×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नीजि वनका कानुनी उल्झन अब हटाइन्छन्ः वनमन्त्री

२४ फाल्गुन २०७७

२४ फागुन, काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले नीजि वन सम्बन्धी कानुनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताएका छन् ।

सोमबार पारिवारिक नीजि वन संघ, नेपालको सातौँ स्थापना दिवसको अवसरमा बोल्दै वनमन्त्री आलेले नीजि वन सँग सम्बन्धित कानुनी उल्झनका कारण किसानहरुले दुःख पाएको भन्दै नीजि वन पैदावारको काठ कटान, ओसार पसार, विक्रि वितरण र उपयोग सम्बन्धी कानुनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताएका हुन् ।

आगामी आर्थिक वर्षमा नीजि वनको प्रबर्धनका लागि विशेष कार्यक्रम ल्याउने पनि उनको भनाई छ । नीजि वन उद्यमीहरुलाई सहुलियतपूर्ण ऋणका लागि पनि आवश्यक कदम चालिने उनले बताए ।

उनले भने – ‘नीजि वन पैदावारको काठ कटान, ओसार पसार, विक्रि वितरण तथा उपयोग सम्बन्धीको कानुन व्यवस्थापनलाई थप सरलीकृत गर्दै किसान मैत्री बनाउन म पहलकदमी लिनेछु । आगामी दिनमा नीजि वन हुर्काउँदा कसैले दुःख नपाउने गरी कानुनी प्रक्रियाहरुलाई व्यवहारिक बनाइने छ । र नीजि वनबाट बढी भन्दा बढी मानिसहरु लाभान्वित हुने अवस्था पनि सिर्जना गरिनेछ । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सरकारले नीजि वनको प्रवर्धन विशेष कार्यक्रम ल्याउने विश्वास समेत म दिलाउन चाहान्छु । अरु व्यवसायीले जस्तै नीजि वन उद्यमीहरुले पनि सहुलियतपूर्ण ऋण पाउनुपर्छ भन्ने मान्यता राखेको छु । यस कुरालाई साकार बनाउन मैले सरोकारवाला मन्त्रालय तथा निकायसँग आवश्यक अन्र्तक्रिया गरिरहेको छु ।’

सिचाइँ नहुने जग्गामा जडिबुटी लगाउन सरकारले बजेट दिने

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सिचाइँ नहुने जग्गामा माटो परीक्षण गरी जडिबुटी उत्पादनको लागि बजेट व्यवस्थापन गरेको बताएका छन् । जडिबुटी राज्यले निशुल्क उपलब्ध गराउने पनि उनले बताए ।

उनले भने – ‘वन तथा वातावरण मन्त्रालयले हरेक किसानको नीजि जग्गामा रहेको जग्गा जहाँ सिचाइँ, खानेपानीको व्यवस्था छैन त्यस्तो क्षेत्रलाई त्यहाँको माटो परिक्षण गरेर कुन प्रजातिको जडिबुटी उत्पादन हुन्छ भन्ने सवालमा अहिले बजेटको व्यवस्थापन हामिले मिलाएका छौँ । र ति ठाउँमा राज्यले निशुल्क जडीबुटी व्यवस्था गर्नेछ भन्ने हामीले गृहकार्य अगाडी बढाएका छौँ ।’

मन्त्री आलेले हाल बन्दै गरेको वन नियमावलीमा पारिवारिक नीजि वनलाई प्राथमिकताका साथ राख्ने प्रतिवद्दता पनि व्यक्त गरे ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top