीलाई नै पतिको काजकिरिया गर्नबाट रोकियो

ईलाममा आगलागी : १८ लाखको क्षति

ईलाम, मंसिर २५ ईलामको माई नगरपालिका–३ कमलटारमा आइतबार आगलागी हुँदा अन्दाजी १८ लाख मूल्य बराबरको क्षति भएको छ । सोमवार राती १० बजे ७० बर्षीय दिलबहादुर लावतीको काठ र टिनको छानो भएको ३ तले घरमा बिद्युत सर्ट भई अचानक आगलागी भएको थियो । आगलागीबाट घर, घर भित्र रहेको खाद्यान्न, लत्ताकपडा लगायत सम्पूर्ण सामान जलेर नष्ट… Continue reading ईलाममा आगलागी : १८ लाखको क्षति

आँफैले बोकेको भरुवा बन्दुक पड्किएर १ जनाको मृत्यु

धनकुटा, मंसिर २५ धनकुटाको पाख्रिबास नगरपालिका–८ चुहाडे खोलामा सोमवार साँझ भरुवा बन्दुक पड्किएर १ जनाको मृत्यु भएको छ । साँझ ५ बजेको समयमा आँफैले बोकेको भरुवा बन्दुक पड्किएर सोही स्थान बस्ने जित बहादुर राईको छोरा बर्ष ३५ को भीम कुमार राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाख्रिवासले जनाएको छ । कानूनी प्रकृया पूरा गरी मृतकको… Continue reading आँफैले बोकेको भरुवा बन्दुक पड्किएर १ जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

उदयपुर, मंसिर २५ उदयपुरको कटारी नगरपालिका–१४ घुर्मी पेट्रोल पम्प अगाडी सोमवार ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाण्डौँ तर्फ जाँदै गरेको बा ३ ख ५६१५ नम्बरको ट्रकको ठक्करबाट तत्काल पहिचान नखुलेका अन्दाजी ४५ बर्षका पुरुष व्यक्तिलाई ठक्कर दिएको थियो । दिउँसो सवा २ बजेको समयमा भएको दुर्घटनामा गम्भिर घाइते उनलाई उपचारको लागि… Continue reading ट्रकको ठक्करबाट एक जनाको मृत्यु

खनारमा भीषण आगलागी, करोडौको क्षति

विराटनगर,मंसिर २५ सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा रहेको लक्ष्मी फोम एण्ड लुप म्याट इण्डट्रिज उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट उद्योगमा रहेको तयारी तथा कच्चा पदार्थ र उपकरण गरी करोडौको नोक्सानी भएको छ । उद्योगको काम बन्द भएको र मजदुर नभएको अवस्थामा एकाएक डोरम्याट बनाउने उद्योगको तयारी वस्तु गोदाम क्षेत्रबाट आगो फैलिएको प्रहरीले… Continue reading खनारमा भीषण आगलागी, करोडौको क्षति

एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !

नेपालगन्ज : बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ (५१) ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन्। देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई तलाक दिएका हुन्। नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खाँले तीनै जना श्रीमतीलाई सम्बन्धविच्छेद दिएको पुष्टि गरे। ‘दुई वटा पत्नी हुँदै तेस्रो बिहे गरेपछि… Continue reading एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !

दुई महिनामै नौ सय कर्मचारीको भ्रमण !

काठमाडौं : सरकारले विदेश भ्रमणमा कडाई गरे पनि निजामति कर्मचारीले त्यसलाई लत्याउँदै विदेश भ्रमणलाई तीव्र बनाएका छन् । , आजको नागरिक दैनिकमा यो खबर छ । निर्देशन अवज्ञा गर्दै कर्मचारीको विदेश सयर बढेपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले विदेश भ्रमणमा जाने कर्मचारीको सुची संकलन गरेको हो । पछिल्लो दुई महिना असोज र कात्तिक म मात्र ९ सयभन्दा बढी कर्मचारी… Continue reading दुई महिनामै नौ सय कर्मचारीको भ्रमण !

सुधागरगृहमै हुन्छ यौन दुराचार

काठमाडौं : सुकेधारास्थित ट्रान्सफरमेसन नेपाल नामक सुधारगृहमा यौन दुराचार हुने गरेको खुलेको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ । अमानवीय व्यवहार हुने गरेको भन्दै उक्त सुधारगृहबाट प्रहरीले शुक्रबार २१ जनालाई उद्धारसमेत गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पीडितको उजुरीपछि सुधारगृहमा यौन दुराचारसमेत हुने गरेको खुलेको हो । घटनामा संलग्न भएको भन्दै प्रहरीले… Continue reading सुधागरगृहमै हुन्छ यौन दुराचार

साढे दुई करोड गुमाएर फर्किए अमेरिका हिँडेका युवा : कोही आइल्यान्डमा जेल , कोही हाइटीमा अलपत्र

करिब एक वर्षअघि अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् । दलालले उनीहरूलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्‍याउने भनेको थियो । तर, बाटोमै जेल सजायसमेत भोगेर उनीहरू स्वदेश फर्किएका हुन् । रोल्पाका २२ वर्षीय नरेन्द्र घर्तीमगर १ असोज ०७४ मा अमेरिका जान हिँडेका थिए । अमेरिका पुग्ने आसमा… Continue reading साढे दुई करोड गुमाएर फर्किए अमेरिका हिँडेका युवा : कोही आइल्यान्डमा जेल , कोही हाइटीमा अलपत्र

यस्तो परम्परा जहाँ ६४ वटा बोका मान्छेको दाँतले काटेर मार्ने गरिन्छ

डोटी : सुन्दा अचम्म लाग्न सक्छ । डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका काट्ने परम्परा विद्यमान छ । त्यसलाई स्थानीयले दैवी शक्ति र परम्पराकाका रुपमा लिने गरेका छन् । प्रत्येक तीन–तीन वर्षमाा यसरी बोकाको बली चढाए गाउँमा जंगली जनावर, भूत, प्रेत, बाढी पहिरोले दुख नदिने र मनोकामना पूरा हुने जनविश्वास छ… Continue reading यस्तो परम्परा जहाँ ६४ वटा बोका मान्छेको दाँतले काटेर मार्ने गरिन्छ

समायोजन हुने कर्मचारीलाई मुख्यसचिवसम्मै अवसर

काठमाडौं : प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीले अन्तरसेवा प्रतिस्पर्धामार्फत संघीय निजामति सेवाको मुख्यसचिवसम्म प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।, आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छ । सरकारले मंगलबारदेखि कार्यान्वयनमा ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७५ ले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई संघीय निजामति सेवाका पदमा पनि वृत्ति विकासको… Continue reading समायोजन हुने कर्मचारीलाई मुख्यसचिवसम्मै अवसर

डोकोमा राखेर आमाले बच्चा फाल्न लगेपछि…

संखुवासभा : खाँदबारी नगरपालिकाकी एक महिला नवजात शिशु हत्या अभियोगमा पक्राउ परेकी छिन् । खाँदबारी ६ मयमकी ३७ बर्षीया फुलमाया राई शिशु हत्या अभियोगमा फक्राउ परेकी हुन् । , आजको नयाँ पत्रिकामा यो खबर छ । एकल जीवन बिताईरहेकी फुलमायाले अवैध गर्भधारणपछि जन्मिएको शिशुको हत्या गरेको प्रहरीले जनाएको छ । उनको पति टंकमान राईको केही बर्षअघि नै मृत्यु… Continue reading डोकोमा राखेर आमाले बच्चा फाल्न लगेपछि…

प्रमाण होईन, बयान खोज्दै प्रहरी !

कञ्चनपुर: अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै छ । वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ । पछिल्लोपटक पक्राउ परेकाहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाईमा पनि धेरैको अविश्वास छ । पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले सोधपुछका क्रममा अपराध स्वीकार गरे पनि प्रहरी ढुक्क… Continue reading प्रमाण होईन, बयान खोज्दै प्रहरी !

निर्माण सम्पन्न भएपनि बसपार्क सञ्चालनमा ढिलाई

विराटनगर : विराटनगरमा बनेको दुई तले अत्याधुनिक र सुविधासम्पन्न बसपार्क सञ्चालनमा ढिलाई भएको छ । बसपार्क निर्माणको ठेक्का पाएको गौरी पार्वती निर्माण सेवा काठमाडौँले तोकिएकै समयमा काम सम्पन्न गरेर पनि सञ्चालनमा ढिलाई भएको हो । बसपार्क अगाडि प्रवेशद्धारमा निर्माणाधिन ६ लेन सडकको ड्रेन निर्माण नहुँदा बसपार्क सञ्चालनमा आउन नसकेको हो । निर्माण कम्पनीले १८ महिनामै… Continue reading निर्माण सम्पन्न भएपनि बसपार्क सञ्चालनमा ढिलाई

रंगेलीलाई नयाँ शहर बनाउन स्थानीयले दिए थप ६१ विघा जमिन

रंगेली : मोरङको रंगेली नगरपालिका– ७ का स्थानीयबासीले नयाँ शहर स्थापनाका लागि ६१ विघा जमिन उपलब्ध गराएका छन् । सरकारले हुलाकी राजमार्ग अन्तरगत रहेको रंगेली बजारलाई नयाँ सहरका रुपमा विकास गर्ने लक्ष्यसहित नयाँ सहरका लागि जग्गा माग गरेको अवस्थामा स्थानीयले सो जग्गा उपलब्ध गराएका हुन् । रंगेली– ७ का वडाअध्यक्ष रामचन्द्र मण्डलमार्फत ६१ विघा जमिनको… Continue reading रंगेलीलाई नयाँ शहर बनाउन स्थानीयले दिए थप ६१ विघा जमिन

करोडौँ उठाएर भाग्ने सुन पसलेविरुद्ध उजुरी

विराटनगर : विराटनगरका शाखा कार्यालय रहेका तीन वटा बैंक र सर्वसाधारणबाट गरी करीब ४२ करोड भन्दा बढी रुपैँया उठाएर एक सुन पसल सञ्चालक फरार भएपछि ठगिएका केहीले प्रहरीमा उजुरी गरेका छन् । पसल बन्द गरेर परिवारसहित शिशु भनिने सन्तोष बेगवानी फरार भएपछि धितोमा सुन राखेर ऋण लिएका सर्वसाधारणले प्रहरीमा उजुरी गरेका हुन् । विराटनगर– ७… Continue reading करोडौँ उठाएर भाग्ने सुन पसलेविरुद्ध उजुरी

मानवअधिकार दिवसको अवसरमा विराटनगरका दुई अधिकारकर्मी सम्मानित

विराटनगर,मंसिर २५ अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा सोमबार विराटनगरमा दुईजना मानवअधिकारकर्मीहरुलाई सम्मान गरिएको छ । ७० औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर लामो समयदेखि मानवअधिकारका क्षेत्रमा काम गर्ने इन्सेक पूर्वाञ्चलका संयोजक सोमराज थापा र बाल समाज विराटनगरकी अध्यक्ष सीता पौडेललाई सम्मान गरिएको हो ।   उनीहरुलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश नम्बर… Continue reading मानवअधिकार दिवसको अवसरमा विराटनगरका दुई अधिकारकर्मी सम्मानित

जनकपुरमा मंसिर २५ र २६ गते विदा

विराटनगर,मंसिर २४ राम–सीता विवाहपञ्चमी महोत्सवमा जनकपुरमा स्थानीय सरकारले दुई दिन बिदा दिने निर्णय गरेको छ।जनकपुरधाम उप–महानगरपालिकाले विवाह पञ्चमीलाई भव्यतापूर्वक मनाउन भन्दै दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको हो । जसअनुसार मंसिर २५ र २६ गते जनकपुरधाम नगर भित्रको सम्पूर्ण सामुदायिक विद्यालयको पठन पाठन बन्द हुनेछ । विवाहपञ्चमी महोत्सवमा लाखौँ श्रद्धालु भक्तजनको सहभागिता हुने अनुमान… Continue reading जनकपुरमा मंसिर २५ र २६ गते विदा

मोरङमा आपराधिक गतिविधिमा युवापुस्ताको संलग्नता बढ्दो(भिडियो रिपोर्टसहित)

विराटनगर,मंसिर २४ प्रदेश नम्बर १ मा पछिल्लो समय आपराधिक गतिविधिमा १६ देखि २५ वर्ष उमेरसमूहका व्यक्तिको संलग्नता बढ्दै गएको देखिएको छ ।घर परिवारको वेवास्ताका कारण पनि युवापुस्ता आपराधिक क्रियाकलापमा बढी संलग्न भएको सक्ने प्रहरीको अनुसन्धान छ । पछिल्लो समय आपराधिक गतिविधिमा युवापुस्ताको संलग्नता अस्वाभाविक रुपमा बढ्दै गएको देखिएको छ । ज्यान मार्ने, बलात्कार गर्ने हातहतियार… Continue reading मोरङमा आपराधिक गतिविधिमा युवापुस्ताको संलग्नता बढ्दो(भिडियो रिपोर्टसहित)

छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर, मंसिर २४ मोरङ र झापा जिल्लामा सोमबार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।मोरङको कटहरी गाउँपालिका–४ नयाँ बजारमा सोमवार दिउँसो ट्याक्टर ट्रली र ईन्जीन जोड्ने हिच भाँच्चिदा उक्त ट्याक्टरका सह–चालकको मृत्यु भएको छ । भित्री सडक खण्ड अन्तर्गत दिउँसो साढे १२ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १ त ३७६८… Continue reading छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

१ लाख भन्दा बढीको सामान भन्सारमा बुझाईयो

मोरङ, मंसिर २४ मोरङको बिराटनगर महानगरपालिका–१५ को बिभिन्न स्थानबाट प्रहरीले अन्दाजी १ लाख ३ हजार ५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सारमा बुझाएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सोमबार चेकजाँचको क्रममा भारतबाट अवैध रुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेकोे किराना सामान, लत्ताकपडा र गहुँको बिउ बरामद गरेको थियो… Continue reading १ लाख भन्दा बढीको सामान भन्सारमा बुझाईयो

मेलम्चीमा ३६ करोड माग्दै ठेकेदारको लफडा, आउला त ६० दिनमा पानी ?

/fli6«o uf}/jsf] d]nDrL vfg]kfgL cfof]hgfcGtu{t cfh hf]l8Psf] ;'Gb/Lhntkm{sf] ;'?ª dfu{ -6g]n_ / l;Gw'kfNrf]stkm{sf] ;'?ª dfu{ . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौं,मंसिर २४ मेलम्ची खानेपानी आयोजनामा ठेकेदार कम्पनी सिएमसीले ३६ करोडको नयाँ बखेडा झिकेको छ । भूकम्पका कारण कामको प्रकृति बदलिएर बढी दायीत्व परेको भन्दै कम्पनीले १ अर्ब ६५ करोड रुपैंयाँ अतिरिक्त भुक्तानी मागेको थियो । कन्सल्टेन्टले २८ करोड अतिरिक्त दायीत्व बढेकाले भुक्तानी दिनुपर्ने भनेको थियो । सोही अनुसार आयोजनाले ठेकेदार कम्पनीलाई सो मात्रामा भुक्तानी पनि… Continue reading मेलम्चीमा ३६ करोड माग्दै ठेकेदारको लफडा, आउला त ६० दिनमा पानी ?

प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सुनसरी, मंसिर २४ सुनसरीको सीमावर्ती क्षेत्रमा भएको प्रहरी कारवाहीमा आईतवार राती १ जनाको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलमा राती ०९ः४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरी तथा सीमा प्रहरी चौकी भाण्टाबारीबाट खटिएको संयुक्त गस्ती टोली र अपरिचित व्यक्तिहरु बीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर अज्ञात व्यक्तिको मृत्यु भएको हो ।… Continue reading प्रहरीको गोली लागेर एक जनाको मृत्यु

निर्मला पन्तको न्याय र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गरेका अधिकारकर्मी पक्राउ

काठमाडौं,मंसिर २४ दण्डहीनताको अबन्त्य र मानवअधिकार संरक्षणको माग गर्दै बालुवाटार पुगेका १५ जनाभन्दा बढी मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । विश्व मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन खोजेका अधिकारकर्मी कृष्ण पहाडी लगायतलाई प्रहरीले पक्राउ गरेको हो । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्याय र हत्यामा संलग्नलाई कारबाही लगायतका माग गर्दै ७०… Continue reading निर्मला पन्तको न्याय र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गरेका अधिकारकर्मी पक्राउ

सुन्दै अचम्म लाग्ने परम्परा: ६४ बोका मान्छेको दाँतले टोकेर मार्ने प्रचलन

डोटी,मंसिर २४ सुन्दा अचम्म लाग्न सक्छ । डोटीको एक गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका दाँतले टोक्ने परम्परा विद्यमान छ ।  त्यसलाई स्थानीयले दैवीशक्ति र परम्पराका रूपमा लिने गरेका छन् । प्रत्येक तीन/तीन वर्षमा यसरी बोकाको बलि चढाए गाउँमा जङ्गली जनावर, भूतप्रेत, बाढीपहिरोले दुःख नदिने र मनोकामना पूरा हुने जनविश्वास छ ।… Continue reading सुन्दै अचम्म लाग्ने परम्परा: ६४ बोका मान्छेको दाँतले टोकेर मार्ने प्रचलन

करेण्ट लागेर पाँचथरमा १ जनाको मृत्यु

पाँचथर, मंसिर २४ पाँचथरको फिदिम नगरपालिका–१४ मा आइतवार करेण्ट लागेर १ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । करेण्ट लागेर सोही स्थान बस्ने बर्ष ४४ को श्याम कुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । राईलाई राती साढे ११ बजेको समयमा शौच गर्नको लागि बिजुली बत्ती बाल्ने क्रममा एमसिबी छुँदा अचानक करेण्ट… Continue reading करेण्ट लागेर पाँचथरमा १ जनाको मृत्यु

अवैध सामान भन्सारमा बुझाईयो

मोरङ, मंसिर २४ इलाका प्रहरी कार्यालय रानीले आइतबार अन्दाजी १ लाख १७ हजार ४ सय ८० रुपैयाँ बराबरको अवैध सामान भन्सारमा बुझाएको छ । बिराटनगर १५ को बिभिन्न एरियाबाट आइतवार चेकजाँचको क्रममा भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको किराना सामान, स्टिलको भाँडा, तामाको गाग्री र झर्के थाल लगायतका सामान बरामद गरेको थियो । बरामद… Continue reading अवैध सामान भन्सारमा बुझाईयो

प्रहरी र डाँकाबीच गोली हानाहान, एक डाँकाको मृत्यु

इनरुवा,मंसिर २४ सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार÷पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक… Continue reading प्रहरी र डाँकाबीच गोली हानाहान, एक डाँकाको मृत्यु

जहाँ राज्य छैन : खोलाको पानी पिउँछन्, सिटामोल लिन सात किलोमिटर हिँड्छन्

वीरगन्ज : गाउँमा एउटै पसल छैन । स्वास्थ्य चौकी त परको कुरा, औषधि पसलसम्म छैन। सडक छैन । भनेको बेला मोबाइल नेटवर्कले काम गर्दैन। आश्चर्य त के भने गाउँभरिमा एउटै धारा वा चापाकल छैन। सरकारीको नाउँमा एउटा प्राथमिक स्कुलको थोत्रो भवन छ । यहाँका मान्छे जंगली जन्तुबाट जोगिएर जीवन बिताइरहेका छन्। यो सिकारीवास गाउँ हो… Continue reading जहाँ राज्य छैन : खोलाको पानी पिउँछन्, सिटामोल लिन सात किलोमिटर हिँड्छन्

सेनामा सानालाई ऐन ठूलालाई चैन

काठमाडौँ : नेपाली सेनामा कार्यसम्पादन सरुवा, बढुवासम्ममा ठूला र पहुँच भएकालाई काखी च्याप्ने तर तल्लो दर्जा र पहुँच नभएकालाई पाखा लगाउने गरेको पाइएको छ । तल्लो दर्जा र पहुँच नभएकाले गल्ती गर्नासाथ कारबाहीको भागीदार बन्नुपरे पनि पहुँचवालले नियमविपरीत काम गर्दा पनि कारबाही नहुने गरेको स्थिती सेनाभिध रहेको हो । नेपाली सेनाले कही दिनअघिमात्र तीन अधिकृतसहित… Continue reading सेनामा सानालाई ऐन ठूलालाई चैन

उद्धार गरिएका १२ चेली फेरि बेपत्ता

काठमाडौं :भारतको राजधानी नयाँदिल्लीस्थित एउटा कोठीबाट उद्धार गरिएका आठ नेपाली चेली नौँ दिनदेखि बेपत्ता छन् । , आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । उनीहरुसँगै उद्धार गरिएका अन्य चारलाई यसअघि आश्रलयबाटै बेपत्ता पारिएको थियो । दिल्लीस्थित जीबीरोडमा रहेको बेश्यालयबाट २०१७ नोभेम्बरमा उद्धार गरिएका उनीहरु मंसिर १५ गते रातिदेखि बेपत्ता भएका हुन् । उद्धार गरिएकासहित नौ जना अचानक बेपत्ता… Continue reading उद्धार गरिएका १२ चेली फेरि बेपत्ता

तेल चोर्न पाउनुपर्‍यो भनी आन्दोलन !

काठमाडौं : इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन्। उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्‍यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे। नेपाल आयल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान गरेको छ। यसपछि चालकले तेल चोर्न पाएका थिएनन्। अहिले एक दिनमै… Continue reading तेल चोर्न पाउनुपर्‍यो भनी आन्दोलन !

महानगरको सफाई : ‘मेयरसा’प कार्यालयअगाडि ढल फुटेको देख्नुभएन ?’

काठमाडौँ : काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले शनिबार बिहान रत्नपार्कमा कुचो लगाएर ‘विशेष सरसफाइ अभियान’ सुरुवात गरे । उनी अभियानमा हौसला थप्न आएका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महाासेठ , उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत ले सरसफाइको कार्यक्रम गरे । तर, काठमाडौ महानगरपालिकाको बागरबार कार्यालयदेखि उत्तरतर्फ डेढ सय मिटर अघि हिँडेपछि पुगिन्छ – सुन्धारको… Continue reading महानगरको सफाई : ‘मेयरसा’प कार्यालयअगाडि ढल फुटेको देख्नुभएन ?’

नक्सा बिर्सिदा चारघण्टा ढिलो उड्यो विमान

काठमाडौँ : नेपाल वायु सेवा निगमको आइतबार बिहानको दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावाहकप्रति आत्मीयता राख्ने यात्रुकै बिचल्ली भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । दुबईको स्थानीय समयअनुसार बिहान ४ बजे उडान भरी ९ः४० मा काठमाडौँ अवतरण गर्नुपर्ने थियो तर निगमको लापरबाहीका कारण विमान १ बजेर ४३ मिनेटमा मात्र काठमाडौँ… Continue reading नक्सा बिर्सिदा चारघण्टा ढिलो उड्यो विमान

निर्मला हत्याकाआरोपीहरु घटना भएकै दिन पक्राउ परेको खुलासा

कञ्चनपुर : निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानको दायरामा रहको दुई जना घटना भएकै दिन पक्राउ परेको खुलेको छ ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ । अनुसन्धानका लागि काठमाडौं पुर्याईएका विशाल चौधरी र काठमाडौंमै पक्राउ परेका प्रदीप रावल कुखुरा चोरीको आरोपमा घटना भएकै दिन साउन १० गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका… Continue reading निर्मला हत्याकाआरोपीहरु घटना भएकै दिन पक्राउ परेको खुलासा

एउटा गोरुले नै खेतबारी जोत्ने प्रचलन, जहाँ महिलाले जोतेर लगाउँछन् अन्नबाली

मुगुको मुगम कर्मारोङ्ग गाउँपालिका–५ दाउरा गाउँका ३० वर्षीय थेनसिंह लामा एउटा झोवा (गोरु) जोतेर खेत गरामा लेकाली बाली लगाउन व्यस्त छन् ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । देख्दा अनौठो लाग्ने तर एउटा गोरुले नै खेतबारी जोत्ने प्रचलन यहाँ छ । थेनसिंह भन्छन् ‘यो हाम्रो बाउ बाजे देखिको खेती गर्ने तरिका हो ।’… Continue reading एउटा गोरुले नै खेतबारी जोत्ने प्रचलन, जहाँ महिलाले जोतेर लगाउँछन् अन्नबाली

निर्मला प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन गरिने

काठमाडौं : कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका आरोपीको डिएनए पनि म्याच नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने भएको छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ । संगठित अपराध ऐनमा रहेको प्रावधानअनुसार स्वतन्त्र विशेषज्ञहरुसमेत राखेर यस्तो अनुसन्धान टोली गठन गर्नेबारे गृह मन्त्रालयले छलफल गरिरहेको छ । अहिले प्रहरीले भीमदत्तनगर १८… Continue reading निर्मला प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन गरिने

नेपालमा आठ रेक्टरको भूकम्प आउने खतरा छः वैज्ञानिक

काठमाडौं : नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी गरेका छन् । जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको… Continue reading नेपालमा आठ रेक्टरको भूकम्प आउने खतरा छः वैज्ञानिक

करोडौँ उठाएर सुन व्यापारी फरार

विराटनगर : विराटनगरका एक सुन व्यापारी ग्राहक र बैँकको करोडौँ रुपैँया ऋण लिएर भागेका छन् । विराटनगरको जलजला चौकमा सुन पसल सञ्चालन गर्दै आएका शिशु भन्ने सन्तोषकुमार वेगवनी करोडौँ रुपैँया ऋण लिएर भागेका हुन् । तीन वटा बैँकको करीब २७ करोड रुपैँया तथा सर्वसाधारण र व्यापारीको करिब १३ करोड रुपैँया लिएर ॐ लक्ष्मी ज्वेलर्स सञ्चालन… Continue reading करोडौँ उठाएर सुन व्यापारी फरार

कांग्रेस नेता अर्यालको विपन्नलाई सहयोग

विराटनगर,मंसिर २४ मोरङको रंगेली नगरपालिकाको सार्वजनिक जग्गामा बसोबास गरिरहेको भन्दै हटाएका २७ घरपरिवारलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले राहात प्रदान गरे । रंगेली ७ बस पार्क नजिकैका २७ घरपरीवारलाई प्रतिपरीवार एक बोरा चामल, एउटा त्रिपाल, एकथान म्याट, एक थान कमल प्रदान गरेका हुन् । अर्यालले करिब २ लाख ५० हजार बराबरको उपभोग्य सामाग्री वितरण… Continue reading कांग्रेस नेता अर्यालको विपन्नलाई सहयोग

मोरङ मुस्लिम समाजसँग प्रहरीको अन्तरक्रिया कार्यक्रम

विराटनगर,मंसिर २३ जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा समुदायसंग चिया कार्यक्रम अन्तर्गत आईतबार मोरङ मुस्लिम समाजसँग अन्तरक्रिया गरिएको छ । टि विथ मुस्लिम कम्युनिटी नामक अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठसँग जिल्लाको शान्ति सुरक्षासंग सम्बन्धित विषयमा अन्तरक्रिया गरिएको थियो । श्रेष्ठले मोरङ प्रहरीले थालनी गरेका बिभिन्न अभियान, संचालन… Continue reading मोरङ मुस्लिम समाजसँग प्रहरीको अन्तरक्रिया कार्यक्रम

आफ्नै शिशुको हत्या गर्ने महिला पक्राउ

संखुवासभा, मंसिर २३ संखुवासभाको खाँदबारी नगरपालिका–६ मयममा आइतबार अवैध गर्भधारणबाट जन्मिएको शिशुको हत्या गरेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ । अवैध गर्भधारण गरी शिशुको हत्या अभियोगमा सोही ठाउँ बस्ने स्वर्गीय टंकमान राईकी श्रीमती ३७ वर्षीया फुलमाया राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । आइतबार रातको समयमा राईले बच्चा जन्माएर हत्या… Continue reading आफ्नै शिशुको हत्या गर्ने महिला पक्राउ

भ्रमणमा आएका भारतीय नागरिकको मृत्यु

सोलुखुम्बु, मंसिर २३ सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–४ थुक्लामा आईतवार १ जना भारतीय नागरिकको मृत्यु भएको छ । गत मंसिर १६ गते भ्रमणको शिलसिलामा रामबेलर्स नेपाल ट्रेकिङ ऐण्ड एड्भेन्चर प्रा.लि. नेपालगंज बाँके मार्फत सोलुखुम्बु आएका बर्ष ३० को भारतीय नागरिक रविकान्त मिश्रको मृत्यु भएको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ । भ्रमणको शिलसिलामा सगरमाथा बेश क्याम्प जाने… Continue reading भ्रमणमा आएका भारतीय नागरिकको मृत्यु

मोरङलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अन्तिम तयारी

विराटनगर,मंसिर २३ मोरङलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अन्तिम तयारी गरिएको छ । यहि डिसेम्बर अन्तिमभित्रै जिल्लालाई खुल्ला दिसामुक्त बनाउने तयारी गरिएको जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले बताए । मोरङका १७ स्थानीय तहमध्ये १२ वटा खुल्ला दिसामुक्त भइसकेका छन भने बांकी रहेका ५ वटा स्थानीय तह समेत छिट्टै घोषणा प्रक्रियामा छन् । मोरङको… Continue reading मोरङलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अन्तिम तयारी

पञ्जीकरण नहुने सवारी पुस १ देखि सडकमा गुड्न नपाउने

काठमाडौँ,मंसिर २३ सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने भएका छन् । उद्योग अथवा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ भदौ ५ गते सरकारलाई निर्देशन दिएको थियो । यससम्बन्धी… Continue reading पञ्जीकरण नहुने सवारी पुस १ देखि सडकमा गुड्न नपाउने

अर्जुनधारामा सरसफाई तथा जनचेतना मूलक कार्यक्रम

झापा, मंसिर २३ समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय अनारमनी झापाले सरसफाई तथा जनचेतनामूलक कार्यक्रम गरेको छ । शनिबार प्रहरीले झापाको अर्जुनधारा नगरपालिका अन्तर्गतमा रहेको धार्मिक स्थल अर्जुनधारा जलेश्वर मन्दिरमा धार्मिक परम्परा अनुसार बालचतुर्दशी मेलामा मन्दिरको परिसरमा सरसफाई कार्यक्रममको आयोजना गरेको थियो । उक्त मेलामा आफ्ना स्वर्गवासी आमा बुवाको सम्झनामा छरेका सदबिउ लगायत धर्मका… Continue reading अर्जुनधारामा सरसफाई तथा जनचेतना मूलक कार्यक्रम

लागूऔषध गाँजा सहित १ पक्राउ

सुनसरी, मंसिर २३ सुनसरीको ईटहरी उप–महानगरपालिका–४ बसन्तटोलबाट प्रहरीले गए राती लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा सहित ईलाम सन्दकपुर गाउँपालिका–४ बस्ने १८ वर्षीय को रोशन गुरुङलाई पक्राउ गरेको हो । राती करिब १ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका गुरुङलाई चेकजाँच गर्ने क्रममा २… Continue reading लागूऔषध गाँजा सहित १ पक्राउ

बनभोज खाने क्रममा १ जनाको मृत्यु

ईलाम, मंसिर २३ ईलामको सुर्योदय नगरपालिका–७ कन्याममा बनभोज खाने क्रममा खाना सर्किएर १ जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका–७ मा रहेको सुलभ सहकारी संस्थाले आयोजना गरेको बनभोज खाने क्रममा सर्किएर बिरामि परेका सोही सहकारीका कर्मचारी दुहवी–७ का उदयमान चौधरीको मृत्यु भएको हो । सहकारी संस्थाले आयोजना गरेको बनभोज खाने क्रममा सर्किएर सोही बिरामी… Continue reading बनभोज खाने क्रममा १ जनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट ८३ वर्षीय वृद्धको मृत्यु

मङ्गलबारे,मंसिर २३ इलामको फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको गए राति मृत्यु भएको छ । इलाम र पाँचथरको सीमावर्ती रविबजारबाट घरतर्फ फर्कने क्रममा को१प ३३३९ नंको मोटरसाइकलले ठक्कर दिँदा फाकफोकथुम गाउँपालिका–३ आमचोक निवासी ८३ वर्षीय बीर्खबहादुर लकान्द्रीको मृत्यु भएको हो । घटनापछि लकान्द्रीलाई उपचारका लागि रबिस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिए र त्यहाँ उपचार हुन… Continue reading मोटरसाइकलको ठक्करबाट ८३ वर्षीय वृद्धको मृत्यु