×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोसेलीको रोजाइ बन्दै लप्सीको क्यान्डी

६ मंसिर २०७७

दक्षिणकाली (काठमाडौँ): लप्सीका लागि प्रसिद्ध दक्षिणकाली नगरपालिका अचेल लप्सी क्यान्डीका लागि चर्चित बन्दै भएको छ । कोरोना सङ्क्रमणका कारण लामो समय बन्द रहेको क्यान्डी उद्योग बिस्तारै जाग्दै छन् । बजार पसल खुल्ने तथा चाडबाडको मेसो आएसँगै उद्योग खुल्न थालेका हुन् ।

दक्षिणकाली नगरपालिका–८, छैमलेका उत्तमप्रसाद आचार्यको घरेलु उद्योगमा यतिबेला लप्सी क्यान्डी बनाउन भ्याइनभ्याई छ । गाउँबाट आउने कारिन्दा दशैँ, तिहारको तयारीमा व्यस्त रहेकाले आएका छैनन् तर गोरखादेखि आएर काम गरिरहेका कामदारलाई भने कामको चटारो छ ।

गोरखाका तिलकबहादुर बराम, राजकुमार बराम र मनकाजी बराम सबेरै उठेदेखि साँझसम्म क्यान्डी बनाउने काममा लागि पर्नुहुन्छ । बिहान सबेरै लप्सीका लेदो फ्रेममा हालेर तयार गर्ने, घाम लागेपछि सुकाउने र दिउँसोदेखि साँझसम्म तयार भएका लप्सीका थरीथरीका पातोलाई क्यान्डीमा रूपान्तरण गर्न उहाँहरूलाई भ्याइनभ्याई हुन्छ । दक्षिणकाली फुड प्रोडक्ट नाममा एक थरी लप्सीका सातथरी क्यान्डी बनाउने गरेको उद्योगी उत्तमप्रसाद आचार्यले बताउनुभयो । अमिलो, पिरो, गुलियो, नुनिलो, मसला मिसाएको गरी विभिन्न स्वादमा लप्सीका क्यान्डी उहाँकोमा पाइन्छ ।

चिनीको पाकबाट मात्र बनेका बजारका अस्वस्थ चकलेट, मिठाईभन्दा लप्सीको क्यान्डी कयौँ गुणा लाभकारी हुन्छ, उहाँ सुनाउनुहुन्छ । काठमाडौँबाट बाहिर जानेले दशैँ, तिहार, छठजस्ता चाडबाडका बेला कोसेलीका रूपमा लप्सीका क्यान्डी बढी घर लैजान्छन् । त्यही भएर यतिबेला माग आइरहेको छ ।

उहाँका अनुसार कोरोनाका कारण विगत चैतदेखि ठप्प रहेको उत्पादन, वितरणका कारण ठूलो घाटा बेहोर्नुप¥यो । स्कुल, कलेज र कोसेली बेच्ने भाटभटेनी, बसपार्कका बजार र न्युरोडका पसलमा उहाँको क्यान्डी अत्यधिक पुग्थ्यो तर सबै बन्द भएपछि माग बन्द भयो । त्यसैले गत वर्ष भण्डारण गरिएका झन्डै १० हजार किलो लप्सीका घोल सकिएका छैनन् ।
अब बजार, पसल खुल्ने आशाले यस वर्ष २५ हजार लप्सीका बोट खरिद गर्नुभएको छ । लप्सीका बगान नै खरिद गरेर क्यान्डी उद्योग सञ्चालन गर्दा त्यहाँका किसानलाई सहज भएको छ । अन्यत्र बेच्नुपर्ने अवस्था छैन ।

गाउँमा खुलेको उहाँको उद्योगमा झन्डै आठ सय जनाले रोजगार पाएका छन् । ,याे समाचार गाेरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top