×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इथियोपियाको टीग्रे राज्यमा सयौँ मानिसको आमहत्या

२८ कार्तिक २०७७

२८ कार्तिक, एजेन्सी ।
उत्तरी इथियोपियाको टीग्रे क्षेत्रमा बढ्दो द्वन्द्वका माझ सम्भवतः सयौँ गैरसैनिकहरूको आमहत्या भएको एउटा अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्था एम्नेस्टी इन्टरन्याश्नलले जनाएको छ।

प्रत्यक्षदर्शीहरूले टीग्रे पीपल्स लिबरेशन फ्रन्ट (टीपीएलफ) नामक सङ्गठनका सैनिकहरूले सोमवार भएको त्यस्तो नरसंहारको घटना गराएको बताएका छन्।

तर टीग्रेका अधिकारीहरूले टीपीएलफका समर्थकहरू उक्त घटनामा संलग्न नभएको दाबी गरेका छन्। गत हप्ता सरकारी सैन्य र टीपीएलफबीच भिडन्त सुरु भएको थियो।

इथियोपियाको त्यस क्षेत्रमा टेलिफोन लाइन र इन्टरनेट सेवा अवरुद्ध भएकोले त्यहाँबाट सूचना तथा जानकारीहरू हासिल हुन अप्ठ्यारो अवस्था छ। उक्त द्वन्द्वमा सबैभन्दा धेरै सङ्ख्यामा गैरसैनिकहरूको ज्यान लिइएको यो नै पहिलो घटना हुनसक्छ।

इथियोपियाको सरकार र देशको उत्तरी राज्य टीग्रेमा नियन्त्रण कायम गरेको टीपीएलफबीच लामो समयदेखि तनाव रहँदै आएको छ जुन अब सैन्य भिडन्तमा परिणत भएको छ।

भिडन्तका क्रममा सङ्घीय सैन्यले हवाई आक्रकमण पनि गरेको छ। परिणामस्वरूप हजारौँ गैरसैनिक सर्वसाधारणहरूले शरणका लागि सीमा पार गरेर सुडानमा प्रवेश गरेका छन्। सुडानले तिनीहरूलाई एउटा शरणार्थी शिविरमा राखेर आश्रय दिने बताएको छ।

एम्नेस्टीले के भनेको छ ?

एउटा वक्तव्य उक्त मानवाधिकारवादी संस्थाले भनेकोः नोभेम्बर ९ को रात टीग्रे क्षेत्रको दक्षिणपश्चिममा अवस्थित मे काडेरा नगरमा सम्भवतः सयौँ मानिसहरूलाई छुरी धसेर वा धारिलो हतियारले काटेर मारिएको छ।

उक्त संस्थाले उक्त घटनाको तस्बिर र भिडिओहरू हेरेको र ती सक्कली नै हुन् भनेर डिजिटल रूपमा प्रमाणीकरण पनि गरिएको जनाएको छ। ती तस्बिर र भिडिओमा नगरभरि मानिसहरूको शरीर छरिएर रहेका र केहीलाई स्ट्रेचरमा हालेर अन्यत्र लैजाँदै गरेको देख्न सकिने बताइएको छ।

एम्नेस्टीका अनुसार मारिएकाहरू त्यहाँको द्वन्द्वमा सहभागी नरहेका श्रमिकहरू भएका जस्तो देखिन्छ। एम्नेस्टीका पूर्वी तथा दक्षिणी अफ्रिकाका निर्देशक डिप्रोस मुचेनाले उक्त घटनालाई एउटा भयानक दुःखान्त घटना भनेका छन्।

उनले त्यहाँ सञ्चार सेवा पुनःस्थापित गर्न र पर्यवेक्षकहरूलाई त्यस क्षेत्रमा जान दिन सरकारलाई आग्रह गरेका छन्।

एमनेस्टीले केही प्रत्यक्षदर्शीहरूलाई उद्धृत गरेर जनाएअनुसार टीपीएलफप्रति बफादार सैन्यले तिनीहरू लुग्डी क्षेत्रमा सङ्घीय सैन्यबाट पराजित भएपछि धारिलो हतियार प्रयोग गरेर भएको उक्त आक्रमण गरेका थिए।(बीबीसी)

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top