३ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो एक बजेलाई बोलाएको मन्त्रिपरिषद्को बैठकको समय एक घण्टा पछि बस्ने भएको छ ।
सोमबार र बिहिबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भनिएको थियो ।
तर, अहिले सो बैठक एक घण्टापछि २ बजे बस्ने जानकारी प्राप्त भएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए ।