शिक्षामा बजेट नबढेकामा चिन्ता

शिक्षामा बजेट नबढेकामा चिन्ता

काठमाडौँ, जेठ १७
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) ले आव २०७५÷७६ का लागि प्रस्तुत बजेटमा शिक्षा क्षेत्रमा चुनावी प्रतिबद्धताबमोजिम बजेट वृद्धि हुन नसकेकामा चिन्ता व्यक्त गरेको छ ।

अर्थमन्त्रीले संघीय संसद्मा यही जेठ १५ गते पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा शिक्षामा क्षेत्रमा बजेटको आकार सामान्य वृद्धि भए पनि अन्तर्राष्ट्रिय मान्यताअनुसार कूल बजेटको २० प्रतिशत विनियोजन नभएको सो अभियानले जनाएको छ । बजेटमा शिक्षाका लागि रू एक खर्ब ३४ अर्ब विनियोजन गरिएको छ । जुन कूल बजेटको करीब ११ प्रतिशत हुन्छ ।

अभियानका अध्यक्ष कुमार भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा सरकारले विद्यालय क्षेत्र सुधार र विद्यार्थी टिकाउका लागि ल्याएका योजनाहरु भने सकारात्मक रहेकाले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.