२७ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जना गरी हालसम्म १ हजार १ सय ८९ संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै २४ घन्टामा थप १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ ।
आज बिहीबार मात्र कोरोनामुक्त भएर २ हजार ३ सय ४९ जना डिस्चार्ज भएको मन्त्रालयको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ पुगेको छ ।
हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ४ सय ६१ पुगेको छ भने ९ सय ७४ जना क्वारेन्टिनमा रहेका छन् ।