×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

महासंघ अध्यक्षलाई राज्यमन्त्रीको हैसियत दिलाएरै छाड्छु : प्रधान

६ मंसिर २०७७

६ मंसिर विराटनगर ।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका किशोर प्रधानले आफूले महासंघ अध्यक्षको हैसियत राज्यमन्त्री सरह बनाएरै छाड्ने उद्घोष गरेका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानले आफू महासंघको नेतृत्वमा पुगे अध्यक्षको हैसियत राज्यमन्त्री र जिल्ला अध्यक्षहरूको हैसियत सांसद बराबर बनाउने बताए ।

राज्यले करदातालाई वडासदस्यको बराबर पनि हैसियत नदिने गरेको गुनासो पोखे । “अन्य विकसित मुलुकमा करदातालाई राज्यले उच्च सम्मान प्रदान गरेको पाइन्छ,” उनले थपे, “तर, नेपालमा उद्योगी व्यवसायी अर्थात् करदातालाई राज्यले सम्मान दिन जानेको छैन । म वरिष्ठ उपाध्यक्ष भएँ भने भावी अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा करदातालाई उच्च हैसियतमा पु¥याउनेछु ।”

यसैबीच, महासंघको प्रधान समूहको जितले मात्रै आगामी आउने नेतृत्वलाई सफल बनाउने उद्योगी व्यवसायीहरूको भनाइ छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने महासंघको विधानले गरेको व्यवस्थाअनुसार शेखर गोल्छा आगामी अध्यक्ष बन्दैछन् । बाँकी पदहरूमा चुनाव हुँदैछ ।

वरिष्ठ उपाध्यक्षका लागि प्रधानसँग वर्तमान उपाध्यक्ष चन्द्र ढकाल भीड्दैछन् । प्रधान पनि वर्तमान उपाध्यक्ष हुन् । प्रधान उद्योग संगठन मोरङ, पूर्वाञ्चल उद्योग वाणिज्य संघको नेतृत्व सम्हालिसकेका छन् । उनी महासंघमा अढाई दशकभन्दा लामो समयदेखि सक्रिय छन् ।

महासंघको ५४ औं साधारणसभा यही मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । अझै पनि केही पूर्वअध्यक्षहरू सहमतिको प्रयासमा रहेको बताइएको छ । महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योति तथा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी भिड्ने भएका छन् ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top