×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज स्वर्गीय राजा वीरेन्द्र शाहको ७६ औँ जन्मदिन

१४ पुस, काठमाडौं ।
आज पुस १४ गते तत्कालिन राजा स्वर्गीय वीरेन्द्र शाहको जन्मदिन ।

वीरेन्द्रको ७६ औँ जन्मजयन्तीका अबसरमा आज उनको सम्झनास्वरुप विविध कार्यक्रम मनाईदै छ। राजधानीको हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण तथा विशेष पूजाको आयोजना गरि वीरेन्द्रको जन्मजयन्ती मनाइँदै छ।

विसं २०२८ सालमा नेपालको राजा बनेका उनले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए। त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो।

नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जन प्रेमी राजाका रुपमा पनि चिनिन्छ। बुवा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ मा भएको थियो।

इतिहासकै अकल्पनीय घटनाका रूपमा विक्रम संवत् २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो।

तत्कालिन रानी ऐश्वर्य, युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ। त्यो दिनलाई नेपाली जनताले अहिले पनि कालो दिनका रूपमा सम्झिरहेका छन्।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top