२७ कात्तिक, काठमाडौं।
सरकारले नेपालमा रसायनिक मल कारखाना स्थापना गर्न तीन सदस्यीय समिति गठन गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले साे कुराकाे जानकारी दिएका हुन् ।
समितिमा अर्थमन्त्री विष्णु पौडेल संयोजक र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट तथा कृषि तथा पशु पन्छि विकासमन्त्री घनश्याम भुषाल सदस्य रहेका छन् । समितिले संभाव्यता अध्ययन , कस्तो मोडलमा लगानी गर्ने र कस्तो संरचना गर्ने भन्ने अध्ययन गर्ने छ ।