×

NEPAL TIMES UPDATES

Playing
आकाशबाट खसे मिसा इल,बेबस Arab देश, Americaको पोल खुल्यो || Nepal Times
Mar 04, 2026
Playing
उम्मेदवारको गाडीभरी पैसा र शं का स्पद बस्तु, २ उम्मेदवार नै पक्रा उ || Nepal Times
Mar 04, 2026
Playing
नेपालको पर्यटन, रेमिट्यान्स, व्यापार र वैदेशिक रोजगारीमा सीधा असर || Nepal Times
Mar 04, 2026
Playing
IRAN मा भेटिएन आणविक हति यारको प्रमाण, Indiaमा तेल सकिदै || Nepal Times
Mar 04, 2026
Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026

इँटा उद्योगमा सञ्चालित बेटर ब्रिक परियोजना प्रभावकारी

१४ मंसिर २०७७

१४ मंसिर, विराटनगर ।
ग्लोबल फेयरनेश इनिसिएटिभको आर्थिक तथा प्राविधिक सहयोगमा एकीकृत हातेमालो समाजले मोरङका इँट उद्योगमा सञ्चालन गरेको बेटर ब्रिक नेपाल परियोजना प्रभावकारी देखिएको छ । परियोजना सञ्चालन भएपछि उद्योगमा बालश्रम निवारण भएको छ । परियोजना सञ्चालन गर्नुअघि इँटा उद्योगहरुमा बालश्रम थियो । मोरङको रंगेली–६ धनपालथान र रंगेली–३ स्थित आनन्द इँटा उद्योगमा बेटर ब्रिक परियोजना सञ्चालनमा छ ।

परियोजनाले बाल श्रम मान्य छैन, बाध्यकारी वा इच्छाविपरीत श्रम मान्य छैन, ज्याला तथा कार्यघण्टा, कार्यस्थल सुरक्षा– स्वास्थ्य र अमानवीय व्यवहार मान्य छैन भन्ने मापदण्डमा आधारित रहेर ती मापदण्डलाई पूरा गराउनका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आएको परियोजनाकी परियोजनाकी फिल्ड कोर्डिनेटर सुनिता ताम्राकारले जानकारी दिइन् । ग्लोवल फेयरनेस इनिसियटिभको प्राविधिक र आर्थिक सहयोगमा सन् २०१६ देखि मोरङको रंगेली–३ र धनपालथान–६ मा अवस्थित दुईवटा इँट्टा उद्योगमा परियोजना सञ्चालित छ । परियोजना सञ्चालन भएपछि इँट्टा उद्योगमा पूर्ण रूपमा बालश्रमको अन्त्य भएको छ । उद्योगमा कार्यरत मजदुरका छोराछोरीलाई लक्षित गरी उद्योगभित्रै प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्र सञ्चालनमा ल्याइएको छ । ताम्राकारका अनुसार बालश्रम, बाध्यकारी श्रम नपरेको स्वच्छ र सफासहित मानवीय संवेदनाले भरिएको इँट्टा उत्पादनमा परियोजनाले काम गरिरहेको छ । घर, भवन, सडकका नाला, कार्यालय सबै संरचना निर्माणमा इँट्टाको प्रयोग गरिन्छ । “खुसी र सुखी श्रमिकले उत्पादन गरेको इँट्टा प्रयोग गर्नुपर्छ भन्ने मुख्य परियोजनाको थिम हो,” ताम्राकारले भनिन्, “त्यसैले बालश्रम, इच्छाविपरीत तथा जबरजस्ती श्रम, अमानवीय व्यवहारलगायत नभएको इँट्टा उत्पादनमा हाम्रो जोड हो ।”

इँट्टा उद्योगमा श्रम सम्बन्धित चुनौतीहरूको सम्बोधन गर्न २०१३ बाट बेटर ब्रिक नेपाल परियोजना सुरु भएको हो । परियोजनाले सफा इँट्टा उत्पादनमा सहजीकरण र बजारको प्राथमिकता सिर्जना गर्ने काम गर्दछ । उद्योगहरूलाई प्राविधिक सहयोग र बजारमा पहुँच सिर्जना गरी लाभान्वित गरिन्छ । जसबाट सफा इँट्टाका उपभोक्ताहरूलाई सामाजिक तबरले उत्तरदायी र उच्च गुणस्तरयुक्त इँट्टा उत्पादनको प्रत्याभूत गरिन्छ । परियोजनाले ४० वटा इँट्टा उद्योगमा काम गरिरहेको छ । हातेमालोले भने मोरङ, भक्तपुर र काठमाडौंका ५ वटा उद्योगमा काम गरिरहेको समाजका अध्यक्ष डिल्लीराम गिरीले बताए ।

उद्योगी र श्रमिकबीच श्रम सम्झौता गर्न सहयोग, इँट्टा उद्योगमा कार्यरत कामदारका ५ वर्षमुनिका बालबालिकाहरूलाई बाल विकास तथा शिक्षा केन्द्र स्थापना गरी सुरक्षित वातावरणको व्यवस्था गर्ने तथा ६ देखि १४ वर्षका बालबालिकालाई नजिकको विद्यालय भर्ना, इच्छाविपरीत तथा करकापपूर्ण काम र बालश्रम निवारण, उद्योग परिसरमा कामदारहरूको लागि आवश्यक आवास, स्वास्थ्य सरसफाई तथा खानेपानी तथा सुरक्षाको सम्बन्धमा कामदारहरूलाई सचेत गर्दै उचित व्यवस्थापनका लागि पहल, गुनासो सुनुवाई समिति, कामदार समिति गठन गरी कामदारका समस्याहरूलाई समाधानका लागि पहल, उद्योगका उद्योगी, नाइके तथा कामदारहरूलाई परियोजनाको महत्व सिद्धान्तहरू र बालश्रम निवारणसम्बन्धी तालिमहरू सञ्चालन गर्नु परियोजनाको उद्देश्य रहेको उनको भनाइ छ । मोरङका दुवै इँटा उद्योग बालश्रममुक्त हुन सफल भई गत फागुनमा सम्मानित भइसकेको छ ।

उनका अनुसार त्यस्तै, कामदारहरुलाई प्रदान गरिने सचेतनामूलक तालिमका कारणले कामदारहरु कामदारका हकअधिकारलगायत स्वस्थ जीवनका बारेमा सुसूचित हुन पाएका छन् । उद्योगी स्वयं पनि परियोजनाका सहयोगले उद्योग परिसरमा प्रारम्भिक बाल विकास तथा सिकाई केन्द्र सञ्चालन भएको हुँदा बालबालिकाहरु यत्रतत्र धुलो माटोमा खेल्ने, श्रममा संलग्न हुन सक्ने परिस्थितिबाट मुक्त भएको र अभिभावकहरु ढुक्क भएर इँटा उत्पादनमा ध्यान दिने ताम्राकारको भनाइ छ ।

यसैबीच, कोरोना भाइरसको संक्रमणका कारण भारतबाट आउने मजदुरमा रोक लगाएपछि स्थानीय मजदुरबाटै इँटा उत्पादन गरेको पाइएको छ । पूर्ण क्षमतामा सञ्चालनमा नभए पनि आंशिक रुपमा सञ्चालनमा छन् । कोरोनाले रोजगारी गुमिरहेको बेला स्वदेशी उद्योगमा रोजगारी पाउँदा स्थानीयसमेत हर्षित छन् । “घर नजिकको उद्योगमा रोजगारी पाउँदा अत्यन्तै खुसी लागेको छ,” धनपालथानका जयदेव मण्डलले भने, “इँटा उद्योगबाट आएको पैसाले घरखर्च धानिरहेको छ ।” उद्योगहरुले पूर्ण स्वास्थ्य सावधानी अपनाएर उत्पादन गरिरहेको पाइएको छ ।

स्थानीय कामदार परिचालन गर्दै इँटा उद्योगलाई सञ्चालन गर्न सके स्थानीयले रोजगारीका अवसर पाउनुका साथै सम्बन्धित पालिकाको अर्थतन्त्र तथा विकासकोे अन्य आयाममा समेत टेवा पुग्ने अर्थशास्त्री डा. भेषप्रसाद धमलाको विचार छ ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top