×

NEPAL TIMES UPDATES

Playing
आकाशबाट खसे मिसा इल,बेबस Arab देश, Americaको पोल खुल्यो || Nepal Times
Mar 04, 2026
Playing
उम्मेदवारको गाडीभरी पैसा र शं का स्पद बस्तु, २ उम्मेदवार नै पक्रा उ || Nepal Times
Mar 04, 2026
Playing
नेपालको पर्यटन, रेमिट्यान्स, व्यापार र वैदेशिक रोजगारीमा सीधा असर || Nepal Times
Mar 04, 2026
Playing
IRAN मा भेटिएन आणविक हति यारको प्रमाण, Indiaमा तेल सकिदै || Nepal Times
Mar 04, 2026
Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026

बंगलादेशबाट पैंचो मलको सम्भावना टर्दै

१७ कार्तिक २०७७

काठमाडौँ : सरकारले गहुँबालीका लागि बंगलादेशबाट पैंचोमा रासायनिक मल ल्याउने बताए पनि सम्भावना टर्दै गएको छ । धानबाली लगाउने बेलामै रासायनिक मलको चरम अभाव भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बंगलादेशबाट पैंचोमा ल्याउने जनाएको थियो ।

यस विषयमा भदौ दोस्रो साता दुई देशका प्रधानमन्त्रीबीच मौखिक सहमति भएको थियो । तर दुई महिना बितिसक्दा पनि अहिलेसम्म समझदारीपत्र (एमओयू) को प्रक्रिया टुंगिएको छैन ।

कृषि सामग्री कम्पनीका अनुसार पैंचोमा मल आयात गर्न टेन्डर प्रक्रिया पूरा गरी ठेकेदार छनोट भए पनि आयात गर्न समझदारीपत्रमा हस्ताक्षर हुन सकेको छैन । गत बिहीबार बंगलादेशले दुई विकल्प दिएर पुनः पत्र पठाएको छ । त्यसले प्रक्रिया थप लम्बिँदै गएको कर्मचारीहरू बताउँछन् । ‘सुरुमा रासायनिक मल खरिद गर्ने गरी कुरा भएको थियो । तर बंगलादेशमा त्यो चलन नभएपछि पैंचो मोडलमा कुरा अघि बढ्यो । त्यही गुणस्तरको मल पैंचोमा बुझाउने गरी टेन्डर प्रक्रिया पनि भयो,’ कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले भने, ‘अहिले पैंचो मोडल पनि चलन छैन भन्ने जानकारी गरायो । पत्रमा कि पैंचो, कि सीधै पेमेन्ट (जति सामान आउँछ, बंगलादेशको सरकारी दरमा पैसा दिने) को विकल्प दिएको छ । पत्र आएपछि अर्थ र कानुन मन्त्रालयको राय लिएर थप प्रक्रियाका लागि मन्त्रिपरिषद्ले निर्णय गर्छ ।’ त्यसपछि मात्र एमओयूको प्रक्रिया अगाडि बढ्ने भण्डारीले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले पनि मल आयात गर्ने विषयमा बंगलादेश सरकारको पाटोमा प्रक्रियागत झन्झट देखिएको प्रतिक्रिया दिए । ‘बंगलादेश र हाम्रो कम्पनीबीच हुने एमओयूको ड्राफ्ट करिब अन्तिम चरणमा पुगेको छ । ड्राफ्टमा बंगलादेशले सहमति जनाएपछि मल आयातको प्रक्रिया खुल्ला हुने हो,’ उनले भने, ‘विगतमा बंगलादेशले समस्या छैन, फलानो कम्पनी/ठाउँबाट दिन्छौं भन्यो, सोहीअनुसार टेन्डर गरेर ठेकेदार पनि छनोट गरिसकेका छौं । यता पूरा तयारी छ । तर उतैको तयारी नपुगेर ढिलो भयो । एमओयू हुन बाँकी नै छ ।’

सम्झौतापछि ६० दिनभित्र मल ल्याउने ठेकेदारसँग सहमति भएको छ । सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन युरिया मल पैंचोमा ल्याउने निर्णय गरेको थियो । कृषिले टेन्डर प्रक्रियामार्फत मल ढुवानी गर्न संयुक्त अरब इमिरेट्स (यूएई) को कम्पनी जेन्ट्रेड एफजेडएफलाई जिम्मा दिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले गत असोज ३ मा ग्लोबल टेन्डर आह्वानको सूचना प्रकाशन गरेको थियो । ५ वटा कम्पनीको टेन्डर आवेदन परेकोमा जेन्ट्रेडले सबैभन्दा कम मूल्यमा ढुवानी गर्ने प्रस्ताव गरेको थियो । कृषि र जेन्ट्रेडबीच भएको सम्झौतामा ६० दिनभित्र ल्याइसक्नुपर्ने उल्लेख छ । तर एमओयूकै प्रक्रियामा ढिलाइ हुँदा समस्या भएको हो ।

अहिलेको प्रक्रियाबाट आउने मल गहुँका लागि पनि ढिला हुने भएको छ । धानबालीलगत्तै मंसिर पहिलो सातादेखि गहुँका लागि डीएपी मल चाहिन्छ । सरकारी तथ्यांकअनुसार गहुँ सिजनका लागि ५० हजार टनभन्दा बढी डीएपी चाहिन्छ । दोस्रो चरणमा सोही मात्रामा युरिया चाहिन्छ । तर मौज्दात अवस्था न्यून छ । आइतबार (कात्तिक १६ गते) सम्मको तथ्यांक हेर्दा कृषि सामग्री कम्पनीसँग १० हजार टन पोटासबाहेक मल छैन । साल्ट ट्रेडिङ कर्पोरेसनसँग पनि साढे १० हजार टन डीएपी र १२ हजार टन युरिया मात्रै मौज्दात छ । साल्टले कोटाअनुसार युरिया र डीएपी मल आउने क्रममा रहेको बताए पनि माग बढे अभाव हुने जनाएको छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top