×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबर

४ आश्विन २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(संक्रमणको ग्राफ)
आज थप १० गरी हालसम्म कोरोनाबाट नेपालमा ४ सय ११ जनाको मृत्यु/ १ हजार ३ सय २५ संक्रमित थपिँदा ९ सय ६६ जना डिस्चार्ज/ संक्रमितको संख्या ६४ हजार १ सय २२ पुग्दा ४६ हजार २ सय ३३ जना डिस्चार्ज ।

२.(ताजा तथ्यांक)
आज आइतबारसम्म पीसीआर विधिबाट ९ लाख १४ हजार २ सय ९० जनाको कोरोना परीक्षण /देशभर १७ हजार ४ सय ७८ जना आइसोलेसनमा रहँदा ७ हजार ४ सय ५१ जना क्वारेन्टिनमा ।

३.( देश बाहिरको ब्यथा)
कोरोना संक्रमणबाट नेपाल बाहिर १७ देशमा कार्यरत २ सय ४४ नेपालीको मृत्यु/अहिलेसम्म विश्वका ४२ देशमा रहेका नेपाली सङ्क्रमित भएको एनआरएनएको तथ्यांक ।

४.(को आउलान् को जालान् ?)
मन्त्रिमण्डल पुर्नगठन गर्ने सत्तारुढ दल नेकपाको सचिवालय बैठकको निर्णय /कसलाई पठाउने भन्ने विषयमा छलफल नभएपनि आवश्यकता अनुसार प्रधानमन्त्रीसँग छलफल गर्ने निष्कर्ष /बैठक भोली पनि बस्ने ।

५.(सुन्ने मात्रै त होला ?)
सरकारी सेवा प्रवाहमा भएका कमजोरीबारे गुनासो सुन्ने र समाधान गर्ने निकाय हेलो सरकार फेरि सक्रिय /११११ वा हेलो सरकारको फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा बिहान सातदेखि साँझ सात बजेसम्म गुनासा टिपाउन सकिने ।

६.(के गर्ला सर्वाेच्चले ?)
इँटा भट्टामा हालेर जिउँदै मान्छे जलाएको अभियोग लागेका काग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमबारे सर्वोच्च अदालतले माग्यो कैफियत प्रतिवेदन /उच्च र जिल्लाको आदेश बदर गरिपाउँ भन्दै आलमले दिएको निवेदनको सुनुवाई गर्दै घटनादेखि अदालतको आदेशसम्मका विवरण पेश गर्न सर्वाेच्चको आदेश ।

७.(फोहोरका लागि)
बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड निर्माणको काम दशै अगाडि नै सम्पन्न हुने सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको भनाई /ल्याण्ड फिल्डसँग जोडिएका अरु क्षेत्रको काम पनि अगाडि बढेको उल्लेख ।

८.(कुरा त ठीकै हो ?)
सबै सिटमा यात्रु राखेर पूरानै भाडामा यातायात संचालन गर्ने यातायात व्यवसायीको चेतावनी/पहुँचकै आधारमा जहाजमा पूरा सिटमा मान्छे राख्न दिएर सार्वजिनक बसमा विभेदकारी नीति ल्याएको आरोप ।

९.(भोलि उड्ने दिन)
आन्तरिक वायुसेवा कम्पनीहरुले भोलि सोमबारबाट सबै सिटमा यात्रु राखेर उडान भर्ने तत्काल भाडा भन नबढ्ने /यात्रुले बोर्डिङ पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फारम भर्नुपर्ने ।

१०.(के गर्देछन् केसी ?)
चिकित्साशिक्षा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रम तत्काल सञ्चालन गरिनुपर्ने माग राखी अनशनरत डा. गोविन्द केसीलाई अस्पताल लगियो /अस्पताल लगिएपनि कुनै उपचार नलिने केसीको अडान ।

११.(अन्तिम बाटो आन्दोलन)
नियमित तलबको माग तथा कर्मचारी कटौतीको विरोधमा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक /ज्ञापनपत्रसहित देशभरीका प्रमुख शहरहरूमा विरोध ¥याली र कोणसभा गर्ने लगायतका कार्यक्रम ।

१२.(पशुपतिको ढोका खुल्दै)
दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी /विशेष पूजा भने नगरिने, पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट मात्र प्रवेश गरी मुल ढोकाबाट नै दर्शन गरी फर्किनुपर्ने ।

१३.(प्याज भित्रको खेल)
नेपालमा प्याजको खपत दिनप्रतिदिन बढ्दै/ नेपालमा करिब ४ लाख मेट्रिकटन वार्षिक खपत हुने भएपनि नेपालको उत्पादन ३ लाख मेट्रिकटन रहदा मूल्यमा अत्याधिक वृद्धि हुने स्थिति नरहेको बागवानी विकास अधिकृत भरतबहादुर आचार्यको भनाई ।

१४.(किन भयो उपेक्षा ?)
धेरै विधाका मानिसलाई सरकारले संविधान दिवसको अवसर पारेर विभुषित गरेपनि सागमा पदकधारी खेलाडीके उपेक्षा गरेको भन्दै सर्वत्र आलोचना /गणतन्त्र आएपछि खेलकुदलाई बेवास्ता गरेको भन्दै खेलाडी संघको दुःखेसो ।

र,

१५.(विश्वमा यस्तो छ )
कोरोना महामारीबाट हालसम्म विश्वभर ९ लाख ६२ हजार बढीको मृत्यु /हालसम्म कुल संक्रमित ३ करोड १० लाख बढी पुग्दा २ करोड २६ लाख बढी उपचारपछि निको भए ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top