१ माघ, विराटनगर।
विराटनगरमा जारी २५ औं अन्तर विद्यालय स्तरिय जेसिज टेष्टि टेष्टि क्वीज प्रतियोगितामा बुधबार ६ वटा विद्यालय सेमीफाईनलमा प्रवेश गरेका छन् ।
विराटनगर जुनियर जेसिजको आयोजनामा वीरेन्द्रसभा गृहमा जारी साे प्रतियोगितामा शहिद स्मृति इटहरी, सगरमाथा स्कुल विराटनगर, सन रे स्कुल रंगेली, मार्टस् स्कुल विराटनगर, वीकेभिएम र मोर्डनएरा स्कुल विराटनगर सेमीफाईनलमा प्रवेश गरेको जुनियर जेसिज बर्ष २०२० का अध्यक्ष अंकित थापाले बताए। मंगलबार पनि ६ वटा विद्यालय सेमीफाईनलमा प्रवेश गरेका छन् ।
शुक्रबारसम्म चल्ने प्रतियोगितामा मोरङ र सुनसरीका सामुदायिक र संस्थागत गरि २० वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको क्वीज मास्टरका रुपमा विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा.सन्देशदास श्रेष्ठ र पुर्वअध्यक्ष सन्दिपदास श्रेष्ठ रहेका छन् । अन्तर विद्यालय स्तरिय जेसिज टेष्टि टेष्टि क्वीज प्रतियोगिता २४ बर्षदेखि विराटनगर जुनियर जेसिजको आयोजना र टेष्टि टेष्टि विस्कुटको प्रायोजनमा वीरेन्द्रसभा गृहमा सञ्चालन हुँदै आएको छ ।