×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रुसले कोरोनाविरुद्धको १० करोड डोज स्पुतनिक भी खोप भारतमा उत्पादन गर्ने

१२ मंसिर २०७७

१२ मंसिर, काठमाडौं । कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ।

भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रूसको खोप निर्माता कम्पनीले जनाएको छ।

रूसको प्रत्यक्ष लगानी कोष (आरडिआइएफ)ले विज्ञप्ती जारी गर्दै हेटेरोले प्रति वर्ष १० करोड डोज खोप उत्पादन गर्ने बताएको हो। खोपको उत्पादन सन् २०२१ को सुरूदेखि नै प्रारम्भ हुनेछ।

यसै साताको प्रारम्भमा रूसले स्पुतनिक खोपको क्लिनिकल परीक्षणमा ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको थियो। अमेरिकाका दुई कम्पनीले पनि आफ्ना खोपहरू ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको बताइसकेका छन्।

रूसले स्पुतनिक खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति डोजको १० अमेरिकी डलर पर्ने जनाएको छ। यो अन्य खोपहरुको तुलनामा निकै सस्तो रहेको बताइएको छ।

रूसले गत अगस्टमै कोरोनाभाइरस विरुद्धको खोप तयार पारेको घोषणा गरेको थियो। तर ठूलो स्तरको क्लिनिकल परीक्षण नै नगरी रूसले आफ्नो खोप प्रभावकारी रहेको दाबी गरेपछि आशंका उत्पन्न भएको थियो।

अहिले स्पुतनिक खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण जारी छ।

यस खोपका लागि ४० हजार व्यक्तिले स्वयमसेवीका रूपमा सहभागिता जनाएका छन्। तेस्रो चरणको परीक्षण पूर्व सोभियत गणतन्त्र बेलारुस, युनाइटेड अरब इमिरेट्स र भेनेजुएला समेतका मुलुकमा जारी छ।

भारत बाहेक आरडिआइएफले स्पुतनिक खोप ब्राजिल, चीन र दक्षिण कोरियामा समेत उत्पादन हुने जनाएको छ।

आरडिआइएफका प्रमुख किरिल डिमिट्रिएभले शुक्रबार जारी गरेको विज्ञप्तिमा स्पुतनिक खोप निकै सफल देखिएकाले यसलाई प्रयोग गर्न धेरै मुलुक इच्छुक हुने विश्वास व्यक्त गरेका थिए। (रासस/एएफपी)

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top