×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

माधव नेपाल समूहले अभियान घोषणा भोलि शनिबार गर्ने

२० चैत्र २०७७

२० चैत, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान भोलि शनिबार घोषणा गर्ने भएको छ । साथै राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’लाई कार्यकर्ता माझ लैजाने बताएको छ ।

नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको विरोध गरेको छ ।

कारबाही पार्टीको नवौं महाधिवेशनबाट पारित विधान विपरित र पूर्वाग्रही भएको निष्कर्ष सुुनाउँदै नेता योगेश भट्टराईले भने, ‘यसले कमरेड केपी ओली एमालेलाई विभाजित गर्न उद्दत हुनुहुन्छ भन्ने पुष्टि हुन्छ । यसकोे निन्दा र भत्र्सना गर्छौं ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेताद्धय भुसाल र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए । उनले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि यही कारबाही गरेका थिए ।

नेपाल समूहका नेताहरुले भने कारबाहीको कुनै अर्थ नहुने बताउँदै आएका छन् ।

नेपाल समूहका नेताहरुको बैठकमा चैत ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणामा १० वटा टोलीबाट आएको सुझावलाई समेटेर तयार भएको ‘राजनीतिक प्रतिवेदन’माथि समेत छलफल भएको छ ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top