×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्वदेश फर्किएका युवाले सुरु गरे व्यावसायिक कृषि: अब नेपालमै ‘सुन फलाइन्छ’

१ कार्तिक २०७७

डडेल्धुरा : गन्यापधुरा गाउँपालिका–४ रमाइलमा परि भट्ट खलकको दुई सय रोपनी जमिन छ। परिका आठै जना छोराको निधन भइसकेको छ। तिनका ३६ सन्तानसमेत लाखापाखा थिए। त्यो जमिन ५० वर्षदेखि खेतीपाती नगरेर रूखिएको थियो। झाडी र घारी बनिसकेको थियो।

धन्य कोरोना, जसले भट्ट परिवारका जुझारु युवालाई भारत र देशकै विभिन्न ठाउँबाट फर्कायो। फर्काएन मात्र, बाँझिएको पुरानो पाखो जमिन खनेर उद्यममा बदल्न प्रेरित ग¥यो। उक्त परिवारका १० जना मिलेर उक्त जग्गामा व्यावसायिक खेती सुरु गरेका छन्। तीमध्ये देवराज भट्ट भारतको बरेलीमा स्टार तहको होटलमा कुक थिए। सोही परिवारका जयराज पनि १० वर्षदेखि भारत मुम्बईको एक होटलमा काम गर्थे। कोभिडका कारण घर आएका उनीहरू अब भारत नफर्किने अठोटमा पुगेका छन्।

‘आठ भाइ बाजेले त्यो जमिनलाई भैंसीगोठ बनाएका थिए। त्यहाँ मकै, तम्बाकु लगाउने गरिन्थ्यो। तर, बुबाका पालामा त्यो जमिन पूरै बाँझो भयो। अहिले हामीले त्यस जमिनमा फेरि भविष्य खोजेका छौं’, देवराजले भने। त्यहाँ उनीहरूले पहिलो खेपमा आलु र लसुन लगाइसकेका छन्।

उक्त कृषि फार्ममा साझेदार बनेका छन् गन्यापधुरा ४ का वडाध्यक्ष चेतराज भट्ट पनि। ‘बाहिर देश भएकाहरू त फर्केनन्। हामी भारत र नेपालमा कोरोनाका कारण प्रभावित भएकाहरूले कृषि र पशुपालनमै सम्भावना देख्यौं। त्यसमै लागेका हौं।’ रमाइलमा घंगारु, सल्ला र अन्य काँडाको झाडी भइसकेको थियो। त्यसमा झण्डै सय जनाले २२ दिनभन्दा बढी फाँड्ने, खन्ने र घेराबारको काम गरेका छन्।

‘२२ सय दिनको मजदुरी पाउने गरी गाउँका मान्छेले काम पाएका छन्। १७ मिटरको उचाइमा भएकाले कृषि पर्यटनको पनि सम्भावना देख्यौं। त्यही भएर १० भाइ छोराले कृषि फार्म सुरु गरेका हौं’, अर्का साझेदार जयराज भट्टले भने। यसका लागि उनीहरू १० जनाका नाममा शिखर तरकारी तथा पशुपक्षी बहुउद्देश्यीय कृषि फार्म दर्ता गराएका छन्। त्यसमा परिवारका दुई महिला पनि सदस्य छन्। फार्ममा उनीहरूले ३५ लाख लगानी गरिसकेका छन्। ‘गन्यापधुरा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा आलुको बिउ दिएको छ’, वडाध्यक्ष भट्टले भने, ‘५० क्विन्टल आलु लगाइसकेका छौं, उम्रिन थालेको छ।’

उनीहरूलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदानमा कृषि उपकरण दिने प्रतिबद्धता जनाएको छ। बल्लतल्ल हाते ट्र्याक्टर पु¥याएका छौं’, फार्मका साझेदार धर्मराज भट्टले भने। धर्मराजले भैरहवाको टपटाइइगर क्यासिनोमा काम गर्दै आएका थिए। भैरहवाको क्यासिनोमा राम्रै आम्दानी गरिरहेका उनी जेठमा मात्रै घर फर्किएका हुन्। भन्छन्, ‘बाहिरको नोकरीको भरोसा छैन, अब आफ्नै गाउँ–ठाउँमा स्वरोजगार गर्नुपर्छ भन्ने लागेको छ।’, याे समाचार अन्नपूर्ण पाेस्टमा छापिएकाे छ ।

भर्खरको समाचार

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

सम्बन्धित खबरहरु

Scroll to Top