भारतीय विदेशमन्त्रीको अभिव्यक्ति ‘दुर्भाग्यपूर्ण’

भारतीय विदेशमन्त्रीको अभिव्यक्ति ‘दुर्भाग्यपूर्ण’

काठमाडौँ, जेठ १५
सरकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहको सन्दर्भलाई जोडेर विदेशमन्त्री शुषमा स्वराजले दिएको अभिव्यक्तिलाई दुर्भाग्यपूर्ण भनेको छ ।

आफ्नो अभिव्यक्तिबारे खेद प्रकट गर्दै भारतका विदेशमन्त्रीले क्षमायाचना गरेको जानकारी नेपाल सरकारलाई प्राप्त भएको जनाउँदै परराष्ट्र मन्त्रालयले उक्त विषयमा आम नेपाली जनताले चासो व्यक्त गरेकामा हार्दिक आभार व्यक्त गरेको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.