×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

उर्जामन्त्री पुनद्धारा विद्युत आपूर्तिको अवस्थाका बारेमा निरीक्षण

२९ कार्तिक २०७७

२९ कात्तिक, काठमाडौं । उर्जा जलस्रोत तथा सिचाईमन्त्री वर्षमान पुन देशभरी विद्युत आपूर्तिको अवस्थाका बारेमा निरीक्षणगर्न नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र पुगेका छन् ।

लक्ष्मीपूजाको दिन देशभरी सबैभन्दा बढी विद्युत खपत हुने समय भएकाले त्यसको व्यवस्थापनका विषयमा जानकारी लिन मन्त्री पुन भार प्रेषण केन्द्र पुगेका हुन । देशभरीको विद्युत खपतको अवस्था कस्तो छ भन्ने विषयमा अनुगमन गर्न भार प्रेषण केन्द्र पुगेको उनले बताए । उनले भने, ‘देशभरी कसरी व्यवस्थापन भइरहेको छ भन्ने कुराको जानकारी लिन आएको हुँ । देशभरीको केन्द्र भएकाले विद्युतको खपत कसरी भइरहेको छ । देशभरी तिहारको रमाइलो कस्तो छ भन्ने कुराको जानकारी लिन आएको हुँ ।’ प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो वर्ष बढीमा ११ सय मेगावाट विद्युत खपत हुने बताए । लक्ष्मीपूजाको दिन अरु दिनभन्दा बढी विद्युत खपत हुने गरेको भएपनि कोभिडका कारण यो वर्ष बढीमा ११ सय १० मेगावाट मात्रै खपत हुने अनुमान प्राधिकरण गरेको उनले बताए । अहिले २ सय मेगावाट रिजर्भमा राखिएको पनि उनले बताए । उनले भने, ‘लक्ष्मीपूजाको दिन आज ११ सयभन्दा केही बढी खपत हुने अनुमान गरिएको छ । विगत वर्षहरुभन्दा यो काम हो । कोभिडको असरले पनि कम भएको हुन सक्छ ।’ शाक्यले अब देशभरी कुनै पनि प्रकारको लोडसेडिङ हुने अवस्था नभएको उल्लेख गर्दै गुणस्तर बढाउन र निर्माणको काम गर्दा केही समय समस्या आउन सक्ने बताए । तर नो लाइटमा समस्या आउने वित्तिकै सम्बोधनका लागि प्राधिकरणको टीम फिल्डमा जाने उनको भनाइ छ ।

 

उपत्यकासहित देशका मुख्य सहरी क्षेत्रमा झिलीमिली बत्तीका कारण लक्ष्मी पूजाको समयमा विद्युत् माग अत्यधिक हुन्छ । भार प्रेषण केन्द्रले देशभरको विद्युत् आपूर्ति, माग र वितरणको व्यवस्थापनको काम गर्छ । अत्याधुनिक प्रविधि जडित केन्द्रबाट प्राधिकरण र निजी क्षेत्रको कुन विद्युत् गृहबाट कति विद्युत् उत्पादन भइरहेको छ, भारतबाट कति आयात भइरहेको छ र कुन क्षेत्रमा कति माग र आपूर्र्तित छ भन्नेबारे प्रत्यक्ष डाटा हेर्न सकिन्छ ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top