×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा बन्ने भ्यूटावरले जहाज उडानमा अवरोध पुर्याउने, प्राधिकरणले गरेको पत्राचारलाई महानगरले वेवास्ता गरेको खुलासा

३० कार्तिक २०७५

विराटनगर,कार्तिक३०
विराटनगर महानगरपालिकाले विराटनगर–३ दुधफारममा निर्माणका लागि शिलन्यास गरिएको भ्यूटावर विमानस्थलमा अवतरण हुने जहाजका लागि अवरोध पु¥याउने देखिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीसहित सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कातिक १८ गते शिलन्यास गरेको भ्यूटावर विमानस्थलको एयरदुरी भित्र पर्ने भएको हो ।

एयर ट्राफिकिङ्गलाई असर पार्ने गरि महानगरको योजनामा बन्ने भ्यू टावर विमानस्थलदेखि एक किलोमिटर भित्रै पर्दछ । विमानस्थलको एयर दुरी भित्र पर्ने भएकोले जहाज अवतरणमा असजिलो हुने यो क्षेत्र उत्तर–पूर्वी भागमा पर्दछ । जहाज उडाउन र अवतरण गराउन यो दिशा महत्वपूर्ण मानिन्छ ।

ठूला जहाज अवतरण गराउन आवश्यक पर्ने एयरदुरीलाई यसले समस्या पार्ने विराटनगर नागरिक उड्ययन प्राधिकरणका प्रमुख टेकनाथ सिटौलाको भनाई छ । ठूला जहाज अवतरणमा आवश्यक एयरदुरी भित्र पर्ने यो भ्यूटावर निर्माणको विषयमा महानगरले प्राधिकरणले गरेको पत्राचारलाई समेत वेवास्ता गरेको प्रमुख सिटौला दावी गर्दछन् ।

ठूला जहाजले ४–५ नटिकल (१ नटिकल माइलमा १८५० मिटर हुन्छ) माइलमा धावनमार्गतर्फ अवतरणको दिशा लिने गर्दछ । जब भ्यू टावर बन्ने स्थान र विमानस्थलको दुरी एककिलोमिटर भित्रै पर्दछ । नागरिक उड्डयन कार्यालयले एयर ट्राफिकिङ्गको समस्या बारे जानकारी गराउँदा समेत महानगरले भने १ सय १० मिटर उचाईको संरचना बनाउन शिलन्यास गरेको हो ।

विमानस्थलको पेरीफेरीमा ४५ मिटर अग्लो संरचना बनाउन नपाउने कानुनी प्रावधानलाई मिचेर महानगरका प्रमुख तथा त्यहाँका इन्जिनियर समेतले गलत मनसायमा भ्यू टावर निर्माणको काम बढाउने तयारी थालेका हुन् । विमानस्थल पेरिफेरीमा निर्माण हुन लागेको भ्यू टावरको काम तत्काल रोकिनु पर्ने मागसहित कार्यालयले महानगरपालिकालाई पत्राचार समेत गरिसकेको छ । तर, महानगरले त्यसको जवाफ भने दिएको छैन ।

विमानस्थल विस्तार तथा स्तरोन्नतीको तयारीमा रहेका बेला महानरपालिकाले बनाउने भनिएको भ्यू टावर चुनौतीको रुपमा थपिएको हो । अन्तरदेशीय उडान भर्ने गरि विमानस्थल विस्तारको गुरु योजना तयार पारिरहेको समयमा महानगरपालिकाले भने त्यही पेरिफेरीमा भ्यु टावरको शिलन्यास गरेपछि नागरिक उड्यनन प्राधिकरणलाई अफ्ठ्यारो परेको प्रमुख सिटौला बताउँछन् ।

महानगरले भ्यू टावर बनाउने भनेर विमानस्थल प्रशासनलाई जानकारी दिदैं असर गर्ने या नगर्ने भनि सोधेको समेत थियो । विमानस्थलले एयर ट्राफिकमा असर पुग्ने भएको जानकारी कार्यालयले दिएपनि महानगरले भने आसपासको क्षेत्रमा भ्यू टावर निर्माणको लागि शिलन्यास गरेर काम थालिएको बताउँदै आएको छ । विमानस्थल नजिकै रहेको यो क्षेत्रमा विमान अवतरण हुँदै नजिकै आईसकेको हुन्छ ।

त्यस कारण यो टावर बने विमानस्थलमा जहाज अवतरण गर्नै सकिँदैन । ‘पूर्व–संभाव्यता र यकिन संभाव्यता अध्ययनसहित गुरुयोजना बन्ने प्रक्रियामा रहेको विमानस्थलका लागि महानगरले नै भ्यू टावर निर्माण गर्न लागेको विषय समेत थप चुनौती हुने देखिएको छ ।’ प्रमुख सिटौलाले भने–‘कानुन र मापदण्ड विपरित बन्ने संरचना कुन तरिकाले शिलन्यास गरियो । ’

महानगरका प्रमुख पराजुलीले भने आफूले विमानस्थललाई असर पर्ने या नपर्ने भनि पहिले नै बुझेको बताउँदै असर नगर्नेमा ढुक्क रहेको दाबी गरे । उनले आफूले प्राविधिक तथा विज्ञसँग समेत परामर्श गर्दा जहाज उड्ने र बस्ने क्षेत्र भित्र नपर्ने भएकोले समस्या नहुने जिकीर गरे ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top