१२ कात्तिक, दाङ ।
दाङमा आफैले पालेकाे भैँसीले हानेर एक जनाको ज्यान गएको छ ।
चराएर घर फर्किने क्रममा भैैँसीले हानेर गढवा गाउँपालिका ६ काे बालापुरकी ५५ वर्षीया राधा यादवको ज्यान गएको हाे ।
भैँसीले हानेर गम्भीर घाइते भएकी यादवको उपचारको क्रममा लमही अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।