×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिल्लीमा वायु प्रदुषण उच्च

२९ कार्तिक २०७७

एजेन्सी । भारतको राजधानी दिल्ली लगायत वरपरको क्षेत्रमा पछिल्लो केही दिनयता वायु प्रदुषण उच्च स्तरमा पुगेकोछ ।

दिल्ली वरपरि हरियाणा र पंजाबमा पराल जलाएका कारण पनि दिल्लीमा अत्यधिक प्रदुषण बढेको हो । प्रदुषणलाई मध्यनजर गर्दै दिल्ली लगायत भारतका धेरै राज्यले दिपावलीमा पटाखा विक्रि वितरणमा समेत रोक लगाएका छन् । दिपावलीमा पटाखा विक्रि वितरणमा रोक लगाएको दिल्ली सरकारले प्रदुषण नियन्त्रणको उपाय स्वरुप दिल्लीमा ‘रेड लाईट अन, गाडी अफ’ अभियान चलाएको छ । अभियान अन्तर्गत दिल्ली सरकारले ट्राफिक सिगनलहरुमा रातो बत्ती भएका बेला गाडी बन्द गराउनका लागि नगर प्रहरी खटाएको छ । दिल्लीमा प्रदुषणका कारण पुरै दिन तुवालो लागेकाले घाम लागेन । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार ४ नोभेम्बरदेखि ९ नोभेम्बरसम्म दिल्लीमा निरन्तर ६ दिनसम्म प्रदूषण स्तर ’गंभीर’ श्रेणीमा रहेको थियो । राजधानी दिल्लीसहित एनसीआर फरीदाबाद, नोएडा, ग्रेटरनोएडा र गुडगाँवमा पनि वायु गुणस्तर अति खराब श्रेणीमा पाइएको थियो ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार शनिबार साँझ ४ बजे वायु गुणस्तर सूचकांक ४५१ एक्यूआई रहेको थियो । भने विहानको समयमा वायु गुणस्तर ३ सयको हाराहारीमा रहेको थियो । एक्यूआई शून्यदेखि ५० सम्मलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मलाई सन्तोषजनक , १०१ देखि २०० सम्मलाई मध्यम, २०१ देखि ३०० खराब र ३०१ देखि माथिको एक्यूआइलाई अति खराब मानिन्छ ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top