×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

युनिसेफद्वारा २०२१ का लागि ६ अर्ब ४० करोड डलर बजेट अनुरोध

१९ मंसिर २०७७

१९ मंसिर, संयुक्त राष्ट्रसंघ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले आगामी वर्ष सन् २०२१ का लागि ६ अर्ब ४० करोड अमेरिकी डलर बजेट आवश्यक पर्ने जनाएको छ । युनिसेफले आफूले संचालन गरेको आपतकालीन कोष व्यवस्थाबाट १ करोड ९० लाख बालबालिका सहित कूल ३० करोड व्यक्तिलाई आपतकालीन सहयोग गर्न उक्त रकम आवश्यक पर्नेछ । यो रकमका लागि दातृ निकाय समक्ष अपिल गरिएको युनिसेफको प्रधान कार्यालयले जनाएको छ ।

युनिसेफले माग गरेको उक्त रकम चालु वर्षको भन्दा ३५ प्रतिशत बढी हो । युनिसेफद्वारा जारी वक्तव्यमा कोभिड–१९ महामारीका कारण अति जोखिममा परेका समूदाय खासगरी महिला र बालबालिकालाई मानवीय सहायता उपलब्ध गराउन उक्त रकम जरुरी रहेको उल्लेख छ ।

युनिसेफका कार्यकारी निर्देशक हेनरिटा फोडले महाविनाशकारी कोभिड–१९ महामारीसँगै द्वन्द्व, जलवायु परिवर्तन, विपद र विस्थापनका कारण त्यसबाट बालबालिकामाथि पर्ने प्रभाव भयावह हुने बताएकी छन् । उनले भनिन्, “आज कोभिड–१९ का कारण बाल अधिकारमाथि चुनौतीहरु खडा भएका छन् । उनीहरु स्वास्थ्य र अन्य कल्याणका कार्यबाट विमुख हुनु पर्ने अवस्था छ ।” यस अभूतपूर्व परिस्थितिमा अभूतपूर्व प्रतिक्रिया जरुरी हुने बताउँदै उनले यस घडीमा सबै दातृ निकायलाई बालबालिकाको समुन्नत भविष्यका लागि अझ बढी एकताबद्ध भएर हातेमालो गर्न आह्वान गरेकी छन्।

बालबालिकाका लागि अहिले नियमित खोप अभियान ६० भन्दा बढी मुलुकमा अबरुद्ध भएको छ । कोभिड–१९ का कारण विद्यालयहरु बन्द भएका कारण झण्डै २५ करोड भन्दा बढी बालबालिका शिक्षाको अवसरबाट बन्चित भइरहेका छन् ।

युनिसेफले आर्थिक अस्थिरताले अत्यावश्यकीय सेवामा असर परेको तथा धेरै परिवारलाई आफ्ना अति जरुरी कुराहरु पूरा गर्न कठिनाई भएको तथा लैंगिक हिंसाका घटना बढेको पनि जनाएको छ । साथै, यसै वर्ष नयाँ मानवीय संकट पनि उत्पन्न भएको युनिसेफको भनाई छ ।

अफ्रिकी मुलुक इथियोपियाको टिग्रे क्षेत्रमा उत्पन्न द्वन्द्वका कारण २८ लाखभन्दा बढी नागरिकलाई अत्यावश्यक सेवा आवश्यक भइसकेको छ । मोजाम्बिकको काबो डेलगाडो प्रान्तमा १ लाख ९१ हजार बालबालिका समेत ४ लाख २५ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । यहाँ व्यक्ति हत्या, अपहरण, सैनिक सेवामा जबर्जस्ती भर्ना तथा बालसैन्यका रुपमा बालबालिकालाई प्रयोग गरिएको युनिसेफको भनाई छ ।

जलवायुसँग सम्बन्धित विपद विगत ३० वर्षमा तीन गुणा बढेको छ । यसबाट खाद्य सुरक्षामा चुनौती थपिएको, पानीको स्रोत घटेको तथा मानिसलाई अन्य पलायन हुन बाध्य पार्नुका साथै द्वन्द्व र सार्वजनिक स्वास्थ्यको जोखिम बढाएको छ ।

ठूल्ठुला आँधीले मध्य अमेरिकी मुलुकमा ठूलो क्षति पुगेको र त्यसबाट जोखिममा रहेका समुदायको संख्या बढाएको छ । यहाँ झण्डै २६ लाख बालबालिकालाई असर परेको छ । पूर्वी एसियाका फिलिपिन्स, भियतनाम र कम्बोडिया समेतका मुलुकका १ करोड ३४ लाख बालबालिका प्रभावित भएका छन् ।रासस / सिन्ह्वा

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top