×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

हिड्दै गएकी लक्ष्मीको मृत्यु नोबेलमा कसरी भयो ?

१ कार्तिक २०७७

१ कात्तिक, विराटनगर ।
विराटनगरस्थित नोबेल अस्पतालमा अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको आफन्तहरुले आरोप लगाएका छन् । शुक्रबार हिँड्दै अस्पताल गएकी विराटनगर- ३ की लक्ष्मीकुमारी भट्टराईको अचानक मृत्यु भएपछि आफन्तहरुले यस्तो आरोप लगाएका हुन् ।

शुक्रबार श्वासप्रस्वास र छातीमा समस्या भएर नोबेल अस्पताल पुगेकी लक्ष्मीकुमारी भट्टराईलाई पनि अस्पतालले यही वार्डमा भर्ना गर्यो । तर तत्कालै गर्नु पर्ने उपचार भने अस्पतालले सुरु गरेन । ५० वर्षीय लक्ष्मीकुमारीलाई छातीमा निकै समस्या र स्वास फेर्नसमेत गारो भइरहेको थियो । तर इमरजेन्सीमा विरामी छटपटाइ रहे पनि कुनै पनि डाक्टरहरु हेर्न आएनन् ।

Advertisement

लक्ष्मीका आफन्तले डाक्टरहरुलाई हार गुहार गरे । सकेको जानेको स्थानमा पहल गरे, अस्पताल प्रशासनले आइसियु पनि खाली छ भन्यो । तर न त डाक्टरहरु आएर विरामीलाई हेरे,न त उनलाई आइसियुमा नै लागियो । विराटनगर ३ की लक्ष्मीकुमारीलाई उनका ज्वाईले मोटरसाइकलमा राखेर बेलुका ६ बजे अस्पताल पुर्याएका थिए । विरामी महिलाले मोटरसाइकलबाट उत्रेर आफै हिडेर इमजेन्सी वार्डसम्म पुगिन् । तर त्यसको करिब डेढ घण्टा पछि उनको ज्यान गयो ।

लक्ष्मीलाई अस्पताल पुर्याउने उनका ज्वाईका अनुसार लक्ष्मीको मृत्यु हुनु करिब ५ मिनेट अघिमात्रै चिकित्सकले उनलाई हेरेको र कुनै औषधी सुई मार्फत दिएर गएका थिए । त्यस लगत्तै लक्ष्मी छटपटाउन थालिन् । आफुलाई निकै गारो भएको इशारा गर्न थालिन् । लक्ष्मीका ज्वाईले आत्तिएर फेरि डाक्टरहरुलाई गुहारे । तर डाक्टरहरु निकै समय लगाएर मात्र विरामी छेउ आए । अनि हामीले औषधी दिएका छौँ आत्तिनु पर्दैन भने । तर करिब ५ मिनेटभित्रै उनको मृत्यु भयो ।

हिजोदेखि लक्ष्मीको शव इमजेन्सी वार्डको त्यही बेडमा छ जहाँ उनी भर्ना भएकी थिइन् । विरामीका आफन्त लक्ष्मीको मृृत्यु अस्पतालको लापरवाहीका कारण भएको बताउँछन् ।जुन घटनाक्रमले यसलाई पुष्टि गरिरहेको छ । इमरजेन्सीमा भर्ना गरे पश्चात पनि धेरै समयसम्म डाक्टरहरुले हेर्दै नहेर्नु अस्पतालको लापरवाही भित्र पर्दछ । त्यसमाथि औषधी दिनासाथ विरामीलाई झन समस्या भयो भन्दा पनि अस्पतालबाट हेलचेक्राईं गरेको देखिन्छ ।

विरामीको मृत्यु भए पछि पनि उनको मृत्युको कारण के हो भनेर सोध्दा अस्पतालले मौनता साधेको छ । न उनलाई उपचार गर्ने डाक्टरहरुले नै कुनै जवाफ दिएका छन् । मृतक लक्ष्मीका आफन्त भन्छन् समयमा डाक्टरहरुले नहेर्नु र पछि गलत औषधी दिएका कारण उनको ज्यान गएको हो । सरसर्ती हेर्दा देखिन्छ पनि त्यस्तै सास फेर्न गारो भएको विरामीलाई के आधारमा कुन औषधि ती डाक्टरले विरामीलाई दिए त ? अहिले मृत्युको कारण के हो भनेर सोध्नका लागि पनि अस्पतालमा जिम्मेवार ब्यक्ति कोही भेटिदैनन् । यदि यो घटनामा केही गलत नभएको भए किन अस्पताल प्रशासन वा डाक्टरहरु भागिरहेका छन् भन्दै प्रश्न गर्छन मृतकका आफन्त ।

शुक्रबारदेखि लक्ष्मीको शव इमरजेन्सीबाट उठ्न सकेको छैन । जहाँ अरु विरामीहरु पनि रहेका छन् । आफ्नै छेउमा विरामीको मृत्यु हुनु र लाश पनि दुई दिन वित्न लाग्दासमेत नउठ्दा आफुहरु निकै त्रसित भएको उनीहरु बताउँछन् । हामी अस्पताल पुग्दा पनि रिसेप्सनमा बस्ने कर्मचारीबाहेक अस्पताल प्रशासनका कोही भेटिएनन् । मृतकका आफन्तले तोडफोडलगायतका गतिविधि गर्न नपाउँन भन्ने उद्येश्यले यहाँ प्रहरीको भने बाक्लै उपस्थिति देखिन्छ । तर आफ्नै अस्पतालमा विरामीको मृत्यु हुँदा के कारणले भयो । अस्पताल वा चिकित्सकहरुको गल्ती थियो, थिएन । विरामीमा अरु केही समस्या थियो, थिएन यसबारे अहिलेसम्म अस्पतालले कुनै प्रतिक्रिया दिएको छैन । न त अस्पतालका तर्फबाट आधिकारिक ब्यक्ति अगाडी आएर भन्न सकेका छन् । अरु त अरु विरामीको मृत्युभए पछि शव गृहमा लैजानु पर्ने हो । तर इमरजेन्सीमा अरु विरामीहरुलाई मानसिक असर परुन्जेल सम्म पनि अस्पतालले वास्ता नगर्दा दालमा केही कालो होइन पुरै दाल नै कालो त होइन भन्ने आशंका गर्ने यथेष्ठ ठाउँ देखिएको छ ।

अस्पतालमा आएका सबै विरामी ठीक हुन्छन् भन्ने हुँदैन । सवै चिकित्सकै हातमा पर्ने वित्तिकै निको हुन्छन भन्ने पनि हुदैन तर समयमै र सहि उपचार पाउँदा विरामी सन्चो हुने, ज्यान बच्ने हुन्छ भने कतिलाई जति नै प्रयास गर्दा पनि बचाउँन सकिदैन । चाहे जुनसुकै कारणले विरामीको ज्यान गएको होस, यसबारे जान्ने अधिकार उसको परिवारलाई अवस्य हुन्छ । र त्यो जिम्मेवारी चिकित्सक र सम्बन्धित अस्पतालको हुने हुदा यो कर्तव्यबाट उनीहरु पछि हट्न पाउदैनन् ।

Advertisement

यस घटनामा त आफै हिडेर ईमजेन्सीको वेडसम्म पुगेकी विरामीको सामान्य उपचार सुरु गर्नासाथ मृत्यु भएको छ । भने यस्तो घटनामा अस्पताल झन धेरै जवाफदेही हुनुपर्ने हो । न कि भाग्नु पर्ने हो । अस्पताल प्रशासन अगाडी नआउँने र मृतक पक्षका केहीलाई ढुंगामुढा गरेको निहुमा प्रहरी नियन्त्रणमा राखिएकाले उनीहरुको रिहाई र मृत्युबारे चित्तबुझ्दो जवाफ दिएमात्रै आफुहरुले शव उठाउने मृतकका आफन्तले बताएका छन् । प्रदेश १ कै सुविधा सम्पन्न र जटिल शल्लेक्रियाका लागि चर्चित अस्पताल मध्येको एक हो नोबेल अस्पताल तर पटक पटकका यस्ता घट्नाका कारण अस्पताल विवादित बन्दै आलोचित हुँदै आएको छ ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top