विराटनगर, जेठ १५
बर्जरको रंग म्याजिकल अन्तर्गत बम्पर प्राईज जित्दै रामप्रसाद न्यौपानेले रेनो स्वीड कार पाएका छन् ।
विराटनगरको जेनियल होटलमा सोमबार आफ्नो सफल प्रबद्र्धनात्मक योजना रंग म्याजिकल अन्र्तरगत पुर्वाञ्चलका विजेताहरुलाई बम्पर प्राइज र नगद उपहार प्रदान कार्यक्रममा बर्जर पेन्ट्सले बम्पर उपहार जितेका उनलाई कारको साँचो प्रदान गरेकोे हो ।
अन्य उपहारमा निता निरौलाले नगद १ लाख, पंकज खरेलले ५० हजार, फाती कुमार राईले २५ हजार प्राप्त गरेका छन् ।
त्यस्तै रामप्रसाद रोका, चन्द्र देवकोटा, देवराज भण्डारी, राजेश राई, र सोम बहादुर खड्काले सान्त्वता उपहार स्वरुप नगद १०–१० हजार प्राप्त गरेका छन् ।
बर्जरले अन्य क्षेत्रका विजेतालाई पनि नगद उपहार बितरण गरीएको बर्जरका मार्केटिङ म्यानेजर ज्ञानु सिग्देलले जानकारी दिए ।
यस योजनामा ४ हजार ४ सयभन्दा बढी घरधनीहरुको सहभागीता जनाएका थिए ।
भाग्यशाली बिजेताहरुको योजनादुत अभिनेता अनुप बिक्रम शाहीले कान्तिपुर टेलिभिजनको कल कान्तिपुरमा लाईभ लक्की ड्र मार्फत चयन गरी न्यौपानेलाई कार परेको थियो ।
आज भन्दा १७ बर्ष पहिला देखि नेपालमा भित्रीएको बर्जर पेन्ट्ले नेपाली बजारको ३३ प्रतिशत बजार ओगटेको दाबी गरेको छ ।
यसको बजार थप बलियो बनाउन र विस्तारको लागि बिभिन्न योजनाहरु ल्याई रहेको सिग्देलले जानकारी दिए ।