×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोना कहरले विद्युतीकरण कार्य रोकियो

१४ कार्तिक २०७७

१४ कात्तिक, बैतडी।

कोरोना कहरका कारण गरिएको लकडाउनले रोकिएको विद्युतीकरणको काम बैतडीको तल्लोस्वराड क्षेत्रमा अझै शुरु हुन सकेको छैन । तल्लोस्वराडमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तार हुन लागेको थियो ।

गत चैत ११ देखि गरिएको लकडाउनले रोकिएको विद्युत् विस्तारको काम शुरु हुन नसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका इलेक्ट्रिकल इन्जिनीयर अभिषेकराज कलवारले जानकारी दिए।

मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकमा विद्युत्को राष्ट्रिय प्रसारण पुर्याउनका लागि काम शुरु भएको थियो । सो क्षेत्रमा विद्युत्को पहुँच पुर्याउनका लागि पाटन र मेलौलीमा सवस्टेशन राख्ने र पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको काम शुरु भएको थियो ।

पाटनमा र मेलौलीमा सवस्टेशन निर्माणका लागि आरके इन्टरनेसनल प्रालिसँग २०७६ साल जेठमा ठेक्का सम्झौता भएर एक वर्षभित्र गरिसक्ने लक्ष्यसहित काम शुरु भएको भए पनि कोरोना कहरले गर्दा काम प्रभावित भएको उनले बताए। लकडाउनमा सामग्री ढुवानी गर्न नसक्दा काम रोकिएको हो । उनले भने, “सवस्टेशन निर्माणका लागि टेण्डर भइसकेको र निरीक्षण अनुगमन भएकाले केही दिनमै पुनः काम सञ्चालन हुन्छ ।”

प्राविधिकसहितको टोलीले निरीक्षण अनुगमनको काम सम्पन्न गरेकाले तिहारपछि काम शुरु हुने उहाँले बताउनुभयो । उनले भने  “पेपर वर्कको काम सकिएकोले अब चाँडै निर्माणको कामलाई अगाडि बढाइन्छ ।” पाटनमा सवस्टेशन निर्माणका लागि रु ११ करोड ५० लाख र मेलौलीमा सवस्टेशन निर्माणका लागि रु १२ करोड ५० लाखमा ठेक्का सम्झौता भएको हो ।

यस्तै पाटनदेखि मेलौलीसम्म लाइन विस्तारका लागि अमृत इन्द्रधनु जेभीसँग सम्झौता भएको थियो । लाइन विस्तारको काम पनि एक वर्षभित्र सक्ने गरेर २०७६ साल जेठमा सम्झौता भएको थियो । पाटनदेखि मेलौलीसम्म लाइन विस्तारका लागि रु दुई करोड १४ लाखमा ठेक्का सम्झौता भएको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । जिल्लाको तल्लोस्वराड क्षेत्रलाई विद्युत्को राष्ट्रिय प्रसारणमा पहुँच पुर्याउन सवस्टेशन निर्माण र लाइन विस्तारको काम शुरु भएको हो । – रासस

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top